ScotNepal: कुशल व्यवस्थापन तथा राष्ट्र प्रति इमान्दारीका प्रतिक कुलमान घिसिङ्ग |
Loading...
कुशल व्यवस्थापन तथा राष्ट्र प्रति इमान्दारीका प्रतिक कुलमान घिसिङ्ग |



नेपाल मा आजभोली धेरै चर्चा र जनता को स्नेह प्राप्त गर्ने नाम हो विद्युत प्राधिकरण का प्रमुख कुलमान घिसिङ्ग | कुलमान नेपाली जनता बीच एक चमत्कारिक व्यक्तित्व को रुप मा देखिनु भएको छ ,अपार जलश्रोत को धनि राष्ट्र नेपाल मा लोडसेडिंग को प्रहार ले त्रस्त भएका जनता मा एक आशा को किरणको रुप मा कुलमान को उदय भएको छ | कुलमान घिसिङ्ग को दक्षता,अनुभव र राष्ट्र प्रतिको इमान्दारीले के देखियो भने नेपाल को बेहाल सहि व्यक्ति सहि स्थान मा न पुग्नु नै रहेछ भन्ने कुरा प्रमाणित भएको छ | नेपाल मा जुन दिन सहि व्यक्ति लाइ उचित सम्मान का साथ स्थान दिने परम्परा को निर्माण हुन्छ त्यो दिन देखि नेपाल स्वर्णिम युग मा प्रवेश गर्ने अवस्यम्भावी छ |

पूर्ण रुप मा न भए पनि आज भारत ले जुन उचाई प्राप्त गरेको छ त्यसमा सहि व्यक्ति लाइ उचित स्थान दिने परम्परा को कारण सम्भव भएको हो| स्मरण रहोस भारतका भूतपूर्व प्रधानमन्त्री मनमोहन सिंह लाई रिजर्व बैंक को गवर्नर बाट अवकाश पश्चात वहा को कार्यकुशलता को मुल्यांकन गर्दै तत्कालिन प्रधानमन्त्री राजिव गान्धी ले गैर राजनैतिज्ञ मनमोहन सिंह लाई भारत को अर्थतन्त्र सुधार का निमित्त टपक्क टिपेर अर्थमन्त्री बनाएका थिए | आज भारत को अर्थतन्त्र मा जे जस्तो बढोत्तरी र बदलाव देखिएको छ त्यसको शुरुवात गर्ने श्रेय का हकदार मनमोहन सिंह द्वारा अवलम्बन गरिएको आर्थिक नीतिका कारण नै सम्भव भएको हो |

कुशल व्यवस्थापन का कारण लोकप्रिय एवं जनता का आँखा का तारा बनेका कुलमान घिसिङ्ग को एक समय यस्तो पनि थियो राम्रा भन्दा पनि हाम्रा को परम्परा ले गर्दा कुलमान घिसिङ्ग जस्ता होनहार व्यक्ति लाई अपमान सहनु को साथै अवमुल्यन गर्दै तत्कालिन एमाले कोटामा उर्जामन्त्री पद प्राप्त गर्न सफल राधा ज्ञावालीद्वारा ठाडो हस्तक्षेप गर्दै चिलीमे जलविद्युत् आयोजना संचालक प्रमुखबाट कुलमान घिसिङ्गलाई हटाउने निर्णय गरेकी थिइन् । ज्ञात रहोस् खिलराज मंत्रिमण्डलका उर्जामन्त्री उमाकान्त झाले पनि घिसिङ्गलाई हटाउने निर्णय गरेका थिए तर त्यसको चौतर्फी विरोधका कारण हटाउने निर्णय फिर्ता लिन परेको थियो । चिलीमे जलविद्युत् आयोजनामा नियुक्ति पश्चात् घिसिङ्गले निस्कृय अवस्थामा रहेको उक्त आयोजना लाई गतिशिल बनाउदै शेयर विषयमा रसुवाबासी सँग रहेको विवाद समाधान गरेका कारण बजारमा चिलीमेको शेयरको मूल्य उच्चता मा पुगेको छ । चिलीमेको शेयर मूल्यलाई उच्च सम्म पु¥याउने श्रेयका हकदार कुलमान घिसिङ्ग नै हुन् ।

घिसिङ्गले प्राविधिक कार्यक्षमता तथा इमान्दारी पुर्वक सुशासन प्रस्तुत गरेका कारण चिलीमे आयोजनाले अन्तर्राष्ट्रिय प्रमाण चिन्ह तथा लेखा परिक्षण अवार्ड प्राप्त गर्न सफल भएको छ । चिलीमे जलविद्युत् आयोजना बाट घिसिङ्गलाई हटाउने निर्णय प्रति प्राधिकरणमा कृयाशिल रहेका पाँच ट्रेड युनियनले तात्कालिन एम.डी. रामचन्द्र पाण्डेलाई भेटी घिसिङ्ग को पदावधि थप्न आग्रह गरेका थिए भने कम्पनी संचालक तुलसीराम ढकालले उत्कृष्ट कार्य गर्ने घिसिङ्गको पदावधि नथप्नु दुर्भाग्यपूर्ण भएको अभिव्यक्ति दिएका थिए । घिसिङ्गले चिलीमे संचालक समितिमा उनको पदावधि थप गर्न एजेन्डा समेत पठाएका थिए तर निर्वाचित ४ सदस्य सहित बहुसंख्यक सदस्य घिसिङ्गको पक्षमा भएतापनि पदावधि थप्ने विषय बैठकमा नराखी ४ बर्षे कार्यकाल पूरा भएको बहानामा घिसिङ्गलाई फिर्ता बोलाउने निर्णय गरिएको थियो । सन् २००३ मा सम्पन्न २२ मेगावाटको चिलीमे जलविद्युत् आयोजना ८ वर्ष सम्म कुनै प्रगति हुन नसक्दा चिलीमे जलविद्युत् कम्पनीको संचालकको रुपमा प्राधिकरणले घिसिङ्गलाई पठाएका थिए । उत्कृस्ट कार्य गर्दा समेत उर्जामन्त्री राधा ज्ञावालीले कुलमान घिसिङ्ग लाइ पुरस्कृत गर्नु को सट्टा कुलमान घिसिङ्ग प्रति कठोर निर्णय किन गरेका हुन् बारे भन्नु पर्दा नेपाल मा आएको परिवर्तन लाइ अंगिकार न गर्नु एवं कानुनी राज्य को उपहास गर्ने परम्परा को साथै जस्तो सुकै सिद्धान्त का कुरा गरिएता पनि पुरातन मानसिकता को धंगधंगी यथावत कायम रहनु नै मुख्य हो |


नेपाल विकाश को गति मा द्रुत गति ले हिड्न न सक्नु को कारकतत्व कुशल व्यवस्थापन एवं इमान्दारी को अभाव ले नै रहेछ भन्ने कुरा को ज्वलन्त उदाहरण हुन् कुलमान घिशिंग | कुलमान घिशिंग त् एक प्रतिक मात्र हुन् यदि नेपाल को राजनीति देखि राष्ट्र लाई विकाश गर्ने कानुनि राज्य को स्थापना गर्न सक्ने महत्वपूर्ण निकाय मा कुलमान जस्तै होनहार राष्ट्र भक्त हरु लाई छानी छानी पदस्थापन गर्न सकिए नेपाल विकाशशील राष्ट्र मा सुचिकृत हुन् सक्ने अवस्यम्भावी छ तर दुर्भाग्य राज्य को बागडोर सम्हालेर बसेका नेता हरु राष्ट्र भन्दा पार्टी ठुलो भन्ने मानसिकता बाट उठ्न न सक्नु को कारण नेपाल गरिब एवं निरिह राष्ट्र मा परिणत भएको छ | नेपाल सानो देश भएता पनि कुनै कोण बाट गरिब एवं निरिह छैन नेपाल गरिब एवं निरिह हुनु मा राज्य हाक्ने नेता हरु को दरिद्र मानसिकता नै प्रमुख कारण हो | इमान्दार र बहादुर नामले विश्व प्रसिद्धि प्राप्त गरेका नेपाली जनता इश्वर प्रदत सम्पूर्ण कुरो ले परिपूर्ण भएर पनि कहिले सम्म निरिह एवं कम्जोर भएर बस्ने ? नेपालका असफल तथा अदुरदर्शी नेता हरु ले नेपाल राष्ट् लाई कहिले पनि सबल बनाउन सक्दैनन् भन्ने कुरा क्रमसः प्रमाणित भएको छ | नेपाल लाई समृद्ध एवं शक्तिशाली राष्ट्र बनाउन राष्ट्रभक्त नेपाली जनता ले दरिद्र एवं दास मानसिकता बोकेका नेता हरुलाई बहिस्कृत गरि राष्ट्रभक्त द्रिड इक्षाशक्ति युक्त इमान्दार दुरदर्शी व्यक्तित्व हरु लाई उचित सम्मान का साथ उचित स्थान मा पदस्थापन गर्नु पर्ने वर्तमान समय को माग प्रति केन्द्रित हुन् अत्यन्त जरुरि छ |

अमरदीप मोक्तान ,डाडा खर्क ,दोलखा
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers