ScotNepal: आत्मविश्वासी जर्नेल जसले ह्वीलचेयरमै बसेर १३ बर्षदेखि कमाण्ड सम्हालिरहेका छन (भिडियो)
Loading...
आत्मविश्वासी जर्नेल जसले ह्वीलचेयरमै बसेर १३ बर्षदेखि कमाण्ड सम्हालिरहेका छन (भिडियो)


काँधमा दुई तारा । शरीरमा बर्दी । बोलीमा सैनिक अधिकारीको ओज । अनि त्यस्तै आत्मविश्वासी शैली । उनको कार्यकक्षमा पुग्ने वा उनले सम्बोधन गर्ने कार्यक्रममा पुग्ने जो कोहीलाई पनि नेपाली सेनाका यी दुईतारे जर्नेलको शारीरिक अवस्थाबारे हेक्का रहँदैन ।
अर्थात् उपरथी रमिन्द्र क्षत्री । हो, उनलाई पहिलोपटक भेट्ने जो कोहीलाई पनि उनको शारीरिक अवस्थाबारे आँकलनसम्म हुँदैन । हुन पनि उनको व्यावसायिक जीवनमा त्यसबाट अवरोध आएको पनि छैन । तर, तिनै दुईतारे जर्नेललाई घरदेखि कार्यालयसम्म आउँदा दुई सहयोगी चाहिन्छभन्दा धेरै मानिस अचम्म हुन्छन् । जर्नेल अनि अरूको सहारा ? हो नेपाली सेनाका उपरथी क्षत्रीको दैनिकी विगत १३ वर्षदेखि यसरी नै अघि बढी रहेको छ । तैपनि उनको आत्मविश्वास र व्यावसायिकतामा कमी आएको छैन । सेनाले पनि त्यसलाई अन्यथा लिएको छैन । उनको जीवन गतवर्षको महाभूकम्पमा हजारौं आफन्त गुमाएका नेपालीले गाएजस्तै छ– ‘धरहरा ढल्यो । तर, हाम्रो मन ढलेको छैन ।’
आजभन्दा १३ वर्षअघि अर्थात् २०६० भदौ ११ को बिहान । महासेनानी रमिन्द्र क्षत्री आफ्नो निवास कपुरधाराबाट भद्रकालिस्थित सैनिक जंगी अड्डा जान निस्कँदै थिए । तर, उनलाई के थाहा केही समयपछि नै उनको जीवनले अनौठो मोड लिनेछ भनेर ।
उनको घरको गेटबाहिर लुकेर बसेका माओवादी लडाकुले उनीमाथि गोली बर्साए । पछि पुष्टि भएअनुसार त्यहाँ ७ लडाकु थिए । गोली लागेका क्षत्रीलाई परिवारका सदस्यहरूले सैनिक अस्पताल पुर्‍याए, लामो उपचारपछि उनी बाँचे पनि । तर, उनको कम्मरमुनिको भाग नचल्ने भयो । त्यसपछिको लामो जिन्दगीमा ह्वीलचेयर उनको साथी बन्यो । - साभार : kantipur

Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers