ScotNepal: भारतीय राष्ट्रपति को रहस्यमय भ्रमण ?
Loading...
भारतीय राष्ट्रपति को रहस्यमय भ्रमण ?



भारतीय राष्ट्रपति प्रणव मुखर्जी को तिन दिने नेपाल भ्रमण सम्पन्न भएको छ | नेपाल का सत्तासिन नेता हरु ले भारतीय राष्ट्रपतिको भ्रमण सम्पन्न भएको मा सन्तोष को सांस फेरेका होलान | भारतीय राष्ट्रपति को भ्रमण प्रति नेपाली जनता मा त् न कुनै हर्ष थियो न उमंग | भारतीय राष्ट्रपति को भ्रमण मा नेपाल सरकार ले सुरक्षा व्यवस्था को नाम मा लगाएको अघोसित कर्फ्यु ले गर्दा नेपाली जनता भारत ले लगाएको नाकाबन्दी स्मरण गर्दै त्रसित हुन् पुगे | राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण राजनीति का साथ धार्मिक भ्रमण जस्तो पनि देखियो तर विचारनीय प्रश्न के छ भने वहाँ ले पशुपतिनाथ ,जानकी मन्दिर मा पूजा दर्शन गर्न लाई प्राथमिकता दिए तर बौद्धनाथ ,स्वयम्भुनाथ ,लुम्बिनी लाई किन प्राथमिकता मा राखेनन् ? भारतीय राष्ट्रपति ले भ्रमण को क्रम मा मोदी सरकार को जस्तै संबिधान को विषय मा गम्भीर चासो व्यक्त गरे | छिमेकी मित्र राष्ट्र भारत ले नेपाल को विषय मा चिन्तन गर्नु बिल्कुलै नराम्रो होइन तर जहाँ "अति" त्यहाँ "खति" अर्थात् भारत ले नेपाल को अन्तरिक मामिला मा अति चासो खति को संकेत हो भनि बुझ्न जरुरि छ | यदि नेपाल का राष्ट्रपति ले भारत भ्रमण को क्रम मा गोर्खालैंड राज्य निर्माणको सम्बन्ध मा जानकारी लिन खोजिए भारत सरकार को के प्रतिक्रिया हुने थियो ? पाकिस्तान को राष्ट्रपतिले भारत भ्रमण को क्रम मा कश्मिर का आन्दोलन करी संग भेटघाट तथा भारत सरकार संग कश्मिर विषय म कुरा उठाएको भए भारत को के प्रतिक्रिया हुने थियो ? गत वर्ष पाकिस्तान को स्वतन्त्रता दिवस मा पाकिस्तानी दुतावास ले कश्मिरी आन्दोलनकारी हरु लाई निम्तो दिएको मा भारत रुस्ट भएको थियो ,कश्मिरी आन्दोलकारी नेता हरु लाई पाकिस्तानी दुतावास मा आउन नै दिईएन | कटु सत्य के हो भने भारत ले नेपाल लाई स्वतन्त्र र सार्वभौम राष्ट्र को रुप मा अहिले सम्म स्वीकार न गरेको स्पस्ट रुप मा देखिन्छ |

भारतीय राष्ट्रपति को भ्रमण संगै अन्य भ्रमण पनि कम रहस्यमय छैन जस्तो कुनै न कुनै बहाना मा परराष्ट्रमन्त्री प्रकाश शरण महत को निरन्तर रुप मा भारत भ्रमण ,गृह मन्त्रि बिमलेन्द्र निधि को निरन्तर रुप मा भारत भ्रमण त्यसतै गरि नेपाली काँग्रेस का अध्यक्ष शेर बहादुर देउवा को भारत भ्रमण गरेको देख्दा नेपाल एक राष्ट्र न भई नेपाल भारत को एक प्रान्त मा परिणत भएको प्रतित हुन्छ | नेपाल मा समस्या को थाती छ संबिधान कार्यानवयन मा अवरोध कायम छ , तिन तिन वटा चुनाव गर्नु पर्ने छ तर त्यस्ता महत्वपूर्ण काम प्रति बेवास्ता गर्दै जहिले पनि जस्तो सुकै कार्यक्रम मा भारत ले बोलाए को बेला नेता हरु दौडी हाल्ने कारण बुझ्न सकिएन ? याद राख्ने पर्ने कुरा के हो भने यस्तो प्रकार को बाक्लो रुप मा भारत को बोलाहट र नेता हरु दिल्ली दौडाहा गर्ने कार्य नेपाल को लागि सुखद संकेत होइन |

भारतीय राष्ट्रपति संग भेट गर्न लाम लगाएर नेता हरु को अनिवार्य उपस्थिति र राष्ट्रपति प्रणव मुखर्जी ले सबै संग छुट्टा छुटै भेटघाट तथा जानकारी लिएको देख्दा नेपाली जनता ले अपमानित महसूस गरेका छन् | राष्ट्रपति प्रणव मुखर्जी को नेपाल भ्रमण लाई सफल बनाउन नेपाल राष्ट्र भनेको नेपाली नेता मात्रै हुन् जस्तै गरि प्रचण्ड सरकार ले नेपाली जनता लाइ बहिस्कार गरेको बन्धक बनाएको र हेप्ने कार्य गरेको छ | नेपाल भारत सम्बन्ध मा आएको चिसोपन लाइ मथ्थर पार्न भारतीय राष्ट्रपति को भ्रमण बिल्कुलै होइन, उपलब्धिविहीन प्रचण्ड को भारत भ्रमण नेपाल लाई चक्रब्युह मा फसाउन प्रायोजित थियो त्यस्तै प्रकार ले भारतीय राष्ट्रपति को भ्रमण कुनै न कुनै उद्देस्य का लागि बनाइएको प्रायोजि भ्रमण मात्र हो , नेपाली जनता भारतीय राष्ट्रपति प्रणव मुखर्जी को रहस्यमय भ्रमन प्रति ससंकित छन् |

भारत जस्तो शक्तिशाली विशाल राष्ट्र को राष्ट्रपति नेपाल भ्रमणको विषय मा लगभग प्रायः जसो भारतीय संचार माध्यम मौन देखिनु ले पनि भारतीय राष्ट्रपति को नेपाल भ्रमण रहस्यमय बनेको छ | सानो विषय लाई ठुलो बनाएर प्रस्तूत गर्न महारत हासिल भएको भारतीय भारतीय संचार माध्यम ले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण को समाचार लाई प्राथमिकता किन दिएनन् ? जबकी भारतीय राष्ट्रपति को नेपाल बाहेक का देश मा भ्रमण गर्दा भारतीय संचार माध्यम द्वारा जोर शोर ले प्रसारित गर्ने गरिन्छ | नेपाल मा भारत द्वारा अघोसित नाकाबन्दी लगाउदा नेपाल का "मधेश जल रहा है" शिर्सक का साथ मधेशवादी ले गरेको आन्दोलन लाई ठुलो बनाएर प्रस्तूत गर्ने त्यस्तै गरि नेपाल चीन बीच भएको सन्धि ले गर्दा भारत घेरिएको भारत को सुरक्षा खतरा मा परेको भनि ठुलो बनाएर प्रस्तूत गर्ने भारतीय संचार माध्यम भारतीय राष्ट्रपति प्रणव मुखर्जी को भ्रमण प्रति मौनता ले पनि भ्रमण रहस्यमय बनेको छ | नेपाल माथि अमानवीय तरिका ले अघोसित नाकाबन्दी गरेको भुल को पश्चाताप गर्न भारत नेपाल बीच सम्बन्ध मा चिसोपन लाई मथ्थर पार्न सुमधुर बनाउन राष्ट्रपति प्रणव मुखर्जी को भ्रमण भएको हो भनौ भने त्यो पनि देखिएन बरु नेपाल को सम्बिधानमा भारतले चाहेको जस्तो संसोधन होस् भनि सरल तथा मिठो भाषामा संकेत दिएको जस्तो प्रतित भयो | भारत र चीन नेपाल का छिमेकी मित्र राष्ट्र हुन् नेपाल को लागि दुवै मित्र राष्ट्र समान हुन् नेपाल का नेता हरु द्वारा चीन तर्फ ढल्केर भारत गुमाउनु हुदैन भने त्यस्तै गरि भारत तर्फ ढल्केर चीन गुमाउनु हुदैन भन्ने विषय मा गम्भीर हुन् अत्यन्त जरुरि छ |

अमरदीप मोक्तान ,डाडा खर्क ,दोलखा
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers