ScotNepal: राजधानीका ३ जिल्लामा अबदेखि लोडसेडिंग नहुने भो
Loading...
राजधानीका ३ जिल्लामा अबदेखि लोडसेडिंग नहुने भो

बिजुली माफियाको लागी खतराको घन्टी बज्दैछ
काठमाडौँ, कात्तिक २१ गते । नेपाल सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु काठमान्डौ, भक्तपुर र ललितपुर लागी मात्र लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने तयारी गरिरहेको छ । देशकै राजधानी अनि प्रमुख सहर भएकाले उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र घोषणा गर्ने तयारी भइरहेको सरकारी अधिकारीले बताएका छन् ।
ऊर्जा मन्त्रालयले लोडसेडिङ कमगर्न मन्त्रालयस्तरमा विशेष कार्ययोजना निर्माण गरी नेपाल विद्युत् प्राधिकरणलगायत अन्य सरोकारवाला निकायलाई सोहीअनुसार काम गर्न स्पष्ट निर्देशन दिएपछि प्राधिकरणले यस्तो तयारी गरेको हो ।
नेपाल बिधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार गोरखापत्रसँग कुराकानी गर्दै भन्नुभयो, ‘‘हामीले उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र बनाउने तयारी गरिरहेका छौँ, त्यसका लागि प्राधिकरणले एउटा अध्ययन समिति निर्माण गरेको छ, समितिले विभिन्न विकल्पमा अध्ययन गरिरहेको छ, अध्ययन प्रतिवेदनमा दिएको उपयुक्त विकल्पको तत्काल कार्यान्वायन गरिनेछ । ’’
हाल उपत्यकामा रातिको पिक आवरमा ३०० मेगाबाट बिजुलीको माग छ भने आपूर्ति झन्डै २०० मेगावाट । साँझको दुई घन्टाको पिक आवरका लागि प्राधिकरणले १०० मेगावाटको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘राजधानी सहरमा उज्यालो बनाउन साँझको दुई घन्टाका लागि १०० मेगावाटको व्यवस्थापन गर्न प्राधिकरण सक्षम छ, यसका लागि सबै किसिमका कोसिस भइरहेका छन् । ’’ भनेर गोरखापत्र अनलाईनको आजको अंकमा प्रकाशित गरिएको छ ।
नेपाल सरकारको यो निर्णयले राजधानीबासीहरु अत्यन्त हर्षित भएता पनि ईन्भटर देखि ब्याट्री तथा सोलार माफियाहरुको लागी भने यस्ता निर्णय कालरात्रि साबित हुने पक्का छ । सरकारको यस्ता लोकप्रिय निर्णयलाई ईन्भटर, ब्याट्री तथा सोलार माफियाहरुले पैसाको बलमा निर्णय बदल्न बेर लाउछ कि लाउदैनन त्यो हेर्न भने बाँकी नै रहेको छ ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers