ScotNepal: तर्कारीवालीको पछि लागेको घरवालीले थाहा पाए पछि
Loading...
तर्कारीवालीको पछि लागेको घरवालीले थाहा पाए पछि


-गोविन्द भट्टराई

हिजो रिक्शावाली, ग्यारेजवाली, दाऊरावाली, हुदाहुदै तरकारीवाली आदि के के वालिको खुवै प्रचार र प्रसंशा/चर्चा -परिचर्चा भैरहेकोथियो सामाजिक सञ्जाल भरि ।र मैले पनि कति दुख गरिराख्नु हाउ। आफुले गरिराखेको कामको यसो चर्चा भयो भने प्रसंशा वाहवाही संगै ठुलै काम गर्ने अवसर पनि जुर्दो रहेछ भनेर यसो मनको कुरो पोख्न खोजेको थिएं।
#आज घरवालीले थाहा पाइछिन।
म मेलोबाट फर्किएर यसो हलोजुवा बिसाएर मूढामा बस्न खोज्दैथिएं। एकहातमा कुचो र एक हातमा डाडु बोकेर “के अरे चर्चामा आउनुपरो रे? आफ्नो मेहनतले गरिखाने हामीलाई के को चर्चा र प्रसंशा चाहियो?अरुलाई देखाउनको लागी काम गरेको हो हामीले ? आफ्नो जिविकोपार्जनको लागि पो काम गरेको त। सधैं आफ्नो काम गरिराखिन्छ।मेहनतको कमाइ खाइन्छ।
के को चर्चा र अरुको प्रसंशा चाहियो ?”भन्दै गुटुङ्टुङ खेदाइन हेर्नुस् । भाग्दा भाग्दै खेततिर पुगेंछु। उनी लखेट्दै आइन् । म भाग्दै गएं। उनी लखेट्दै आइन। म भाग्दै गएं।
भागेर कहाँ जानुथियो र? हाम्रो भागदौडमा खेतको सात फन्का लगाइएछ। लखेट्ने बेलामा उनिले पनि चप्पल लगाएर कुद्नु भनिनन। मलाई पनि चप्पल खोज्ने होस कहाँ आयो र? खाली खुट्टै दौडिएंछु। खेतमा पलाएको बुहारी झार(लज्जावति झार)को कांडाले घोच्नु घोचेछ पैतालाभरि। उनिलाई पनि कांडो बिझ्यो होला तर भनिनन। म अघि अघि उनी पछिपछि । उनको हातमा कुचो र डाडु , म कुचो र डाडुको झटारो छल्ने प्रयास गर्दै अघिअघि कुद्दै भैंसीको थलामा पुगेछु। त्यहीँ घांसको भारी राखेको रछ। यसो घांसमा छलिएर बसेको थिएं।
भैंसीलाई घाँस खान दिनुपर्‍यो भनेर उनी पनि त्यहीँ आईपुगिन। उनको रिस अझै मरेको रहेनछ।च्याप्प समाइन र एक हातले मुख बन्द गरिदिइन। अनि घाँस काट्ने हसिंया त्यहीँ रहेछ।
मेरा जम्मै जुँगा हंसियाले खुर्किदिइन। कति जुँगा उखेलिए।कति काटिए। थाहै भएन। ऐयासम्म भन्ने मौका मिलेन। दुखाई र पीडा दबाउदै त्यहाँबाट यसो कसो गरेर उम्किएर उठ्न खोज्दैथिएं। भैंसीले मुन्टो उठाएछ। म चिप्लिएर गोबरमा पछारिएं।
तेसपछी चाहिँ माया लागेछ क्यारे केही गरिनन। तर रिस चाहिँ अझै मरेको थिएन उनको, फत्फताउंदै किचनमा छिरिन। म लुक्ने ठाउँ खोज्दै जांदा धानको भकारी भित्र छिरेछु। किचनमा भान्साको काम सकिएर भाडाकुंडा बजेको सुमधुर संगीत मेरो कानमा गुञ्जिदै थियो , त्यही संगीतको तालमा अझै उनी गुनगुनाउदैं/ फत्फताउदै थिइन् ।
म धानको भकारीभित्र लुकेर बसेको छु। धानको कश ले स्वास फेर्नै गाह्रो भैरहेको छ भने मुटु फुत्केलाजस्तो भएर ढुक्ढुक भैराखेको छ।दुई हातले छातीमा राखेर बेतोडले धड्किएको मुटुलाई थामिरहेको छु भने स्वां स्वां भएपनी स्वास दबाएर बिस्तारै बिस्तारै स्वासप्रस्वास लिरहेको छु।
खाना हटकेशमा राखीदिएकी छु, भन्ने आवाज त सुन्दैछु। तर कुचो र डाडुको त्रास अझै गको छैन।
यतातिर मुटुको धड्कन पनि घटेको छैन । यहि धड्कनको आवाज सुनेर उनी यतै आउदैछिन । कुचो र डाडु त हातमा थिएन तर अझै रिसाइरहेकी छिन। रिसाएको मान्छे फकाउन फिटिक्कै आउदैंन आफुलाई।रोइरहेको मान्छे देखें भने पनि आफुलाई नै आँसु आउँछ फकाउन फिटिक्कै आउँदैन।के भनेर फकाउने होला अब।कसरी फकाउं, कुन शब्द्ले फकाउं।
क्यारुम ,क्यारुम म क्यारुम………
सोच्दै थिएं। ड्याम्म आवाज आयो।
•••••••
हैट। कस्तो सपना देखेंछु।Duty जाने बस छुटी सकेछ। बोलाउदा बोलाउदा गर्दा म नब्युझिएकोले साथिले खाट हल्लाउंदा खाट भित्तामा ठोक्किएछ र म झल्यांस ब्युझिएंछु।
हतार हतार फ्रेश भएर taxi समातेर Duty आएं। सपनामा भुल्न थालेंछु। ढिला उठ्नाले बस छुट्यो | ५० दिराम आज चुना लाग्यो।
-दुवई
३० कार्तिक २०७३
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers