ScotNepal: सेक्स बढी गर्न मन लाग्ने कुनै रोग हो कि ? यस्तो समस्याको उपचार के होला ?
Loading...
सेक्स बढी गर्न मन लाग्ने कुनै रोग हो कि ? यस्तो समस्याको उपचार के होला ?


-डा. रवि शाक्य

मेरो श्रीमान् मसँग समय मिल्दा दिनकै तीन÷चारचोटिसम्म सेक्स गर्नुहुन्छ । उहाँका अरू पनि सेक्स पार्टनर छन् । यसले गर्दा हाम्रो दाम्पत्य जीवनै टुट्लाजस्तो भइसक्यो । हामी डिभोर्स गर्ने अवस्थामा पुगिसकेका छौँ । जतिखेर पनि सेक्सका लागि तयार भइहाल्ने उहाँको बानी देखेर छक्क पर्छु । सेक्स बढी गर्न मन लाग्ने कुनै रोग हो कि ? मेरो श्रीमान्को यस्तो समस्याको कुनै उपचार होला ?- सी
तपाईंले प्रश्नमा उल्लेख गर्नुभएको विवरणका आधारमा तपाईंको श्रीमान्लाई ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (विचार र बाध्यताको दुश्चक्र)’ समस्या रहेको बुझ्न सकिन्छ । यस्तो समस्यामा मानसिक परामर्श दिनुपर्छ र बानीबेहोराको उपचार गर्नुपर्छ । तपाईंको श्रीमान्लाई सेक्सको लत लागेको बुझ्न सकिन्छ ।
यौन व्यवहार व्यक्तिको नियन्त्रणभन्दा बाहिर जानु नै सेक्स लत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै ध्वस्त हुन पुग्छ । सेक्सले लतको रूप लियो भने मानिस बलात्कारसम्म गर्न पनि पछि पर्दैन । यस्तो लत लागेका मानिसहरू प्रायः एक्लै बस्न रुचाउँछन् । यिनीहरूले प्रायः असुरक्षित यौन सम्पर्क गर्ने हँुदा कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार भएको पाइन्छ ।
सेक्सको लत सामान्यतया १६ देखि ४० वर्षसम्मका व्यक्तिलाई हुन सक्छ । यस्तो लत युवा अवस्थामा हस्तमैथुनबाट सुरु हुन्छ । कतिपय विवाहित पुरुषले विवाहपछि पनि यो लत छाड्न सक्दैनन् । यस्तो लत पुरुष र महिला दुवैमा हुन सक्छ । एक अध्ययनअनुसार सेक्सको लत लागेका ४० प्रतिशत महिलामा अनिच्छित गर्भधारण हुने गरेको पाइन्छ । सेक्सको लत लागेका करिब ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको पनि अध्ययनले देखाएको छ । यसमध्ये करिब ४० प्रतिशतको सम्बन्ध विच्छेद नै भएको पाइन्छ । यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिब ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ । लत लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लाग्ने गरेको पनि भेटिएको छ ।
कुनै पनि व्यक्तिको यौन स्वभाव र व्यवहारको दायरा कस्तो र कुन स्तरको हुनुपर्छ भनेर किटान गर्न कठिन हुन्छ । तर, दिमागमा जतिखेर पनि सेक्सकै मात्र कुरा आउने, कम तथा बढी उमेर भएकासँग सेक्स गर्न मन पराउने, भर्जिन तथा नयाँ पार्टनरमात्रै खोज्दै भौँतारिने काम कसैले गर्छ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या छ भन्ने बुझ्नुपर्छ ।
कुनै एक समय, परिस्थिति वा समाजमा सामान्य लाग्ने सेक्स व्यवहार अर्कोमा पूर्णतया असामान्य लाग्न सक्छ । कुनै एक व्यवहार अस्वाभाविक, अप्राकृतिक देखिएता पनि समग्र यौन व्यवहारको थोरै अंशमात्र भएमा वा यौन सन्तुष्टिको मुख्य माध्यम नभएमा असामान्य नहुन सक्छ । त्यसैले सेक्स एडिक्सनका बारेमा मेडिकल साइन्सले पहिलेदेखि नै परिभाषा गरे पनि यसको उपचार विधि र कुन स्तरको कुलत हो भनेर किटान गरेर मापन गर्न कठिन हुन्छ । जुनसुकै कुराको पनि अधिक चाहना गर्नु र त्यसका कारण व्यक्तिगत काममा अवरोध सिर्जना हुनुलाई लत वा कुलतको रूपमा बुझ्नुपर्छ ।
यौनले मानिसको दैनिकी, सामाजिक अवस्था, पेशागत परिस्थिति तथा सम्बन्धहरूमा असर गरिरहेको छैन भने त्यो समान्य अवस्था हो । तर, नियन्त्रणमा नै लिन सकिन्न, रोक्न खोज्छु भन्दा पनि सकिन्न र यस्तो कार्यमा संलग्न भइ नै रहिन्छ भने त्यो लत मात्र होइन, कुलत हो । सेक्सुअल एडिक्सन अलग्गै रोग होइन तर अरू समस्याले निम्त्याउने समस्या हो । यस्तो अवस्थामा मानिसको दिमागमा सेक्सकै मात्र धारणा आइरहने हुन्छ ।
महिलामा बोर्डर लाइन पर्सनालिटी भन्ने समस्या हुन्छ । यो भनेको आवेग र अस्थिर मुड हुने समस्या हो । यो अवस्थामा महिलामा पटकपटक यौनको चाहना हुने, धेरै सम्पर्क गर्नुपर्ने हुन्छ । यस्ता महिलाले आफूलाई सधँै एक्लोपन महसुस गर्ने गर्छन् । त्यही भएर उनीहरू आफ्नो एक्लोपन हटाउने उपयुक्त माध्यम भनेको नै यौन हो भन्ने सोच्ने हुन्छन् र सम्पर्कमा जाने गर्छन् । उनिहरू जो कोहीसँग पनि सेक्स गर्न सक्छन् । तर, जति धेरै सम्पर्क गरे पनि उनीहरूले सन्तुष्टि भने पाउन सक्दैनन् ।
पुरुषहरूमा पनि यस्तो खालको समस्या हुने गर्छ । पुरुषमा हुने यस्तो समस्यालाई एन्टी सोसियालिजम पर्सनालिटी अर्थात् असामाजिक व्यक्तित्वको समस्या भनिन्छ । यस्तो समस्यामा पुरुषलाई अरूले देख्छन्, पीडा हुन्छ, लाज लाग्छ भन्ने केही हुन्न । उनीहरूको दिमागमा सेक्स नै खेलिरहने र डर पनि नहुने भएकाले जो कोही पनि उनीहरूको शिकार हुन सक्छन् ।
नागरिक शुक्रबारबाट
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers