ScotNepal: धर्मलाई अफिम भन्नेहरु सुध्रेकै हुन ?
Loading...
धर्मलाई अफिम भन्नेहरु सुध्रेकै हुन ?

धर्मलाई अफिम भन्नेहरु सुध्रेकै हुन ?

आजको झटारो हिजो धर्म मान्दिनम भन्नेहरु माथी
-जनकमान डंगोल
अफिम भन्ने जिनिस्लाई हाम्रो देसको सर्खारले लागु ओखती भनेर न्वारान गर्देका छन । यो अफिम भन्ने जिनिसको स्वाद एकपटक मुन्छेको जिब्रोले भेटेसी बारी ३२ लक्षणकि आफ्नी आईमे (जोई) छोडन सक्छन तर अफिम छोडन सक्दैनन रे भनेर भन्ने गरिन्छ ।
उहिले हाम्रा बाजेका पालाका टाउके कम्निस्टहरु अफिमका पारखी हुन क्यारे त्यहि भएर अफिमलाई लगेर धर्म संग तुलना गर्दै ‘धर्म भनेको अफिम जस्तै’ हो त्यसैले लाल सेनाहरुले कुनै पनि धर्म नमान्नु भनेर उर्दी जारी गरेका हुन भने कम्निस्ट दार्शनिक देखि ज्ञाताहरुले भन्छन रे ।
हाम्रो नेपालमा पनि बर्षे च्याउ सरि कम्निस्ट पार्टीहरु उम्रेका छन । उहिले राणाको पालामा कम्निस्ट पार्टी स्वदेसा खोल्ने हुत्ति नभर फिरिंगी भन्ने अंग्रेजको ईण्डिया भारतको हिन्दुस्थानमा गएर २००६ सालमा खोलेका हुन । बाजेको पालामा खोलेको कम्युनिस्ट पार्टी नातिको पालामा आईपुग्दा चार बिस पुग्न लागि सकेको छ ।
कम्निस्ट पार्टी मात्र नभयर सप्पै राजनीतिक पार्टीलाई सत्र साल पुष १ गते फापेन । राणा शाही मुर्दाबात भनेर नारा लामने कांग्रेस तथा कम्निस्टका केहि ब्यक्तिहरु राजा संग मिलेर सम्पूर्ण ब्यबस्थालाई प्रतिबन्ध लाई दिए । देसको लागी ठिक भाको निरकुंश पन्चेत पार्टीका नेताहरुको लागी भने अफाप नै अफाप भो ।
देसमा टिक्न नसकेर बिदेस त्यो पनि १ हात परको भारतमा गएर कांग्रेसी देखि कम्निस्ट ठुला नेताहरु पलायन भए जसलाई कम्निस्ट भाषामा भूमिगत भन्दो रैछ । भूमिगत नभएर पनि क्यार्ने ? पन्चेती पुलिसले देख्यो कि बरा बिचराहरुलाई अरास्ट्रीय तत्वको बिल्ला भिराएर मास्तिर जेर्म्राजका हाजिरी लाउन पठाई दि हाल्थे ।
हिजो भूमिगत भाको बेलामा क्याट वाक अर्थात बिराले चालामा हिड्ने नेपालका लाल सेनाका जर्नेलहरुले आफ्ना प्यादाहरुलाई हेर जनताको मुक्तिको लागि लडेका लाल सिपाही हो धर्म भनेको अफिम जस्तै हुन्छ त्यसैले भुलेर्ट पनि धर्मको पछी नलाग्नु भनेर उर्दी जारि गर्दै हिनेका थिए । २०४६ साल पछी चारसाले चारतारे नेता जसलाई पछी चाटुकारका जमातेले ‘लौह पुरुष’ अर्थात आईरन म्यान गणेश मान भनेर न्वारनेक बुढाले ‘नेपालको जनताहरु भेरा (भेडा|) हो भने भने । ठिक भनेका रैछन बुढा तर ति अबसरबादी बुढाले सात सालमै यस्तो दिब्य बाणी बोलेका भए नेपाला सत्र साले पन्चेतनै ल्याम्नु पार्थें । अहिले सम्म नेपालमा सुनको पिजडामा थुनेको १ थान श्री ५, १ थान श्री ३ र चार दिशाका ४ जर्नेलहरुले देश हाँकी रहेका हुन्थे ।
नेपाल रुढिबादी देस हो भन्ने कुरा नेपालका नेताहरुलाई राम्रो संग थाहा छ । चार साले कांग्रेस हुन या ६ साले कम्निस्ट सबै पार्टीमा बाहुन बाजेहरुको हाली मुहाली चलेको छ । श्री ३ को सर्खार ढाल्न ईन्कलाबको नारा घन्काउन सक्नु पर्छ । त्यो घन्काउन एक्लैले हुन्न । गामगाम्मा गएर संगठन बनाउन चानचुने कुरो पनि हैन त्यसैले लाल फित्तेका नाईकेहरुले धर्म भनेको अफिम भनेर भने । भन्न त भने तर किन भने ?
अहिले पनि नेपालमा दलित देखि जनजाति भनेसी उपल्लो जातिहरुले घृणा गरेर हेर्ने, छोईछितो गर्ने गर्छन । नेपालमा धेरै संख्यामा पनि जनजाति बस्छन भने दलित जोडेसी संख्या धेरै नहुने कुरै भएन ।
दलितको हातबाट बाहुन नेतोहरुले पानि मात्र खाई दिए पछी जनजातिहरुले समेत आश्चर्य मानेर जिब्रो नटोक्ने कुरै भएन । दलित देखि जनजातिको बस्तीमा पसेर चिल्ला कुरा गर्दै तिनीहरुको हातबाट राशन पानि सित्तैमा हसुर्दै सोझासिधा लाटा नेपाली जनताहरुलाई क्रान्तिकारी बनाएर ईन्क्लाबी नारा घन्काउन लाउन समेत सफल भए । धर्मलाई अफिम नभनेका भए नेपालमा कुनै पनि क्रान्ति सफल हुन्नथ्यो ।
हिजो अफिम भनेर उचाल्नेहरू सत्तामा नपुगुन्जेल रास्ट्रिय पोशाक देखि धर्मको बिरोधि बने र अझै पनि केहिले गर्दैछन । मन्दिरै मन्दिरको देस भनेर बिश्वले चिनेको देसको सर्खारमा पुग्ना साथ अफिम भन्नेहरु एक नम्बरका धर्मभिरु बनेर देखाई दिए । चाहेर पनि धर्मको बिरोध गर्न सक्दैनन ।
अफिमेहरु रास्ट्रिय पोशाकमा सजिएर दशैको टिका थाप्ने देखि राजाका पाउमा दाम पनि चढाएको देखिएकै थियो । दशैँ सक्किनासाथ् आउने त्यारमा उहिलेका क्रान्तिकारी गीत गाउन छाडेर हिजाज लोक तथा काँठे भाकाका गीतमा कम्बर हल्लाएर नाचेको बग्रेल्ती देख्न पाईन्छ ।
के नेपालका लालेहरु संच्चिक्कै आमुल परिवर्तन भएका हुन ? यदि हुन भने हिजो पन्चेती शासनमा धर्मलाई किन अफिमसंग दाँजेर घृणा गरे ? त्यहि घृणा गरेको हिजोको धर्म अहिले कसरि पुज्य भयो ?
भैली भन्ने गीत किराती राजा बलिहांगको आदेशमा गाईएको गीत हो भन्ने जनश्रुति छ । अहिले नेपालमा राजा छैनन भने ‘हामि त्यसै आयेनम बलि राजाले पठाको’ भनेर किन भन्छन ? देउसीरे भन्न छाडेर धर्म भनेको अफिम रे भनेर भन्नु पर्ने हो कि हैन ?
त्यसैले आदरणीय पाठकहरु नेपालको राजनीतिक पार्टीका नेताहरु भनेको छेपारे चरित्रका हुन । यिनीहरु मौका नपरुन्जेल चरो मौका पर्नासाथ नकच्चरो बनेर देखाउन पछी पर्दैनन । यिनीहरुले लाउने गरेको रास्ट्रिय पोशाक देखि निधारको रातो, सप्तरंगी टिकाले यिनीहरुलाई नकचरो बनाई दिएको छ भने यस्ता नकच्चरोहरुको बिस्वास के कसरि गर्न सकिन्छ ? लु आफै छातीमा हात राखेर एक पटक सोचुमत !
ई-कोशी डटकम
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers