ScotNepal: जियुदो भाइलाई मर्यो भन्दै ४२ बर्ष कमाएको सम्पति आफ्नै दिदीले लुटे पछि बिष्णु न घरको न घाटको भए
Loading...
जियुदो भाइलाई मर्यो भन्दै ४२ बर्ष कमाएको सम्पति आफ्नै दिदीले लुटे पछि बिष्णु न घरको न घाटको भए

विष्णुहरी गैरे घरको आर्थिक अवस्था खासै राम्रो नभएपछि आज भन्दा ४२ बर्ष अघि कामको शिशिलामा छिमेकी देश भारत पसे । मजदुरी गर्दै भारतमा जिवीकोपार्जन गरेका उनी ए्रक्कासी हर्नियाको रोगबाट ग्रसित बने र काम गर्न नसक्ने भएपछि हरिद्धारकै एक मन्दिरमा गएर बस्न थाले । मन्दिरमै चढाएको केही पैसा र प्रसादले जिवन धान्न थाले । घरमा बुढा भएका बुबा आमा छोडेर गएका उनलाई विदेशीनु बाध्यता थियो । भएको जमिनमा राम्रो उब्जाउ हुदैनथ्यो ।
तनहुँ माझकोट ९ का गैरे विदेशमै भएपनि उनी बारम्बार घरमा चिठी पठाउ्रँदै गर्थे । तर उनको चिठीको कुनै जवाफ नपाउँदा उनी निराश बन्थे । दुई दिदी थिए उनका । एक दिदीको भने मृत्यू भयो । आफु विरामी भएको र घरबाट लिन आउनु भन्दै बारम्बार चिठी पठाएपनि कुनै प्रतिक्रिया नआउने गरेपछि उनको युवाअवस्था भारतमै निकम्मा भएर वित्यो । ४२ बर्षपछि स्वदेशफर्कदा घरमा आमा बाबु थिएन् । भएको जग्गा पनि कान्छी दिदी र भान्जा मिलेर बेचिसेकछन् ।
अहिले उनी घर न घाटको भएको बताउँछन् । बाबुआमाको शेखापछि जग्गा स्वत छोराको नाममा आउने भएपनि आफु नभएको मौका छोपेर जग्गाधनीको मृत्यु भइसकेको भन्दै सारा सम्पति दीदिले आफ्नो नाममा सारेर बेचेको भन्दै गैरै भन्छन्, न्यायका लागि जिल्ला अदालत तनहुँ,क्षेत्रीय अदालत पोखरा र सर्वोच्च सम्म धाए पनि न्याय नपाएपछि हैरान हुदै पत्रकार गुहार्नु परेको हो ।
२६ रोपनी जग्गामा २४ रोपनी जग्गा मरेको झुटा विवरण पेश गरेर आफन्तले नै बेचिसकेको ,न्याय दिने निकायले नै न्याय नदिएपछि उनले न्याय दिलाइदिन भन्दै मिडिया गुहारे । २०६९ मा जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता गराए र २०७१ मा जिल्ला अदालतले उनले ५० प्रतिशत सम्म सम्पत्ति पाउनुपर्ने भन्दै फैसला गरेपनि उनका लागि वकालत गर्ने वकिलबाटै आफु ठगिएको उनको गुनासो छ । उनको मुद्दा लडेका कमल मोहन वाग्ले (दमौली) र बालकृष्ण बराल (पोखरा) ले जालसाँझी गरेर फैसला उल्ट्याई त्यही आधा सम्पत्ति नपाउने गरी पुनरावेदन अदालतमा गई निर्णय उल्ट्याएको उनको आरोप छ ।
साभार न्युजसेवाडटकम
१० मङ्सिर २०७३
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers