ScotNepal: देशब्यापी सर्बस्विकार्य आन्दाेलन गराै समर्थन र बिराेध गर्ने अवसर गैर दलितलाई दिउँ ।
Loading...
देशब्यापी सर्बस्विकार्य आन्दाेलन गराै समर्थन र बिराेध गर्ने अवसर गैर दलितलाई दिउँ ।



अर्जुन घिमिरे "सुसार"
स्वर्ग जस्तै सुन्दर मेराे देश नेपाल । जसलाई विश्व ले नै निश्चल र,सफा देख्ने गर्छ र छ पनि । आन्तरिक रुपमा मानव मानव बिचमा रहेकाे जातिय विभेद रुपि दुर्गन्धले गन्हाईरहेकाे छ । सदियाै देखिकाे याे बिभेदकारि प्रथाकाे सिनु यति गन्हाउदै छ कि जुन दुर्गन्धले मेराे समाज कहिल्यै माथि उठ्न सकिरेहकाे छैन । परिवर्तनका नाममा देशमा ठुलाठुला आन्दाेलन र अभियान हरु पनि नचलेका हाेईनन चले, कति तुहिए कति सफल पनि भए ।

२४० बर्ष देखि मेराे देशमा जरा गाडेकाे अझ भन्दा देशकाे आधार स्तम्भ नै ठानिएकाे राजसँस्था समेत १९ दिनकाे आन्दाेलनले जरैदेखि उखेलेर फाल्न सक्ने मेराे देशले सदियाै देखि समाजमा रहेकाे र देशकाे मेरुदण्ड नभई निहित ब्यक्तिुकाे स्वार्थका निमित्त निर्माण गरिएकाे जातिय बिभेदकारि ब्यवस्था ध्वस्त पार्न न दस बर्षे जनयुद्दकाे बन्दुक बम बारुदले सक्याे न जन आन्दाेलन, अभियान र सरकारि कार्यक्रम हरुले नै ।

के जातिय विभेद मेटाउनै नहुने वा मेटाउनै नसकिने विशेष ब्यवस्था हाे?? वा हामिले मेटाउन नचाहेका हाैँ ?? के जातिय विभेद विभिन्न शक्ति वा महाशक्तिहरु र ठूलै सँगठन ले सँचालन गरेकाे हाे ?? वा हामी विभेद बिरुद्द बाेल्नेहरुकाे सँगठन कमजाेर हाे?? के जातिय विभेद नेपाकाे संविधान अनुरुप गरिएकेा हाे?? वा हामिले सँबिधानत बाेल्न नसकेका हाै वा चल्न नसकेका हाैँ ?? के जातिय विभेद मानव अधिकार अनुकुल हाे ?? वा हामिले आफ्नाे अधिकारका खातिर आवाज उठाउन नसकेका हाैँ ।
के जातिय विभेद विशेष जातिकाे समस्या हाे?? वा समाज रा राष्ट्रकै समस्या हाे ।
प्रश्न धेरै छन जवाफ सरल छ तर सरल जवाल लाई हामिले सहजताका साथ लिन सकिरहेका छैनाैँ किन ??

माथि साेधिएका तमाम प्रश्नहरु बिपरित याे कार्य भई रहेकाे देख्दा द्रखदै पनि हामी किन माैन छाैँ । माैन छैनाैँ भनी हाम्राे आवाज कहाँ छ?? फेसबुकका भित्तामा ?? कुनै एक बन्द काेठामा वा फेरि कुनै एक सँगठन , एन जिओ, पार्टि कार्यलय वा कहाँ ???

चाैतर्फि सुन्नमा आउँछ सामाजिक विभेद काे बिरुद्दमा सँघर्ष गरिदैछ , आन्दाेलन गरिदैछ , अभियान सँचालन गरिदैछ , तर खै कहाँ?? के उपलब्धि हासिल भयाे ?? हजुरबा हरुकाे माग पनि हामिलाई विभेद गर्न पाइदैन भन्ने थियाे बाउ काे पनि त्यहि थियाे मेराे पनि त्यहि छ र भाेलि मेराे छाेरा नाति पनाति काे पनि त्यहि हुनेछ भने यी आन्दाेलन, अभियान, बैठक र छलफल हरु के का लागि???

जति, समाज, क्षेत्र, लिङ्ग, धर्म, पार्टी एन जिओ, आई एन जिओ , अनगिन्ति सँगठन छन् । सँगठन धेरै भए भनेर बिराेध गर्ने पनि छन् सहि मान्ने पनि छन । सँगठन हुनु गलत कसरी हुन सक्छ?? जसले जे जति गर्न सक्छ गर्नु पर्छ गर्न दिनु पर्छ सके सहयाेग गर्नु पर्छ नसके बिराेध गर्नु हुदैन । यसमा म पनि सहमत ।। तर हाम्राे समुदायका शक्ति लाई विभिन्न बाहाना मा टुक्राटुक्रा पार्नु र सँगठनलाइ कमजाेर बनाउने कार्य बारे पनि गाम्भिर्यता हुनै पर्छ । कार्य सम्पादनका लागि कार्य सहजताका लागि खुलेका र खुल्ने क्रममा रहेका सँगठन लाई सहृदय स्वागत गर्छु तर पदलाेलुपता ब्यक्तिगत स्वार्थ र मपाइत्वका लागि स्थापित भएका सँगठन लाई बिराेध पनि गर्दछु ।

हिन्दु राज्य, राजतन्त्र र एकल राज्यलाइ धर्म निरपेक्ष सँघिय लाेकतान्त्रिक गणतन्त्र का रुपमा स्थापित गर्न सक्ने शक्ति र सामार्थ्य मेराे देशका जनता र नेतामा छ भने जातिय बिभेद अन्य गर्ने शक्ति र सामार्थ्य नहाेला त?? छ तर चाहदैनन । किन चाहदैनन?? नेता लाई राजनितिक मुद्दा बनाउनु छ चुनाब जित्नु छ । दलित समुदायका अगुवा र दलितनेता लाई दलितकाे राजा बन्नु छ , पार्टिकाे धाेति बन्नु छ । आरक्षित काेटामा सेवा सुबिधा लिनु छ एन जिओ आइ एन जि ओ लाई डलर पचाउनु छ । अनि सामाजिक अभियन्ता लाई पेट भर्नु छ माइक सँग साईनाे गाँस्नु छ ।

यहाँ नेतृत्व कर्ता लाई माछाे माछाे भ्यागुताे गर्नु पर्छ भन्ने मनासय छ । हाेईन भने दलित हितका कार्यक्रममा किन एकता हुदैन ? नाममा मात्रै एकता कि बास्तबिक एकता ?? एउटा ले मनाेमानी आन्दाेलन घाेषणा गर्छ अर्काेले बिराेध गर्छ । दलित आन्दाेलनकाे समर्थन पनि बिराेध पनि दलितले नै गर्दछन । गैर दलित लाई त समर्थन र बिराेध गर्ने सम्म पनि अवसर छैन । कसरी आउँछ समानता??


कतिपय सँगठन मा र हाम्रै समुदायमा अन्तर्दलित विभेद छ । गुट उपगुट छ , जातिय राजनितिक क्षेत्रिय लैङ्गिक गुटहरु छन । प्रश्न आउँछ समग्र दलित काु मुद्दा ठुलाे कि गुटकाे?? कामिले दमाईकाे दमाइले सार्किकाे सार्किले गाइने पाेडे च्यामे डुम काे नेतृत्व स्विकार गर्न नसकेर सँगठन नै तहसनहस भएकाे घटना सम्म छ्याप छ्याप्ति भेट्न सकिन्छ । ब्यक्तिगत स्वार्थ मा लिप्त भई समाजका बारेमा केही बाेल्न सक्न लाई स्थान दिदा आफू अनुकुल नहुने र आफ्नै भबिष्य ओझेल पर्ने डरले क्षमतावान लाई परिस्कृत बहिस्कृत र उपेक्षा गरेकाे उदाहरण समेत छन । फेरि प्रश्न उठ्न मुद्दा ब्यक्ति हित कि सँगठन हित कि दलित समुदाय हितमा??

मधेश मा थुप्रै जातजाती छन् ,भाषा भेषभुषा, चालचलन र धर्म पनि फरक नभएकाे हाेइन जनजातिमा पनि साेहि अवस्था छ र पनि उनिहरु महासँघ काे छातामुनस रहेर अधिकारका निम्ती एकजुट भई बुलन्द आवाज उठाएका छन् । महासँघ कै आह्वान र पहलमा कार्यक्रमहरु तर्जुमा गरिनेछ कार्यन्वयन गरिन्छ ।

यदि साँच्किकै समानता चाहने हाे भने , समाजमा आमूल परिवर्तन चाहने हाे भने , ब्यक्तिगत स्वार्थ बाट माथि उठेर दलितका नाममा रहेका सम्पुर्ण सँघ सँस्था , राजनितिक पार्टिका भातृ सँगठन सबैलाई सहभागी गराइ महासँघ स्थापना गरिनु पर्छ , एउटै लक्ष्य र एउटै उद्देश्य भएका सबै सँगठनहरुका सहभागितामा बृहत् छलफल , मजबुत तयारि गरेर याेजना बद्द तरिकाले सर्ब स्विकार्य देशब्यापि निर्णायक आन्दाेलन काे आवश्यकता छ । जहाँ कुनै पनि ब्यक्ति , पार्टी वा जाति बर्चश्व वा श्रेय नराखि सिङ्गाे दलित समुदायकाे हित नै आन्दाेलनकाे स्वार्थ हुनुपर्ने छ ।
08/11/2016 /

( लेखक नेपाल प्रवास जातिय भेदभाब उन्मुलन साझा मञ्च कतारका सचिब हुनुहुन्छ)
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers