ScotNepal: तरहरा गोलीकाण्डका तीनै अभियुक्त २४ घण्टामै पक्राउ गर्न प्रहरी सफल
Loading...
तरहरा गोलीकाण्डका तीनै अभियुक्त २४ घण्टामै पक्राउ गर्न प्रहरी सफल

गोलीकाण्डका अभियुक्तहरु
भाइटीकाको दिन बिहान ४ बजे इटहरी २४ तरहरामा रहेको भोजपुरे होटलमा गोली प्रहार गरि दुई जनालाई घाइते बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरि सार्बजनिक गरेको छ । प्रहरीले घटनाको २४ घण्टा भित्रनै अपराधी पक्राउ गरेपनि एक दिन पछि मात्र सार्वजनिक गरेको हो ।
होटलमा गलत नाम र वतन टिपाएर बिहान धनकुटा चानुवा घर भएको तोर्ण पौडेल र होटल सञ्चालक जंगमान राईलाई गोली प्रहार गरि भाग्ने भोजपुर नेपालेडाडा-९ घर भएका मिसन भनिने हरि विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनका सहयोगिको रुपमा गाईघाटका प्रशान्त कार्की र विराटनगरका अंकितकुमार सिंहलाई समेत पक्राउ गरेको छ । घटना पछि अभियुक्तलाई लुकाएको आरोप कार्कीमाथि प्रहरीले लगाएको छ भने सिंहले पेस्तोल किन्न र घटना पछि लुकाउन सघाएको आरोप प्रहरीको छ । प्रहरीले मंगलबार नै दुई जनालाई र बुधबार एक जनालाई पक्राउ गरेको थियो ।
नेपालेडाँडा-९ का जीवन खत्रीबाट १० हजार रुपैयाँ लिएर हरिले त्यहिका प्रकाश खत्रीलाई असोज २२ गते गोली हानी फरार भएका थिए । खत्रीको खुट्टामा गोली लागेको थियो ।
इलाका प्रहरी कार्यालयका डिएसपी नरेशराज सुवेदीका अनुसार बद्री रिजालको आदेशमा हरिले पौडेलमाथि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको छ । बद्रीका बाबु र पौडेल दुवै खयरको काठका कारोबारी हुन । खयरमा बद्रीका बाबुले पाउनु पर्ने रकम पौडेलले नदिएपछि उनलाई निशाना बनाइएको हो । तर होटलमा गोली चलेको आवाज आएपछि के भएको हो भनेर हरिलाई रोक्न खोज्दा हरिले होटलवाला जंगमानलाई पनि तीन गोली प्रहार गरेको अनुसन्धानमा खुलेको छ ।
पूर्वका विभिन्न जिल्लामा फष्टाउँदै गरेको संगठित अपराधको एउटा हांगाको रुपमा प्रहरीले यसलाई अनुसन्धान गरिरहेकाले थप खुल्ने बताएको छ ।
गोली चलाउने व्यक्ति हरिले अघिल्लो दिन संखुवासभा खाँदबारी घर भएको रवीन्द्र थापा नाम उल्लेख गरेर होटलमा कोठा लिएर बसेको थियो । बिहान अर्को कोठामा सुतिरहेका पौडेललाई झ्यालबाट निशाना ताकी गोली प्रहार गरेको थियो । एक्कासी गोली प्रहार पछि बिउँझिएका पौडेलले ढोकामा ‘पइट’ लगाएर बसेका थिए । त्यहि बेला ढोकाको चेपबाट प्रहार भएको गोली उनको दाहिने पाखुरामा लागेको थियो ।
गोलीको आवाजले उठेका होटलवाला जंगमान राइलाई उक्त ब्यक्तीले तीन गोली प्रहार गरेको थियो । जंगमानको दाहिने कुम, छातिको दाहिने भाग र तल्लो भागमा गरि तीन गोली लागेको छ । दुवै घाइतेको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । पौडेललाई खतरा मुक्त भनि चिकित्सकले डिस्चार्ज गरिदिएका छन् ।
प्रहरीले तीन जनाको साथबाट एक थान पेस्तोल, पेस्तोलको खाली म्यागेजिन दुई थान, पड्कन बाँकी गोली ५ थान, गोलीको सिसा ५, गोलीको खोखा ५ थान र छुरी एक थान बरामद गरेको छ
१८ कार्तिक २०७३ - ekoshi बाट साभार :
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers