ScotNepal: रेडियोले गायक बनायो
Loading...
रेडियोले गायक बनायो


गायन भनेको ‘स्पेसिफिक’ हुनुपर्छ भन्ने मान्यता राख्छु म । जसरी अप्रेसन गर्नका लागि एउटा डाक्टरले विशेषज्ञता हासिल गरेको हुनुपर्छ, त्यस्तै संगीतमा लाग्न पनि त्यसको विषयगत ज्ञान हुनुपर्दछ । ‘प्याटर्न’ बुझ्नुपर्छ । यही विचारबाट गाइडेड भएर नै मैले शास्त्रीय संगीतमा मास्टर्स गरेँ । सानैदेखि गायनमा निकै रुचि राख्ने भए पनि गायक भएर गरी खानु त्यति सजिलो रहेनछ ।
म चार-पाँच कक्षा पढ्दा नै गाउँमा मेला लाग्थ्यो । त्यहाँ विभिन्न कलाकारले दिने प्रस्तुतिबाट म निकै प्रभावित हुन्थेँ । मलाई पनि स्टेजमा उक्लेर गाऊँजस्तो हुन्थ्यो । तर, त्यति अवसर पाउँदैनथेँ। प्रतियोगितामा भाग लिन्थेँ । त्यतिवेला रेडियो नेपाल निकै लोकप्रिय थियो । म रेडियो सुन्न कहिल्यै छुटाउँदैनथेँ । यतिसम्म कि एसएलसी परीक्षा दिन जाँदा पनि रेडियो बोकेरै गएको थिएँ । नेपाली, हिन्दी, भोजपुरी, मैथिली, लोक, आधुनिक, पप सबै गीत सुन्थेँ ।
एसएलसीपछि ०५६ सालमा उच्च शिक्षाका लागि काठमाडौं छिरेँ । संगीत नै पढ्छु भनेर काठमाडौं आएको थिएँ । तर, बाबा–आमालाई कन्भिन्स गर्न निकै गाह्रो प-यो । किनकि उहाँहरूलाई संगीतबारे ज्ञान थिएन । तर, मैले भने यसैमा भविष्य देखेको थिएँ । त्यसैले संगीत विषय लिएर आरआर क्याम्पसमा भर्ना गरेँ । त्यहीँबाटै संगीतमा स्नातक सकेँ ।
बिस्तारै मलाई काठमाडौंमा कोठा भाडा तिर्न पनि समस्या पर्न थाल्यो । बा–आमाको एक्लो सन्तान भएकाले पनि ममाथि धेरै जिम्मेवारी थियो । त्यसमाथि विभिन्न समस्या थपिन थाले । र, पनि त्यस बीचमा केही गीत भने गाएँ । ‘ख्यालख्यालमै गहिरो माया’ नामको आधुनिक एल्बम प्रकाशन गरेँ । तर, त्यो एल्बमका गीत त्यति चलेनन् ।
त्यसपछि मलाई झनै गाह्रो हुन थाल्यो । विदेश जाने भनेर पनि कयौँ महिना भौतारिएँ । धेरैलाई अप्लाइ गरिदिन आग्रह गरेँ । साथीहरूले भने विदेश नजान सुझाब दिन्थे ।
त्यही समय ‘नाकमा फुली ए मेरी ठूली’ र ‘मा-यो नि मायाले’ भन्ने सालैजो भाका सार्वजनिक गरेँ । त्यो गीत निकै लोकप्रिय बन्यो । त्यसपछि स्टेज कार्यक्रमका लागि अफर आउन थाले । ०६८ सालतिर ‘बिर्सिएर शृंगारमा गाजल लगाइनछौ’ भन्ने गजल गाएँ । त्यो गजल सार्वजनिक भएसँगै मेरो चर्चा पनि बढ्दै गयो । त्योे निकै चर्चित भयो । मलाई गायकका रूपमा त्यही गजलले चिनायो ।
त्यसपछि मैले ‘रामप्यारी’ फिल्ममा गाएको ‘छमछम ती पाउजुहरू’ गीत पनि चल्यो । अहिले मेरो ‘स्याङ्जा गएँ पाल्पा गएँ बटौलीमा गइनँ’ भन्ने कौडा गीत निकै चलेको छ । ‘यहाँ यस्तै हुन्छन् प्यारी’, ‘दुई दिनको खेल’, ‘तिम्रो कम्मर कति छ मैया’, ‘सिन्दुर लाउनी हौली माया’लगायतका गीत पनि चलेका छन् ।
अहिलेसम्म डेढ सयभन्दा बढी गीत गाइसकेको छु भने ‘रामप्यारी’ र ‘लालजोडी’ फिल्मका एकएकवटा गीतमा संगीत दिएको छु । मैले लोक, कौडा, रोयला, आधुनिक, गजल सबै गीत गाएको छु । कार्यक्रमका लागि विदेश पनि गइरहेको हुन्छु । अबचाहिँ मलाई रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता हटेको छ ।
नया पत्रिका बाट
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers