ScotNepal: जर्मन दूतावासमा आत्मघाती आक्रमण ६ को मृत्यु ,१२० घाइते (भिडियो)
Loading...
जर्मन दूतावासमा आत्मघाती आक्रमण ६ को मृत्यु ,१२० घाइते (भिडियो)




अफगानिस्तानको बाल्ख प्रान्तस्थित मजार–ए–सरिफस्थित जर्मन महावाणिज्य दूतावासलाई लक्ष्य गरी शुक्रबार गराइएको आत्मघाती बम आक्रमणमा ६ जनाको मृत्यु भएको छ । आक्रमणमा १ सय २० जना घाइते भएका स्थानीय सुरक्षा अधिकारीले जनाएका छन् ।

आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको एक ट्रक महावाणिज्य दूतावासको पर्खालमा ठोकाएको स्थानीय प्रहरी प्रमुख सयेद कमाल सदातले बताएका छन् । विस्फोटलगत्तै बन्दुकधारीले
आक्रमण गरेपछि जर्मन तथा अफगान सुरक्षा बलसँग गोली हानाहान भएको थियो ।
यसै महिनाको सुरुमा अमेरिकासँग आबद्ध हवाई आक्रमणमा परी कुन्दुज प्रान्तमा ३२ भन्दाबढी सर्वसाधारणको मृत्यु भएको ‘बदला’ मा उक्त आक्रमण गराइएको तालिवान समूहले दाबी गरेको छ ।
आक्रमणमा परी मारिएका र घाइते सबै सर्वसाधारण भएको बताइएको छ । घाइतेमध्ये १७ बालबालिका र १० महिला छन् । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
जर्मन विदेश मन्त्रालयले आक्रमणमा दूतावासका कर्मचारी नपरेको जानकारी दिएको छ । तर दूतावास भवन भने नराम्ररी ध्वस्त भएको बताइएको छ । नेटो प्रवक्ताले आक्रमणमा दूतावास कार्यालय नराम्ररी क्षतिग्रस्त भएको जनाएका छन् ।
यसमा के कति अफगान नागरिक, सुरक्षा अधिकारी मारिएका वा घाइते भएका त्यस यकिन संख्या प्राप्त नभएको पनि विदेश मन्त्रालयले जानकारी दिएको छ । स्थानीय प्रहरीले आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको जनाएको छ ।
२७ कार्तिक २०७३
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers