ScotNepal: प्रचण्डको पनि १ अर्ब भारु डुब्यो
Loading...
प्रचण्डको पनि १ अर्ब भारु डुब्यो

मंसिर,१ काठमान्डौ:भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार तथा कालो धन सङ्ग्रह गर्ने कार्यलाई निरुत्साहित गर्न भारतीय पाँच सय र हजारका नोट खारेज गर्ने निर्णय लिनुभएपछि नेपालका प्रधानमन्त्री प्रचण्डलगायत माओवादीका खासखास नेताहरू गहिरो शोकमा परेका छन् । गत मंगलबार (कात्तिक २३ गते) प्रधानमन्त्री मोदीले भा.रु. पाँच सय र हजारका नोट सोही दिनदेखि नचल्ने निर्णय गरेका थिए । यसरी अचानक ठूला नोटहरू नचल्ने घोषणा हुँदा त्यसको गम्भीर असर नेपाली व्यापारी र भारतमा श्रम गर्ने नेपालीलाई पनि परेको छ । तर, प्रधानमन्त्री प्रचण्डमा छटपटी बढ्नुको कारण नेपालीलाई समेत असर परेकोले भने होइन । प्रचण्डले भारतस्थित आफ्ना विश्वासप्राप्तहरूको जिम्मामा एक अर्ब भारुभन्दा बढी नगद लुकाएको र उक्त रकम कागजको खोस्टोमा रूपान्तरित भएकोले उनी ज्यादा छटपटिएका हुन् । ठूला भारतीय रुपैयाँ खारेजीको सूचना पाएलगत्तै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरी ‘नगद बचाउने’ प्रयास गरेका थिए । तर, करिब एक सातासम्म निरन्तर प्रयास गरेपछि प्रचण्डले सोमबार (२९ कात्तिक) मात्र मोदीसँग टेलिफोन संवाद गर्ने मौका पाए ।
भारतीय राजदूतदेखि भारतमा रहेका कतिपय मित्र र नेपालमा रहेका भारतनिकटका सूत्रहरूसँग पनि प्रचण्डले मोदीसँग एकपटक संवाद गराइदिन अनुनयविनय गरेका थिए । उनले गरेको बिलौना सुनेर भारतीय राजदूतावासले सोमबार मोदीसँग संवादको व्यवस्था त मिलाइदियो, भारतमा भएको आफ्नो नगद (एक अर्ब भारुभन्दा बढी) साट्ने व्यवस्थाका लागि मोदीलाई भन्न भने प्रचण्डले सकेनन् । प्रचण्डले नेपालीहरूसँग भएको भारु साट्ने व्यवस्था गरिदिनका लागि मोदीसँग विशेष आग्रह गरेका छन् र मोदीले कुनै उपाय छ भने हेरौँला भनी आश्वासन पनि दिएका छन् । तर, भारतको केन्द्रीय रिजर्भ बैंक नेपाल र भारतमा रहेको ठूलो परिणामका भारु सटही गर्नेबारेमा निकै कठोर देखिएको छ । जाली भारतीय नोटको कारोबारमा पाकिस्तानीहरूलाई कतिपय नेपालीले समेत सघाउने ठहर गर्दै आएको भारत नेपालीहरूसँग भएको भारु सटही गर्ने पक्षमा देखिएको छैन । विगतमा नेपालमा पाँच सय र हजारका भारतीय नोट प्रतिबन्धित भएकोले प्रचण्डले माओवादीको नाममा सङ्ग्रह हुन पुगेको एक अर्बभन्दा बढी भारु नयाँदिल्ली र आसपासमा रहेका आफ्ना विश्वासप्राप्त हितैषीहरूको जिम्मा लगाएको ठहर भारतीय अधिकारीहरूले गरेका छन् । नगद सटही नगरे पनि भारतमा कहाँ कोसँग प्रचण्डको नगद रहेको छ भन्नेबारेमा भारतका सम्बन्धित निकायहरूले अनुसन्धान गरिरहेको र यसक्रममा रोचक तथ्यहरू फेला पर्न थालेको बुझिएको छ । भारतमा राखिएको रकम माओवादीको भनिए पनि यस विषयलाई लिएर सबैभन्दा बढी छटपटाहट प्रचण्ड र कृष्णबहादुर महरामा मात्र देखिएको छ ।
भारतीय अर्थतन्त्रको इतिहासमा सर्वाधिक ‘बोल्ड’ मानिएको (भारु पाँच सय र हजारका नोट खारेज गर्ने) निर्णय लिने तयारी विगत दुई महिनाअघिदेखि हुँदै आएको थियो । ठूला नोट खारेज गर्ने निर्णय लिन प्रधानमन्त्री नरेन्द्र मोदी, अरुण जेट्ली, अजित डोभल, सेनापति र केन्द्रीय रिजर्भ बैंकका गभर्नर अर्जित पटेलले दुई महिनादेखि गृहकार्य गर्दै आएका भए पनि यससम्बन्धी सूचना कतैबाट पनि नचुहिनुले भारतीय उच्च अधिकारीहरूको इमानदारी र विश्वसनीयतासमेत यस घटनाले पुष्टि गरेको छ । ज्ञातव्य छ, प्रधानमन्त्री मोदीले क्याबिनेटको बैठकमा मन्त्रीहरूले समेत मोबाइल लिएर जान नपाइने नियम बसाएका छन् ।
घटना र बिचार अनलाईनबाट साभार
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers