ScotNepal: "बसन्त फिल्मस् प्रा.लि.को प्रथम साधारण सभा सम्पन्न
Loading...
"बसन्त फिल्मस् प्रा.लि.को प्रथम साधारण सभा सम्पन्न

"कुमार अविरल" पन्थी, कतार।
"प्रवासमा नेपाली कलाकार एक हौ, नेपाली कला, सस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौ" भन्ने मुला नाराका साथ कतारमा स्थापित बसन्त फिल्मस् प्रा.लि.को प्रथम साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम गत सोमबार काठमाडौंको लैनचौर स्थित दरबार रोधी घरको सभाहलमा सभ्य एवम भव्य रुपमा सम्पन्न भएको हो ।
basant0कार्यक्रममा फिल्मसका प्रबन्ध निर्देशक ईश्वर काफ्ले सभापति तथा प्रस्तोता समाजका अध्यक्ष एवम लोकप्रिय गायक हेमन्त शर्मा प्रमुख अतिथि रहेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पुर्व अध्यक्ष तथा वरिष्ठ गायक दुर्गा रायमाझी विशेष अतिथि रहेका थिए।
basant2यसैगरी गुरुआमा फिल्मसका प्रबन्धक स्मृति तिमिल्सिना, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सचिव कृष्ण रेउले, प्रतिष्ठानका सदस्य शिव हमाल, राजु ढकाल, जमुना राना, उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटा, गायक शिरिष देवकोटा, सन्तोष के.सी., गायिका देवि घर्ति, हास्य कलाकार ज्योति काफ्ले, समाजसेवि तथा व्यवसायी केसब भुसाल, चर्चित सर्जक तथा सङ्गीतकार एकनारायण भन्डारी, मारुनी रेकर्डिङ स्टुडियोका सन्चालक कुमार राना लगायत अतिथि रहेका थिए । साथै कार्यक्रममा कलाप्रेमी, कलाकार तथा बिभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
basantविधिवत रुपमा व्यानर अनावरण तथा दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रम फिल्मसका महासचिव मोहन शाहको सन्चालन तथा सचिव सरद पाण्डेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बसन्त फिल्मसको खुलेर चर्चा गरे । बसन्त फिल्मस् प्रा.लि.को भावी योजना र सामाजिक गतिविधिहरुका बारेमा लोक गायक शिरीष देवकोटाले प्रकाश पारेका थिए । तेस्तै कार्यक्रममा प्रमुख अतिथि हेमन्त शर्मा, दुर्गा रायमाझी, सर्जक शिव हमाल, राजु ढकाल, जमुना राना, हास्य कलाकार ज्योति काफ्ले, व्यवसायी तथा समाजसेवी केशब भुसाल, सर्जक एकनारायण भण्डारी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

basant1कतारमा स्थापित भएर नेपालमा आफ्नै कार्यालय स्थापना गरी सकेको फिल्मस् साँगितिक फाटको सस्था भएतापनि कतारमा तथा नेपालमा बिभिन्न सामाजिक संघ सस्था तथा विभिन्न पिडितहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ । फिल्मस् कतारको सन्दर्भमा कलाकारहरुको सम्मान कार्यक्रममा अग्र पङ्क्तिमा छ । फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर विभिन्न म्युजिक भिडियोहरुलाई बजार व्यवस्थापन समेत गर्दै आइरहेको छ ।

फिल्मसका प्रबन्ध निर्देशक तथा प्रथम साधारण सभाका सभापति काफ्लेले बोल्दै कार्यक्रम सफल बनाउन अमुल्य योगदान दिनुहुने सम्पूर्णलाई विशेष धन्यवाद दिदै सभालाई समापन गरेका थिए । सो साधारण सभाले पुरानो कार्य समिती फेरबदल गरी नयाँ कार्यसमिती चयन गरेको छ ।

नव गठित कार्यसमिती निम्न प्रकार रहेको छ ।

प्रबन्ध निर्देशक - ईश्वर काफ्ले
प्रमुख व्यवस्थापक - मधु सुदन डागी
व्यवस्थापक - सरद पाण्डे
महासचिव -मोहन साह
सचिव - अबु बकर अलि
कोषाध्यक्ष - मेघ मोक्तान

सदस्यहरु -
बिक्रम बुढाथोकी
अरुणा के सि
वसन्त पोख्रेल
सुरज बि सि
किरण लामा
अजय परियार
बुद्दवीर थापा
पोषण डागी
तिलु शर्मा पौडेल

प्रमुख सल्लाहकार - माया के.सि.
सल्लाहकार - केसब कडेल
मिडिया पार्टनर - "कुमार अविरल" पन्थी (साझा नेटवर्क डटकम तथा गुल्मी टाईम्स डटकम) रहेका छन ।


Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers