ScotNepal: मुख मैथुनका सकारात्मक र नकारात्मक पक्ष के–के छन् ?
Loading...
मुख मैथुनका सकारात्मक र नकारात्मक पक्ष के–के छन् ?


करुणा कुवँर , मनोविद

विवाह भएको ६ वर्षपछि मात्र मुख–मैथुनका बारेमा थाहा भयो । यस विषयमा मैले श्रीमतीसँग खुलेर कुराकानी गरेपछि हामीले त्यसको प्रयोग पनि गर्‍यौं । मेरी श्रीमती पनि यो विधिमा रमाएकी छिन् तर उनी सकेसम्म यस्तो विधि अपनाउन नहुने बताउँछिन् । फलस्वरूप हामीबीच यौनसम्र्पक नै पनि कम हुन थालेको छ । यो विधिका सकारात्मक तथा नकारात्मक पक्षहरु के–के छन् ?
तपाईंको समस्यामा जानुभन्दा अघि मुख–मैथुनका बारेमा केही जानकारी गराऔं । मानव जीवनमा यौनको ठूलो महत्व छ । यौनका लागि युवा नै हुन जरुरी छैन । बूढाबूढीहरू पनि यसबाट पर्याप्त आनन्दित हुन्छन् । यौनबाट आनन्द लिने विभिन्न विधि छन् र त्यसमा मुख–मैथुनलाई पनि मानिसले एउटा महत्वपूर्ण विधिका रूपमा प्रयोग गर्दै आएका छन् ।
मान्छेले मात्र होइन, पशुले पनि यो विधि प्रयोगमा ल्याई चरम आनन्द लिएको अध्ययनहरूले देखाएका छन् । मुख–मैथुन पश्चिमा देशहरूमा बढी प्रचलित छ । कतिपय देशमा यसलाई गैरकानुनी मानिन्छ । करिब मध्ययुगदेखि नै यसको सुरुवात भएको मानिए पनि बीसौं शताब्दीतिर पोर्नोग्राफीको विकासका कारण यसले छिट्टै व्यापकता पाएको छ ।
अध्ययनहरूले देखाएअनुसार, बूढापाका पुरुषले महिलाको तुलनामा बढी मुख–मैथुन गर्ने गरेका छन् । २० देखि २४ वर्ष उमेर समूहमा ५५ प्रतिशत पुरुषले महिलालाई मुख–मैथुन गरेका छन् भने ३० देखि ३९ वर्षका उमेर समूहमा ६९ प्रतिशत पुरुषले महिलालाई मुख–मैथुन गरेका छन् । अध्ययनहरूले भनेका छन्— मुख–मैथुनले महिलाहरूलाई डिप्रेसनबाट जोगाउन मद्दत गर्छ । यसले दुवैजना बीचको सामिप्यता र माया अझ प्रगाढ हुन्छ ।
यो विधिमा मुखको स्वास्थ्यको अत्यन्तै ख्याल गर्नुपर्ने हुन्छ भने यौनांगको सरसफाइको ख्याल पनि अन्य विधिमा जत्तिकै महत्वपूर्ण पक्ष हुन्छ । त्यसैले यौनका लागि स्वस्थ र तन्दुरुस्त शरीर जति जरुरी छ, शारीरिक स्वास्थ्य पनि त्यत्तिकै अपरिहार्य छ, विशेष गरी मुख र यौनांगको सरसफाइ ।
अब तपाईको प्रश्नतर्फ आउँ । यौन सन्तुष्टि लिन एकतर्फी प्रयास वा एकतर्फी इच्छा तथा चाहना मात्रले हुँदैन । यसका लागि रमाइलोसँग दुवै जनाले समानस्तरको आनन्द महसुस गर्न सक्नुपर्छ । दुवै समानस्तरको फोरप्लेमा सहभागी हुनुपर्छ । माया, स्नेह, स्याहार चाकर, फोरप्लेजस्ता गतिविधिमा पूरै नडुब्दासम्म जुनसुकै बिधिबाट पनि यौनमा चाहेअनुसारको भरपूर आनन्द लिन सम्भव छैन । त्यसैले पहिलो र महत्वपूर्ण पक्ष भनेको तपार्इंहरू दुवै जना एक–अर्कामा लीन हुनैपर्छ । दुवै जना एक–अर्काप्रति समर्पित हुनैपर्छ । एकजनाले मात्र आनन्द लिए त्यो स्वार्थीपन हुन्छ । स्वार्थीपन यौन आनन्दको शत्रु हो । तपाईंको प्रश्न वाट तपाईंहरू दुईबीच यो विषयलाई लिएर हाल कुरा नभएको हो कि जस्तो देखिन्छ । हुन सक्छ श्रीमतीको इच्छाका सम्बन्धमा खुलेर कुरा नगरेकाले तपाईंकी श्रीमतीलाई केही असजिलो महसुस भएको हुनसक्छ ।
यो पक्षमा थोरैमात्र ध्यान दिए पनि तपाईंको समस्या ठूलो नबन्न सक्छ । यो विधिलाई श्रीमतीले इन्कार गरेकोमा भने आश्चर्य मान्नुपर्छ र कारण पत्ता लगाउन जरुरी छ । यसमा श्रीमान् र श्रीमतीबीचको कुराकानी, आफ्ना चाहना अभिव्यक्त गर्ने तौरतरिका, आफूलाई लागेको रमाइलो पक्ष आदिका बारेमा खुला दिलले श्रीमतीसँग कुरा गरे यो समस्या त्यति ठूलो हो जस्तो लाग्दैन । साप्ताहिकबाट साभार ।
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers