ScotNepal: यसकारण रुरु नै हुन पर्छ रुरु गाउँपालिकाको केन्द्र
Loading...
यसकारण रुरु नै हुन पर्छ रुरु गाउँपालिकाको केन्द्र

सुन्दर कसजु
नेपाल सरकारले देश लाई संघिय संरचनामा लैजाने निर्णय गरे अनुरुप रुरु लगयात देश भरका स्थानिय संरचनाको पुनर्सिमाङकन गर्दै छ। यसै अनुरुप अहिले गुल्मिको ईलाका नम्बर ५ मा रहेका ६ वटा गाबिसहरु बलेटक्सार, बम्घा, रिमुवा,ग्वादी, थानपती र रुरु गाबिस लाई गाभि रुरु गाउँपालिका नामाङ्कन गरि नयां स्थानिय निकायको गठन गरेको छ।साथै जिल्ला सिमाना निर्धारण आयोगले यसको केन्द्र बम्घा गाबिसको घ्युबेसी लाई प्रस्ताव गरेको छ।
के कस्ता आधार र मापदण्डलाई मुल्यांकन गर्दै घ्युबेसिलाई केन्द्र तोकियो त्यो भने सिमाना निर्धारण आयोगले स्पस्ट पार्न सकेको छैन। तर यी कुराहरु उल्लेख गर्दै गर्दा घ्युबेसिको बिरोध गर्न खोजिएको होइन। तर के कस्ता आधारहरुका कारण घ्युबेसि उपर्युक्त भयो त्यसको स्पस्टीकरण आयोगले दिनै पर्दछ। स्पस्टिकरण घ्युबेसिका लागि मात्र होइन भोलिको दिनमा अन्यत्रै स्थानमा तोकिए पनि दिन अनिवार्य छ चाहे त्यो रुरु नै किन नहोस। आयोगले केन्द्र निर्धारणका मापदण्डहरु तोकेको छ, जस्तै पक्की सडकको पहुच, शिक्षा, स्वस्थ्य, जनसंख्या, खेल्कुद, पार्क लगायत बिबिध पुर्बाधारहरु। यी मापदण्डहरु अनिवार्य रुपमा केन्द्र बन्ने स्थानमा हुन जरुरी छ।
यी मापदण्डहरुका अतिरिक्त अरु आधारहरुका कारण रुरु नै रुरु गाँउपालिकाको केन्द्र बन्न सक्ने आधारहरु छन् ।
१) सबै भन्दा पहिले रुरुमा केन्द्र हुन पर्दछ भन्ने ससक्त आधार भनेको बहुसंख्यक जनताको माग हो । यो माग रुरुवासिको मात्र नभई थानपती गाबिस र ग्वादी गाबिसको पनि हो। दुई गाबिसहरुले शसरिर र लिखित रुपमा रुरुको समर्थन गर्दै हिजो तम्घासमा गरिएको धर्ना र बिरोध कार्यक्रममा सहभागिता जनाइ सकेको छ। आउने दिनहरुमा अरु गाबिसले यसमा साथ दिने छन। यो संगै रुरु भन्दा अन्यत्र स्थानको चाहना अल्पसंख्यकमा परिसकेको अबस्था छ।
२) दोश्रो आधार रुरु जिल्लाकै सबै भन्दा सुगम स्थान र दोश्रो ठूलो बजार हो। पक्की सडकको पहुच भएको यो स्थानमा आउनजान निकैसहज तथा सबैको पायक पर्ने ठाउँ हो। यहाँ आउनका लागि जुनसुकै स्थान बाट सार्बजनिक सवारीसाधन पाउन सकिन्छ। तसर्थ सबैको सुगमताका लागि रुरु नै केन्द्र हुन जरुरी छ।
३) पुर्बाधारहरुको उपलब्धता यसको अर्को आधार हो। विभिन्न काम बिषेशले रिडि आउने ब्यक्ती, तिर्थयात्री तथा पर्यटकहरु बस्नका लागि आबश्यक होटलहरु पर्याप्त रहेका छन भने धर्मशाला र पाटी पौवाहरुको पर्याप्त ब्यबस्था हरु रहेका छन।

४) गाउँ पालिकाको केन्द्र हुना साथ आबश्यक पर्ने संख्यामा कार्यलय भवनहरु रुरुमा तत्काल उपलब्ध गराउन सकिने अबस्थामा रहेको छ। केन्द्र संचालनका लागि तत्काल भौतिक र प्राबिधिक समस्याहरु रुरुमा हुने छैन।

५) शहरी बिकासका पुर्बाधारहरुमा दुई जना डाक्टरहरु रहने गरि आधुनिक र सुबिधासम्पन्न स्वास्थ केन्द्र यहाँ रहेको छ। त्यसैगरी प्राथमिक तह देखि स्नातक तह सम्म अध्यन गर्नका लागि प्रसस्त शैक्षिक संस्थाहरु रहेका छन। त्यसैगरी खेलकुदका लागि दुई वटा कभर्ड हल र दस हजार मानिस अट्न सक्ने खेल मैदान रहेको छ। त्यस्तै घुम्नका लागि देवदत्त पार्क रहेको छ। जुन पुर्बाधारहरु केन्द्र निर्धारणका अनिवार्य मापदण्ड हुन। यसर्थ पनि रुरु गाउँ पालिकाको केन्द्र बन्न सक्छ।

६) एतिहासिक तथा धार्मिक स्थान हुनुका साथै जिल्लाको मुल द्वार रहेको रुरु पर्यटकका लागि समेत आकर्षण्को केन्द्र बिन्दु हो। साक्षात भगवान ऋशिकेशको उपस्थिती, रुरु कन्या र देवदत्त ऋशिको तपोभुमी र पबित्र कालिगण्डकि नदिको बहाबले करोडौ हिन्दुहरुको मुख्य गन्तव्य हो रुरु। यसको सौन्दर्य र महात्मे लाई बढाउनका लागि नेपालकै नमुना तिनमुखे पुल रिडिमा निर्माण भइ रहेको छ। जसले गर्दा समग्र नेपालको ध्यान यसतर्फ आकर्शण गदै छ। त्यसैले पनि रुरु गाउँपालिकाको केन्द्रको गन्तव्य हुन जरुरी छ। - रुरुनेटवर्क 
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers