ScotNepal: स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनपछि अब वीर अस्पतालमा लाइन बस्नु नपर्ने
Loading...
स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनपछि अब वीर अस्पतालमा लाइन बस्नु नपर्ने

वीर अस्पतालमा पुग्ने विरामीले अब लाइनमा बस्नु नपर्ने भएको छ । वीर अस्पतालले मंसीर १ गतेबाट लागु हुने गरी टोकन प्रणाली लागु गरेपछि लाइन लाग्ने झन्झन्टबाट विरामीले मूक्ति पाउने भएका हुन ।
अस्पतालका नवनियुक्त निर्देशक डा.भूपेन्द्र बस्नेतले लाइन व्यवस्थापनको लागि टोकन सिस्टम लागु गरेको बताएका छन् । स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारी अस्पतालमा डाक्टरलाई जचाँउन घण्टौं लाइन बस्ने बाध्यताको अन्त्य गर्न सबै सरकारी अस्पताललाई निर्देशन दिएका छन् ।
अस्पतालका निर्देशक डा. बस्नेतका अनुसार वीर अस्पतालले टोकन प्रणालीसँगै १५ दिन भित्र डिजिटल नागरिक वडापत्र समेत राखिने भएको छ ।
वीरको डिजिटल नागरिक वडापत्रमा अस्पतालबाट पाउने सेवा सुविधाको जानकारी दिइने छ । अस्पतालमा आउने विरामीले कुन रोगको लागि कुन डाक्टरलाई भेट्ने, डाक्टर आउने समय, पैसा तिर्र्ने, एक्सरे गर्ने, रिर्पोट लिने, ओपीडीमा कहाँ गएर जचाउने लगायतको सेवालाई डिजिटल डिस्प्लेमा देखाइने भएको छ । डिस्प्लेमा अस्पतालको इतिहासदेखि हालसम्म अस्पतलले गरेका काम तथा थप सेवाको बारेमा समेत देखाइने छ ।
अस्पतालले डाक्टरको नामवाली र उपलब्ध हुने समयका बारेमा समेत जानकारी दिने भएको छ । डिजिटल वडापत्रले अस्पतालमा उपचार गर्न आउने सेवागाह्रीलाई सजिलो हुने डा वस्नेतले विश्वास व्यक्त गरे ।
मन्त्री थापाले स्वास्थ्य मन्त्रालय सम्हालेपछि सबै सरकारी अस्पतालको लाइन व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
वीर अस्पताल बाहेक परोपकार तथा प्रसुति गृह थापाथली, कान्ति अस्पताल महाराजगञ्ज लगायतले समेत लाइन व्यवस्थापन गर्न टोकन प्रणाली लागु गरेका छन् ।
अन्नपूर्णपोस्ट
३ मंसिर २०७३
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers