ScotNepal: ‘नेपालको बनारस’ मानिने ‘रुरु क्षेत्र’ जीवनमा एकपल्ट दर्शन गर्ने पर्ने ठाउँ , बिशेष भिडियो
Loading...
‘नेपालको बनारस’ मानिने ‘रुरु क्षेत्र’ जीवनमा एकपल्ट दर्शन गर्ने पर्ने ठाउँ , बिशेष भिडियो



कालिगण्डकिको किनारामा अबस्थित रुरुक्षेत्रको महिमा पुराण तथा शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। बराह पुराणमा रुरु क्षेत्रको पौराणिक इतिहासको बर्णन गरिएको छ्,भने स्वस्थानी किताबमा पनि यसै स्थान(भिर्गुतुङेश्वर)मा सतीदेवीको दन्त पतन भएको उल्लेख गरिएको छ्। त्यस्तै हिन्दू धार्मिक मान्यता अनुसार नेपालमा चार वटा धार्मिक क्षेत्रहरू रहेका छन ति क्षेत्रहरू (रुरुक्षेत्र,बराहक्षेत्र,पाशुपतक्षेत्र र मुक्तीक्षेत्र)मध्येको एक क्षेत्र रुरुक्षेत्र पनि हो। यो ठाउँलाई नेपालको बनारसको रूपमा पनि चिन्ने गरिन्छ। बिदेशी बिद्वान पर्सिवल ल्यान्डनले ‘नेपाल’ नामक पुस्तकमा बनारसमा उपलब्ध सम्पूर्ण विशेषताहरू रुरुक्षेत्र सँग मेल खाने भएकोले यसलाई बनारस सँग तुलना गर्दै ‘नेपालको बनारस’भनी टिप्पणी गरेका छन |

हिन्दूहरूको लागि यो क्षेत्र पवित्र हो। त्यसैले देशको बिभिन्न भुभागबाट मानिसहरू दाह संस्कारका लागि यहाँ आउने गर्छन् । धार्मिक मान्यता अनुसार रुरुक्षेत्रमा देहत्याग गरीएमा मुक्ती पाइन्छ भन्ने विश्वाश रहेको छ्। भगवान बिष्णुको प्रतिक मानिने शालीग्राम पनि यहाँ पाउन सकिन्छ। त्यसैले यो क्षेत्र शालग्राम क्षेत्रको रूपमा पनि परीचित छ। यहाँ चक्र तथा बिभिन्न आकारको दुर्लब शालिग्रामहरू पाइन्छ। त्यस्तै यहाँ बर्ष भरीमा थुप्रै मेलाहरू लाग्ने गर्दछ। मुख्यत यहाँ माघेसंक्रान्ती तीन दिन र ऋशिकेश उत्सब २ दिन ठुलो मेला लाग्ने गर्दछ। साथै बर्ष भरीको औंशी,पुर्णिमा,ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार यहाँ मेला लाग्ने गर्दछ। एक कोषिय परीधीमा सिमित भएर पनि यहाँ करीब ४० भन्दा बढी मन्दिरहरू रहनु यो क्षेत्रको ठुलो विशेषता हो। यहाँ रहेको ऋशीकेश मन्दिर नेपालकै सुप्रशिद्ध मन्दिरहरू मध्येको एक मानिन्छ जुन बिश्वो सम्पदा सुचीको लागि मनोनयमा समेत परेको छ्। यिनै भगवान ऋषीकेशको बिराजमान,कालिगन्डकीको बहाव तथा शालिग्रामको उपलब्धता जस्ता त्रैआयामिक विशेषताहरूको संगम रहनाले रुरु क्षेत्रको बिशिस्ट किसिमको धार्मिक पहिचान बनेको छ्।


Loading...
Recent Updates

, , ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers