ScotNepal: मुख वाग्मती अभियन्ता लिलामणि पौड्यालको अभिनन्दन
Loading...
मुख वाग्मती अभियन्ता लिलामणि पौड्यालको अभिनन्दन


वाग्मती सफाई अभियानका प्रमुख अभियन्ता लिलामणि पौडेलको आज एक समारोहबीच पुडासैनी मैत्री समाजले अभिनन्दन गरेको छ । वाग्मती सफाईका लागि उहाँले लिनु भएको नेतृत्व र स्वाभिमानको अभियानमा उहाँले लिनु भएको अग्रणी भूमिकाका लागि पुडासैनी मैत्री समाजले २०७३ कार्तिक २० गते आयाजित एक भब्य समारोहबीच उहाँलाई अभिनन्दन गरेको हो ।
शहरी बिकास मन्त्री अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यतामा भएको अभिनन्दन समारोहमा मन्त्री केसीले वाग्मती सफाई अभियानमा लिलामणी पौडेलले निर्वाह गर्नुभएको योगदान बिशिष्ट प्रकारको रहेको र पुडासैनी मैत्री समाजले वाग्मती सफाई अभियानमा दर्शाएको सकृयता अतुलनीय रहेको चर्चा गर्नुहुँदै आफुले जनभावनाको कदरगर्दै वाग्मती सभ्यताको रक्षाका लागि योगदान गर्ने बताउनु भएको थियो । कार्यक्रममा अभिनन्दित ब्यक्तित्व लिलामणी पौडेलले आफु जहाँ रहेपनि वाग्मती नदीकै समिपमा रहने र स्वाभिमानकै पक्षमा आफ्नो सक्रियता जारी रहने बताउनु भयो । पुडासैनी मैत्री समाजले वाग्मती सफाई अभियानमा रोलमोडलको भूमिका निर्वाह गरेको बताउनु हुँदै उहाँले स्वाभिमान अभियानमा पुडासैनी मैत्री समाज खरो रुपमा उत्रिएको आफ्नो अनुभव समेत ब्यक्त गर्नुभएको थियो । सो अवसरमा सांसद दिपकप्रसाद कुईंकेलले वाग्मती सफाई अभियानमा पुडासैनी मैत्री समाजले इतिहास निर्माण गरेको चर्चा गर्नुहुँदै इमान र लगनको अभियानको रुपमा वाग्मती सफाई अभियान स्थापित भएको बताउनु भयो । कार्यक्रममा सांसद रामेश्वर फुँयालले वाग्मती अभियान स्वाभिमान र नैतिकवानहरुको साझा अभियानका रुपमा स्थापित भएको चर्चा गर्नुहुँदै परिवर्तन सम्भव छ भन्ने सत्यतालाई यस अभियानले स्थापित गरिदिएको बताउनु भयो ।
मैत्री समाजका संस्थापक सल्लाहकार तथा पूर्व प्रशासक सुरेशकुमार पुडासैनीले लिलामणि पौडेलका बारेमा चर्चा गर्नुभएको थियो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत बिकास समितिका अध्यक्ष किशोर शाक्यले अबको एकबर्षमा वाग्मतीको स्वरुपमा ठुलो परिवर्तन आईसक्ने बताउनु हुँदै आजको वाग्मतीको पानीको स्तरले पुडासैनी मैत्री समाजले वाग्मती सफाई अभियानमा पुर्याएको योगदानलाई प्रतिबिम्बित गरेको बताउनु भएको थियो ।
सो अवसरमा वाग्मती अभियन्ता डा. राजु अधिकारीले वाग्मती अभियानको फलस्वरुप वाग्मती नदीमा सुगन्ध मौलाउन थालेको चर्चा गर्नुभएको थियो । पुडासैनी मैत्री समाजका लागि गोबिन्द प्रसाद पुडासैनीले सभापतित्व गर्नुभएको उक्त कार्यक्रममा ९८ बर्षिया पिताम्बर पुडासैनीले समेत सह प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो । पुडासैनी मैत्री समाजको नेतृत्वमा वाग्मती सफाई अभियानको १४३ औं हप्ताको कार्यक्रम संचालन पश्चात भएको अभिनन्दन समारोहमा संस्थाका उपसभापति दिपक पुडासैनीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने महासचिव हरिभक्त पुडासैनीले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमका सहभागिहरुलाई वाग्मती किनारमै उमारिएका तुलसी तथा यसपत्री फुलका मालाहरुले स्वागत गरिएको थियो भने सहभागिहरुलाई तुलसीको चियाबाट स्वागत गरिएको थियो ।
भवदीय
उत्तम पुडासैनी
अध्यक्ष
पुडासैनी मैत्री समाज
९८०११२३७७९

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers