ScotNepal: दिउँसो भारतको बिरोध, राती सोल्टी होटलको भोज
Loading...
दिउँसो भारतको बिरोध, राती सोल्टी होटलको भोज

काठमाडौं, यसपटकको तिहारमा एमाले भक्तहरुले गाइजात्रा नै देखाए । केपी ओली सरकारको पालामा नै तय भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा उनीहरुले देखाएको गाइजात्रे पाराले एमालेकै कोटाबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी समेत दिक्क भएकी छिन् ।

एमालेको गाइजात्रा भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आएको दिन झनै देखियो । मुखर्जीको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक विदा दिने मन्त्रीपरिषदको निर्णयको निकै बिरोध गरे एमालेलगायतका एकथरीले । तर यो निर्णय राष्ट्रपति भण्डारीकै करकापबाट भएको कुरा प्रधानमन्त्रीले खुलासा गरेपछि उनीहरुको मुखमा बुझो लाग्यो ।
प्रचण्डलाई गाली गर्ने अवसर खोजिरहेका एमालेहरुलाई अर्को झट्का त्यतिखेर लाग्यो, जब एमाले अध्यक्ष केपी ओलीकै प्रस्तावमा राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले एयरपोर्टमा नै गएर मुखर्जीको स्वागत गर्ने घोषणा गरिन् ।


भण्डारी गइन पनि एयरपोर्ट । एमालेहरु झनै मुर्मुरिए । प्रचण्डको बिरोध गर्ने अवसर चुक्यो उनीहरुका अगाडि । आफ्नै पार्टीकी कार्यकर्ता, जबजका प्रवर्तक मदन भण्डारीकी धर्मपत्नी र राष्ट्रपति भण्डारीले नै एयरपोर्टमा मुखर्जीलाई स्वागत गरेपछि उनीहरुका अगाडि प्रचण्डलाई बिरोध गर्ने सबै तासका तुरुप एकपछि अर्को ढल्न पुगे ।
त्यतिमात्रै भएन, भण्डारी आफ्नो गाडी छोडेर भारतीय राष्ट्रपतिकै गाडीमा शीतल निवास गइन भन्ने चर्चा पनि व्यापक चल्यो ।

त्यसपछि उनीहरुले भारतीय दूतावासको लन्चको कुरा उठाए । त्यहाँ को गए, को गएनन् भन्ने चर्चा चलाए । के कुरा भएछ कुन्नी, दिउँसोको लन्चमा केपी ओली गएनन् । यसलाई ठूलो राष्ट्रवादको मुद्दा बनाए उनीहरुले । ओलीले दूतावासको खाना बहिस्कार गर्नु ओलीको महान राष्ट्रवाद बन्यो । तर यथार्थ अर्कै थियो ।

लन्चको तुरुप फालेर खेल जित्न खोजेका एमाले भक्तहरुलाई साँझको घटनाले भने झनै झस्कायो । उनीहरुको तुरुपलाई ओलीको अर्को तुरुपले स्वाट्टै खाइदियो ।
साँझ राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गरिन सोल्टी होटलमा । भारतीय राष्ट्रपतिका सामु उनले लिखित सम्बोधन गरिन । त्यो रात्री भोजमा कुटनीतिक क्षेत्रदेखि राजनीतिक क्षेत्रका कैयन्को उपस्थिति थियो । एमालेजनहरुले उनीहरुको अध्यक्ष ओलीले त्यो भोज पनि बहिस्कार गर्लान् भन्ने थियो । तर भइदियो उल्टो । केपी ओली सपरिवार भोजमा उपस्थित भए ।

तासमा तुरुपको ठूलो महत्व हुन्छ । तर त्यसका लागि कुशल र नैतिक खेलाडी हुनुपर्छ । कतिपय बेला अरुका तास मार्न तुरुपको चाल चल्नेहरु आफै गोलो खान पुग्छन् । अहिले एमालेका केही लट्ठक जुवाडेहरुलाई त्यही भएको छ । प्रचण्डको मानमर्दन गर्न तुरुप हान्नेहरु आफै आफ्नै चालमा फँसेका छन् ।

अचम्म त के छ भने, भारतीय राष्ट्रपति नेपाल आउँदा रोइलो मच्चाउने एमालेहरुले के कुरा बिर्से भने जे जति लम्पसारवादको कुरा गरिएको छ, त्यो सबै तिनकै पार्टीबाट राष्ट्रपति बनेकी भण्डारीको करामत हो । विदादेखि अरु कुरासम्म । फुर्सदडट कम बाट साभार
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers