ScotNepal: कुसुम एक – चर्चा अनेक
Loading...
कुसुम एक – चर्चा अनेक

-दिपक महत (पर्यटन ब्यबसायी)/थर्डपोल ट्राभल्स एण्ड टुर्स प्रा.ली काठमान्डौ

-दिपक महत, पर्यटन ब्यबसायी
नवयौवना कुसुम श्रेष्ठको समाचार भाइरल भयो “तरकरिवाली” को रुपमा । न त कुसुम जत्तिको सुन्दरीहरुको कमि छ न त तरकारी बोक्ने नवयौवनाको नै कमि छ हाम्रो समाजमा । तर पनि अरु कोहि नभएर कुशुम नै चर्चामा आइन । यस अर्थमा बधाई छ कुसुमलाई ।
चर्चामा आउनु अपराध होइन । मान्छेहरु बल गरेरै पनि चर्चामा आउछन भने त्यो अवसर सजिलै र अन्जानमै कुसुमलाई प्राप्त भयो त राम्रै भयो । सम्भवत सुन्दर रुपकी नवयौवना, अनि तरकारीको भारि र फोटोग्राफरको भावना को त्रिसंकुको परिणाम नै हो आजको कुसुम । यी तिन थरि कुरा अलग अलग भएको भए सम्भवत आजको कुसुम हिजो जो थिइन आज पनि तेही अवस्थामा रहन्थिन ।
जे सुकै कारणले किन नहोस कुसुम चर्चामा आइन र यो उनको भविष्यकोलागि उर्बर अवसर हुन सक्छ । उनि १८ बर्षको कलिलो उमेर पार गर्दै छिन । उनि आफै अहिले आफ्नो भबिस्यको बारेमा निर्णय गर्न सक्षम भएकी छैनन् र उनको सबै भन्दा नजिकको भनेको माता र पिता नै हुन् वहाहरु पनि आज कुसुम प्रति जे जस्तो घटना,परिघटनाले प्रभाव पारिराखेको छ ती सबको राम्रो नराम्रो विश्लेषण गरि कुसुमको भबिष्य बारेमा आफ्नो अबिभावकिय धारणा बनाएर आफ्नो एक मात्र सन्तान कुसुमको भबिष्यरेखा कोर्न सक्ने अवस्थामा छैनन् । मिडियामा समाचार आए अनुसार यहि अनुमान सहि हुनु पर्दछ ।
kusum
हाम्रो समाजमा छोरी मान्छे राम्री हुनुको अर्थ उनीहरुले कि त मोडलिंग गर्नु पर्दछ कि त फिल्मको नारि पात्र (नायिका?) बन्नु पर्दछ । सम्भबत एउटा सुन्दरी हुनुको उन्नत उपलब्धि यहि नै हो हाम्रो समाजको नजरमा । तेही भएर त साप्ताहिक जस्तो समाजलाइ आँखा देखाउने पत्रिकाको पेजमा कुसुम चर्चामा आएको हप्ता दिन बित्न नपाउदै कुसुमको सामान्य अवस्थाको तस्बिर नभयर उनको नाङ्गो तिघ्रा सहितको मोड्लिंग तस्बिर छापियो । उनलाई तेस्तै फेसन लगाउन लगाइयो । तेत्तिको फेसन हाम्रो समाजमा नपच्ने खालको त छैन । तर कुरो समाजको भन्दा पनि त्यसप्रकारले उनमा एक्कासी उनको सोच बिना नै निर्देसित रुपले आउन थालेको परिवर्तनले निरन्तरता पायो भने त्यो कलिलो किशोरीको मनोबिज्ञान अब कता तिर मोडिएला ?
यो छोटो समय भित्र कुसुम आफ्नो भबिष्यको बारेमा कसरि सोचि राखेकी होलिन ? सम्भवत नर्स पढ्ने उनको उत्कट चाहना मोडलिंग र चलचित्रका रंगिन दुनिया मा वोझेल पर्ने मात्र होइन भोलिको नेपाली चलचित्र संसारको सबै भन्दा कम पढेकी नाईकाको रुपमा चिनिने छिन । स्थापित कलाकार हुने हो कि होइन संका नै छ । किनभने कलाकारिता पनि अब निकै प्रतिस्पर्धात्मक हुँदो छ । त्यहा पनि पढेलेखेकाहरु बीच प्रतिस्पर्धा सुरु भैसकेको छ । चलचित्रकै संसारमा जाने हो भने पनि कुसुमले आफ्नो अध्यन लाई रोक्नु हुन्न । हाम्रो समाजले कुसुमलाई अहिलेको उनको समय अध्यनको लागि हो अनि मात्र उनि भबिष्यमा कुन बाटो हिड्ने निर्णय गर्न सक्षम हुने छिन भन्न सक्दैन?
चर्चामा आउनु एउटा बिषय हो भने भबिष्य निर्माण अर्कै बिषय हो । कतै कुसुमलाई विषयान्तर गर्न खोजिएको कारण नै भोलि कुसुमको समस्या र चिन्ताको बिषय नबनोस । भोलि कुन बाटो रोज्ने त्यो कुसुमले निर्णय गर्लिन तर “तरकारीवाली” को रुपमा उनि चर्चामा आउन सुरु गरेको कारण भबिष्य कुसुम अग्रणी कृषक बन्ने सम्भावनालाई पनि त नकार्न सकिदैन ।
प्रकाशित मिति: २०७३/०७/२९
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers