ScotNepal: भारतीय राष्ट्रपतिले नेपाली भूमिबाट नै यस्तो दबाब दिए पछि – (भिडियो)
Loading...
भारतीय राष्ट्रपतिले नेपाली भूमिबाट नै यस्तो दबाब दिए पछि – (भिडियो)


दीपक बोहरा
भारतको नेपालप्रति भन्दा पनि नेपालको संविधानप्रति चासो अझै उत्तिकै चुलिदो छ । संविधान संशोधन गरेर सबैलाई समेट्न उस्को आदेशात्मक आग्रह यसपटक काठमाडौंमा झनै टड्कारोरुपमा प्रष्टियो । विशेषत तराई मधेसप्रति माया देखाएको भारतले संविधानमा मधेस केन्द्रित दलको मागलाई समेट्न निरन्तर दबाब दिदै आएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमणको दौरानमा संविधान जारी गरेकोमा नेपाल र नेपालीलाई बधाई दिएपनि संविधानको स्वागत भने गरेनन् । यस्को अर्थ नाकावन्दी लगाएर नेपालको संविधानप्रति असन्तुष्टि जाहेर गरेको भारतले आफ्नो असन्तुष्टि अझै कायम राखेको प्रष्ट भएको छ ।

संविधान सभा मार्फत संविधान जारी गरेर नेपालले आफ्नो ७ दशकको सपना पूरा गरेको छ । संविधानसभाबाट संविधान जारी गरेको उपलब्धिको बिश्वले स्वागत गरेपनि नेपालको विशेष सम्बन्ध रहेको भनिएको भारतले अझै पनि नेपालको संविधानप्रति असन्तुष्टि राखेको छ । एउटा छिमेकीले आफ्नो मुद्धा स्थापित गराउन पटक पटक दवाव दिनुलाई कुनै किसिमले पनि सकारात्मक मान्न सकिदैन । संविधान जारी भएको एक बर्ष बढि समय वितेपनि संविधानले सवैलाई समेट्नु पर्छ भन्न उस्ले छाडेको छैन । नेपालले संविधान सभाबाट संविधान जारी गरेसंगै असन्तुष्ट बनेको भारत अझै पनि संविधान संशोधनको दबाब दिईरहेको छ । भारतीय राष्ट्रपति मुखर्जीले आफ्नो नेपाल भ्रमणका क्रममा बिभिन्न राजनीतिक दलका नेताहरुलाई भेटी संविधान संशोधनमा चासो देखाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी संविधान संशोधन गर्न सुझाव दिए भने मधेश केन्द्रित दलहरुलाई संविधान संशोधन हुने समेत भन्न भ्याए । संविधानमा अनावश्यक चासो राख्दै आएको भातरले आफ्ना माग लाद्न नेपालमा अमानवीय नाकावन्दी गरेको नेपालीले बिर्सेका छैन्न र विर्सने पनि छैनन् । भारतको यो दबाबले कस्को हित गर्ला , यो उसैले जानेको होला तर यतिखेर नेपाली नेताहरु चुके मुलुकले कस्तो मूल्य चुकाउनु पर्ने हो , त्यो सम्भावित आशंकाबाट सबै नेपाली त्रसित छन् पनि ।
संविधान कुनै पनि मुलुकमा सर्वमान्य हुन्न पनि । तर यस्को संशोधन आवश्यकता र औचित्यताको आधारमा गरिदै आएको छ । भारतले पनि उस्को संविधानमा संविधान जन्मेको सात दशक नपुग्दा डेढ सय बढी संशोधन गरिसकेको छ । नेपालको संविधानको संशोधन नितान्त नेपालको निजी र आन्तरिक तथा संवेदनशील विषय हो । तर भारतले आफ्नो स्वार्थलाई नेपालको संविधानमा लिपीवद्ध गर्न गर्दै आएको कसरतप्रति सेचत हुन भने आवश्यक छ । जुन भारतीय राष्ट्रपति मुखर्जीले नेपाली भूमिबाट नै दिएको दबाबले पनि प्रष्ट पारेको छ ।
न्युज२४बाट
२२ कार्तिक २०७३


Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers