ScotNepal: पूर्वराजाको भारत-चीन भ्रमणले गणतन्त्र र संघीयता गुम्ने खतरा बढ्यो भन्दै प्रधानमन्त्री
Loading...
पूर्वराजाको भारत-चीन भ्रमणले गणतन्त्र र संघीयता गुम्ने खतरा बढ्यो भन्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रको भारत तथा चीन भ्रमणलाई ‘प्रतिगामी षड्यन्त्र’ का रूपमा चित्रण गर्दै संविधानमा स्वीकार्य बढाएर मुलुकलाई निर्वाचनमा नलगे राजनीतिक उपलब्धि गुम्ने खतरा रहेको औंल्याएका छन् ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार भएको पोलिटब्युरो बैठकमा प्रधानमन्त्री दाहाल पूर्वराजा ज्ञानेन्द्रले भारत र चीनमा गरेको भ्रमण र त्यहाँ भएका छलफलको जानकारी पाएजस्तो गरी प्रस्तुत भएका थिए ।
उनले भने, ‘ज्ञानेन्द्रको उत्तर र दक्षिण मुभ, अँध्यारा कोठाहरूमा भइरहेका छलफल प्रतिगामी चलखेल र षड्यन्त्रका रूपमा भइरहेका छन् । संविधानमा स्वीकार्य बढाएर मुलुकलाई निर्वाचनमा लैजान सकेनौं भने राजनीतिक उपलब्धि गुम्ने खतरा छ । राजनीतिक उपलब्धिका लागि हाम्रो योगदान थियो । त्यसलाई बचाउन हाम्रो योगदान चाहिन्छ । हिमाल, पहाड र तराईलाई एक ढिक्का बनाएर संविधान कार्यान्वयन गराउनुपर्नेछ ।’
बैठकमा उनले प्रस्तावित संविधान संशोधन विधेयकमा मधेस केन्द्रित दलहरूले सहमति नजनाए माओवादी केन्द्रको पूर्ववर्ती निर्णयअनुसार दस प्रदेशको एजेन्डामा जाने चेतावनी दिए । यद्यपि मधेस केन्द्रित दलहरूसँग संशोधनका लागि सहमतिको भगीरथ प्रयास दाहालले गरिरहेका छन् ।
माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा शनिबार प्रधानमन्त्री दाहालले संशोधनमा सत्ता गठबन्धन र मधेस केन्द्रित दलका बीचमा सहमति नभए आफ्नो पार्टीले यसअघि ल्याएको जाति, भूगोल र भाषामा आधारित १० प्रदेशको एजेन्डा अघि बढाउनुपर्ने प्रस्ताव ल्याएको नेता लोकेन्द्र बिष्टमगरले बताए ।
प्रमुख प्रतिपक्ष एमाले संशोधनको विपक्षमा उभिएपछि आइतबार सत्ता गठबन्धनका दलसँग निर्णायक छलफल गर्ने तयारीमा आफू रहेको दाहालले बैठकमा बताएका थिए । संशोधन कहिलेसम्म संसद्मा दर्ता गर्ने भन्नेबारे केही नबताएका उनले आइतबार पनि यसमा साझा धारणा बनाउन छलफल गरिने बताए । संशोधन, पार्टी संगठन, निर्वाचन, सरकार र अहिलेको राजनीतिक अवस्थामा केन्द्रित पार्टी पोलिटब्युरो बैठकमा प्रधानमन्त्री दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहको चीन भ्रमणलाई ‘प्रतिगामी षड्यन्त्र’ को दायाराभित्र राखेर विश्लेषण गरेका छन् ।
‘संशोधन प्रस्ताव हतार गरेर संसद्मा दर्ता गराउने पक्षमा छैनौं । मधेसी दल सहमत नभई संशोधन प्रस्ताव गरिने छैन । हतारमा प्रस्ताव पेस गर्ने, असफल हुने, स्वामित्व कसैले नलिने र फिल्डमा पनि राम्रो सन्देश नजाने अवस्थामा प्रस्ताव ल्याइँदैन, त्यही भएर हामीले सत्ता गठबन्धनमा रहेका दलसँग आइतबार निर्णायक छलफल गर्दैछौं’, बैठकमा प्रधानमन्त्री दाहालले भने ।
बैठकमा सहभागी एक नेताका अनुसार साझा सहमतिबिना संशोधन प्रस्ताव दर्ता गरेर सत्ता गठबन्धन भत्किने अवस्था ल्याउन दिन नहुनेबारे छलफल भएको थियो । सत्ता गठबन्धनका दलसँग गम्भीर छलफल गर्न आइतबारका लागि पार्टी बैठक स्थगित गरिएको छ ।
प्रधानमन्त्री दाहालले संविधान र गणतन्त्रप्रति माओवादीलाई जत्ति गहिरो निष्ठा अरू दललाई नभएको दाबी गर्दै संविधान कार्यान्वयनमा आफ्नै दलको अभिभारा रहेको बताए । उनले भने, ‘संविधान संशोधन गरेर असन्तुष्टलाई समेटी निर्वाचनमा जानुपर्छ ।’
सरकारले गरेका राम्रा कामको पोलिटब्युरो तहका नेताहरूले स्वामित्व ग्रहण गरेर जनताको बीचमा स्थापित गराउन भूमिका निर्वाह नगरेको भन्दै पार्टीका नेताप्रति प्रधानमन्त्री दाहालले असन्तुष्टि जनाए । ‘सरकारको कामकारबाहीबाट पूर्ण सन्तुष्ट त म पनि छैन तर राम्रा कामको स्वामित्व लिएर स्थापित गराउने काम यो र्‌यांक एन्ड फायलले पनि गरेन’, दाहालले भने, ‘विरोधीले नराम्रो कामको मात्र बढी प्रचार गरे, राम्रो कामलाई पनि ट्विस्ट गरे । सरकारले गरेको राम्रो कामका पक्षमा पार्टीपंक्तिलाई दृढतापूर्वक उभिन आग्रह गर्छु ।’
राम्रो कामको प्रचार गर्न र विरोधीको अफवाहलाई प्रतिवाद गर्न आह्वान गर्दै प्रधानमन्त्री दाहालले भने, ‘सरकारबारे चित्त नबुझे वा असन्तुष्टि भएमा पार्टीमा कुरा राख्नुस् तर बाहिर बोल्न आजदेखि बन्द गर्नुस् ।’
पार्टी र सरकारका बीचमा समन्वयात्मक रूपमा काम अगाडि बढाउन तीनमहिने योजना बनाएर अगाडि बढ्ने पनि दाहालले बताए । दिशाविहीन, असंगठित र संस्थागत नहुने भने पार्टी पनि अप्ठ्यारोमा पुग्ने चेतावनी पनि दाहालले दिएका थिए ।
अन्नपूर्णपोस्टबाट
१२ मङ्सिर २०७३
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers