ScotNepal: दोश्रो एनआरएनए अफ्रिका क्षेत्रिय बैठकको तयारी तिब्र
Loading...
दोश्रो एनआरएनए अफ्रिका क्षेत्रिय बैठकको तयारी तिब्र

दार-ए- सलाम , तान्जनिया |

आउदो डिसेम्बर २४ र २५ तारिखमा तान्जानियाको दार-ए-सलाममा सम्पन्न हुने दोश्रो अफ्रिका क्षेत्रिय बैठकको तयारी तिब्र रुपमा अगाडि बढेको छ |गैर आबासिय नेपाली संघको आयोजना र प्रिटोरिया स्थित नेपाल दुताबासको सहयोगमा आयोजना हुने यस् बैठकले अफ्रिका महादेशमा रहेका गैर आबसिय नेपालीहरुले भोग्नु परेका समस्याहरु र तिनको समाधानका लागि आबश्यक छलफल गर्नेछ | साथै नेपालबाट अफ्रिका ट्रन्जिट भएर हुने गरेको मानब तस्करी ,दुताबास र कुटनैतीज्ञ निकाय नहुँदा खासमा नेपाली श्रमिकले भोग्नु परेका समस्या ,अफ्रिका राहत कोषको बिस्तार लगाएत बिषयमा छलफल गर्नेछ |

बैठकमा एक दर्जन भन्दा बढी अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समन्वय समितीहरुको उपस्थिती रहनेछ । बैठकको आयोजना गर्न अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्की संयोजक र एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापा सह्संयोजक रहेको एक आयोजक समिती गठन भएको छ । कार्यक्रमको तयारीका लागि अहिले तीब्र गतिमा काम भईरहेको संयोजक सुनिल कार्कीले बताएका छन ।बैठकमा साउथ अफ्रिकाका लागि नेपाली राजदुत अमृत राई लगाएत एनआरएनएका पदाधिकारीहरुको ठुलो संख्यामा उपस्थिती रहनेछ |

दोश्रो अफ्रिका क्षेत्रिय बैठकका एजेन्डाहरु

१ हाल अफ्रिकामका अधिकांस मुलुकहरुमा नेपालीहरु रोजगार र ब्यापारको सन्दर्भमा पुग्न थालेको र प्रतेक बर्ष संख्या बढी रहेको छ | एनआरएनएले समेत् १५ देशमा राष्ट्रिय समन्वय समिती गठन गरी सकेको र अझै गठन हुने क्रम जारी छ | तर नेपाल दुतावश हाल्सम्ममा प्रिटोरिया ( साउथ अफ्रिका ) र कायरो ( इजिप्ट )मा मात्र रहेकोले राहदानी नविकरन ,श्रम स्विकृति र आपत बिपतमा पर्दा हेर्ने निकाय धेरै मुलुकमा नहुँदा अपठ्यारो पर्ने गरेको छ | यसैले यसमा छलफल गरी नेपाल सरकारलाई सुझाब सहित् कुटनितिक निकाय बढाउन आग्रह गर्ने |
२ अफ्रिकामा नेपाल बाट अबैध रुपमा मानब ओसारप्रसार भई अलपत्र पारिने गरेको र नेपाली युबतीलाई समेत् नर्तकिको रुपमा अबैध रुपमा ल्याइ अप्ठ्यारोमा पार्ने गरेकोले यस्को समाधान कसरी हुन सक्छ छलफल गरी नेपाल सरकारलाई अनुरोध गर्ने |
३ अफ्रिका प्रथम क्षेत्रिय बैठकले ( २०१४ )मा स्थापना गरिएको एनआरएनए अफ्रिका राहत कोषमा थप रकम जम्मा गर्दै यसलाई अझै प्रभावकरी बनाउने |
४ अफ्रिकाको पर्यटनको अनुभव बाट नेपालमा पर्यटन प्रबर्द्धन गर्न आबश्यक प्रयास र समन्वय गर्ने | अफ्रिकामा रहेका भारतीय मुलका प्रबाशीहरुलाई नेपालमा धार्मिक पर्यटनका लागि लैजान आबश्यक प्रयास गर्ने |
५ साथै अफ्रिकामा रहेका समन्वय समितिलाई अझै सकृय बनाउन छलफल गर्ने र कार्ययोजना बनाउने
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers