ScotNepal: ११ बर्षे नेपाली चेली दियाले नेपालीको सान राख्दै युएईमा ९ सय भारतीयलाई पछि पारिन्
Loading...
११ बर्षे नेपाली चेली दियाले नेपालीको सान राख्दै युएईमा ९ सय भारतीयलाई पछि पारिन्

युएई, कात्तिक २५ – युएईको सारजाहमा अध्ययनरत नेपाली बालिका दिया कुँवर जिसिसी सुपर डान्सरको फाइनलमा पुगेकी छन् । भारतीय टेलिभिजन सोनी च्यानलले दुबईमा आयोजना गरेको जिसिसी सुपर डान्सर प्रतियोगिताको उत्कृष्ट १० मा ११ बर्षे दिया छानिएकी हुन् ।


खाडीका ६ देश कुवेत, साउदी, कतार, ओमान, बहराइन र युएईमा रहेका झन्डै ९ सय भारतीय बालबालीकालाई पछि पार्दै दिया फाइनल सम्म पुगेकी हुन् ।
प्रतियोगिताको ग्र्याण्ड फाइनल आउँदो १८ नोभेम्बरमा दुबईको ग्लोबल भिलेजमा जारी ग्लोबल प्रदर्शनी स्थलमा हुँनेछ । प्रतियोगीताबाट उत्कृष्ट जिसिसी डान्सरको उपाधीका लागि ९ नोभेम्बर बुधबारदेखि मोबाइल एसएमएस मार्फत भोटिङ खुला गरिएको आयोजकले जनाएको छ ।

एउटा मोबाइल नम्बरबाट दैनिक जती पटक सकिन्छ त्यती नै पटक भोट गर्न सकिन्छ । त्यसका लागि युएईमा रहेका नेपाली तथा अन्यले पनि भोट गर्न पाउने छन् । दियालाई भोट गरेर जिताउनका लागि मोबाइलको म्यासेज बक्समा गई लेखेर स्पेस दिई <१९> लेख्ने र ४३५९ मा पठाउनु पर्ने छ ।
दिया गत ओक्टोबर २१, २२, २८ र २९ मा भएका विभिन्न चरणका छनौट प्रतियोगितामा झन्डै ९ सय भारतीय प्रतियोगीलाई पछी पार्दै उत्कृष्ट १० मा परेकी हुन् ।
दियाले औपचारिक रुपमा कुनै तालिम नलिए पनि युटुब र टेलिभिजन हेरेरै अभ्यास गरिरहेकी छन् । उनलाई आमा पूजाले कोरियोग्राफीमा सहयोग गर्ने गरेकी छिन । उनी भक्तपुर दुवाकोट घरभई गएको ४ बर्ष यता युएईमा अध्ययनरत छिन । झन्डै ११ बर्ष यता दुबईमा कार्यरत बुवा दिपक र आमा पूजा कुवरसँगै बसेर डेल्टा इङ्लिस स्कुल सारजाहमा कक्षा ६ मा अध्ययनरत दिया युएईका विभिन्न कार्यक्रममा समेत नृत्य गर्दै आएकी छिन् ।
दिया परिवारकी एकमात्र छोरी हुन । उत्कृष्ट १० मा पुगेकी दियालाई बिजेता बनाउन अब उनको नाचले मात्रै होइन भोटको आवश्यकता पर्छ ।
बिरामी हुँदापनि नाचिन्
दिया २ कक्षा सम्म नेपालमै अध्ययन गरेर ४ बर्ष पहिले बुवा आमासँग युएई आएकी हुन् । कक्षा ६ मा अध्ययनरत उनी अहिले ११ बर्षकी भइन् । विद्यालयमा हुने अतिरिक्त प्रतियोगितामा उनी सधैं उत्कृष्ट हुन्छिन् । त्यसैले बिधालयका शिक्षक शिक्षिकाले पनि उनको रुचिलाई सहयोग गर्छन् ।
दुई महिना पहिले दिया अध्ययनरत विद्यालयमा सोनी टेलिभिजनले नाच्न रुची राख्ने विद्यार्थीकालागी प्रतियोगिता गर्न लागेको सूचना पठायो । विद्यालयले दियाको परिवारलाई खबर गर्‍यो । दियाका बुवा दिपक आफैं गएर फारम भर्नुभयो ।
पहिलो छनौट चरणको अघिल्लो दिन दियालाई ज्वरो आयो । तर दियाले प्रतियोगितामा पुर्‍याइदिन बुवा आमालाई अनुरोध गरिन् । छोरीको रुचीलाई सम्मान गर्दै दिपक र पूजाले दियालाई लिएर कार्यक्रम स्थल गए । छनौट चरणको अन्तिम दिन पुर्‍याउँदा पनि उनको पालो १ सय ६४ औ स्थानमा थियो । तर उनले प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश पाइन् ।
अहिले अल्कुजको मिडिया सेण्टरमा आयोजित १० उत्कृष्ट छनौटमा दिया पनि परीन । उनलाई जिताउन परिवारले युएईमा कार्यरत नेपालीलाई अनुरोध गरेको छ । उज्यालो अनलाइन बाट साभार
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers