ScotNepal: भारत-पाकिस्तान तनाव थप चर्किदै: १० सैनिक र १२ सर्वसाधारणको मृत्यु
Loading...
भारत-पाकिस्तान तनाव थप चर्किदै: १० सैनिक र १२ सर्वसाधारणको मृत्यु

तस्बिरः एजेन्सी
पाकिस्तानः भारतीय सेनाले पाकिस्तानी गाउँलाई लक्षित गरी तोप तथा गोलाबारुद आक्रमण गर्दा १२ सर्वसाधारणको मृत्यु भएको छ ।
भारत र पाकिस्तानको विवादास्पद क्षेत्र काश्मिरमा एक बसमा गोलबारुद बर्षाहुँदा बसमा यात्रारत कम्तिमा १२ जना सर्वसाधारणको मृत्यु भएको पाकिस्तानी सैनिक अधिकारीले बताएका छन् ।
उक्त घटनामा करिब १५ जना अन्य मानिस घाइते भएको जनाइएको छ । यसको केही घण्टापछि पाकिस्तानी सेनाले जवाफी कारबाही चलाएको थियो । पाकिस्तानी सेनाको जवाफी कारबाहीमा सात भारतीय र तीन पाकिस्तानी गरी १० जना सैनिकको मृत्यु भएको पाकिस्तानी सैनिक अधिकारीले जनाएका छन्।
झडपमा भारतीय पक्षका सात जवानको पनि मृत्यु भएको पाकिस्तानको दाबीलाई भारतीय पक्षले भने स्वीकार गरेको छैन । पाकिस्तानले भने भारतले आफ्नो नोक्सानीलाई भारतले निरन्तर लुकाउदै आएको आरोप लगाएको छ ।
पाकिस्तानी डेपुटी कमिसनर वाहिद खानका अनुसार भारतीय तोपद्वारा पाकिस्तान प्रशासित काश्मिरअन्तर्गतको निलम उपत्यकामा आक्रमण भएको थियो । आक्रमणबाट तीन यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका सात जना अन्यको उपचारका क्रममा स्थानीय एक अस्पतालमा निधन भएको थियो ।
पाकिस्तान प्रशासित काश्मिरका प्रमुख सरदार मसुद खानले सीमा क्षेत्रमा भएको भारतीय आक्रमणको एक विज्ञप्ति जारी गरी विरोध गर्दै अन्तर्राष्ट्रिय समुदायसँग भारतीय पक्षबाट युद्धविराम सम्झौताको उल्लङ्घन भएको भन्दै घटनाप्रति ध्यानाकर्षण गराएका छन् ।
उनले संयुक्त राष्ट्रसङ्घको भारत तथा पाकिस्तानका लागि खटिएका सैनिक गतिविधि अनुगमन समूहलाई बुधबारको आक्रमणबारे अनुसन्धान गर्न आग्रह गरेका छन् । उनले युद्धबिराम भङ्ग गर्ने समूहलाई कानुनी दायरामा ल्याउन अनुरोध समेत गरेका छन् ।
भारतीय सैनिक प्रवक्ता कर्नेल नितिन जोशीले भने सीमा क्षेत्रमा दुवै पक्षबीच झडप भइरहेको स्वीकार गर्दै आफ्ना सैनिकको हाताहाती भने नभएको बताएका छन् । एजेन्सी (अन्नपूर्ण )
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers