ScotNepal: ”लेडिज कन्डम” कसरी प्रयोग गर्ने ? डा.राजेन्द्र भद्राको महत्वपूर्ण सुझाब
Loading...
”लेडिज कन्डम” कसरी प्रयोग गर्ने ? डा.राजेन्द्र भद्राको महत्वपूर्ण सुझाब


महिला कन्डम के हो ?
महिलाले योनिमा पसाएर लगाउने कन्डम नै महिला कन्डम हो । पहिले अर्थात् पहिलो जेनरेसन (FC 1) का महिला कन्डम पोलियुरिथिन, जुन एक किसिमको प्लास्टिक हो, बाट बनेका हुन्थे । यसको प्रयोग गर्दा चुइँकिने किसिमको आवाज आउने भएकाले धेरैले मन पराएनन् । अहिले सेकन्ड जेनरेसन (FC) का महिला कन्डम nitrile भनिने synthetic latex बाट बनेका हुन्छन् । यो यौनसम्पर्कका बेला तुलनात्मक रूपमा कम चुइँकिने खालको हुन्छ ।
यो एउटा नरम तथा खुकुलो किसिमको खोल हो । यसको दुवै छेउतिर एक–एकवटा लचिला रिङ हुन्छन् । एकातिर प्वाल हुन्छ भने अर्कातिर बन्द । बन्द भएतिरको रिङले यो महिला कन्डमलाई योनिभित्र पसाउन सजिलो पार्ने तथा यौन सम्पर्कका बेला योनिभित्र यसलाई अडाइराख्न मद्दत गर्छ । बाहिरी रिङ जुन केही ठूलो हुन्छ, योनिको बाहिरतिर बस्छ र यौन सम्पर्कका बेला महिलाको भगोष्ठ समेतलाई छोप्छ । यसरी योनिको बाहिरतिर पनि छोप्ने भएकाले यसले योनि तथा लिंगलाई सिधा सम्पर्कमा आउँन नदिई रोगहरू सर्नबाट जोगाउँछ ।
महिला कन्डमको फाइदा
यसले महिलालाई गर्भधारण हुनबाट मात्र जोगाउने नभै एचआईभी तथा यौन रोगहरू पनि सर्न दिँदैन । नेपालमा यौनसम्पर्कसम्बन्धी सबै अधिकार पुरुषमा मात्र भएकाले गर्भ निरोध वा जन्मान्तरसम्बन्धी कुरा गर्न पुरुषमा भर पर्नुपर्ने हुन्छ । फेरि आफ्नो लोग्नेलाई यौनरोग लागेकै भए पनि आफूलाई जोगाउन यौनसम्पर्कलाई महिलाले अस्वीकार गर्ने स्थिति छैन । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा त महिलाहरूले आफ्नो सुरक्षा गर्न तथा जन्मान्तरका लागि पुरुषको इच्छामा मात्र भर
पर्नु पर्दैन ।
अर्को पक्ष, पुरुष कन्डम यौनसम्पर्क गर्ने बेलामा वा पाक्क्रीडाका बेलामा अर्थात पुरुषको लिङ्ग उत्तेजित भएपछि मात्र लगाउन सकिन्छ भने महिला कन्डम महिलाले ८ घण्टा अघिसम्म राख्न सक्छिन् ।
कसरी प्रयोग गर्ने ?
पुरुष कन्डमजस्तै सही तरिकाले प्रयोग गर्न सकिएन भने यसको प्रभावकारिता निकै घट्छ । त्यसैले यसको सही प्रयोगका सम्बन्धमा केही जान्नु तथा सावधानी अपनाउनु आवश्यक छ । थाहा भएकै कुरा हो, कन्डमको सही प्रयोग भएन भने फुट्न वा च्यातिन सक्छ ।
हुन त तपाईंले कसरी महिला कन्डम प्राप्त गर्नु भयो, थाहा भएन । सामान्यत: तपाईंले किन्नुभएको प्याकेटमा कसरी प्रयोग गर्ने भनेर जानकारी दिइएको हुन्छ । त्यसलाई राम्रोसँग अध्ययन गर्नुभै त्यसैअनुसार लगाउनुभए हुन्छ । अर्को उपाय तपाईंले यौन स्वास्थ्यमा कार्य गर्ने स्वास्थकर्मीबाट सहायता लिन सक्नुहुन्छ ।
पहिलो कुरा, कतै यसको म्याद गुज्रिएको त छैन अनि राम्रो स्थितिमा छ कि छैन हेर्नुपर्छ ।
कन्डम नच्यातिने गरी होसियारीका साथ प्याकेट खोल्नुपर्छ । नङ, दाँत, चिम्टी वा तिखा गहना वा कैंची प्रयोग गर्नु हुँदैन ।
अब, आफूलाई जसो गर्दा सजिलो हुन्छ त्यसअनुसार टुक्रुक्क (दिसा–पिसाब गर्ने) बस्ने वा उत्तानो पर्ने वा उभिने र त्यस्तै यसको भित्री रिङ (बन्द छेउतिरको) लाई थिच्ने र योनिमा पसाउने । यसलाई योनिभित्र सकेसम्म पसाउनुपर्छ र पाठेघरको मुखसम्मै धकेल्नुपर्छ । यसो गर्ने क्रममा कन्डम नबटारियोस भनेर विशेष ध्यान पुर्‍याउनुपर्छ । बाहिरी (खुलाछेउ तिर) रिङ योनिको बाहिरतिर भगोष्ठलाई राम्रोसँग छोप्ने गरी राख्नुपर्छ ।
अर्को कुरा, यौनसम्पर्क सुरु गर्दा लिङ्ग महिला कन्डमभित्र नै परेको छ भनी निश्चित गर्नु अत्यावश्यक छ । कन्डमको बाहिरतिरबाटै योनिमा नपसोस् भनेर ध्यान दिनुपर्छ, नत्र यसको प्रयोगबाट कुनै फाइदा हुँदैन । तपाईंले लिङ्गलाई समातेर ठीक तरिकाले कन्डम भित्रै पसाएर मद्दत गर्न सक्नुहुन्छ ।
यौनसम्पर्कपछि लिङ्ग बाहिर निकाल्नासाथ बाहिरी रिङलाई बटार्नुहोस् जसले गर्दा वीर्य बाहिरतिर नचुहिओस् । योनिबाट अब बिस्तारै बाहिर निकाल्नुहोस् वा फोहोर फाल्ने भाँडोमा केही कुराले बेरेर फाल्नुहोस् ।
त्यसैगरी यसलाई प्रयोग गर्नुभन्दा पहिले तथा प्रयोग गरिसकेपछि लिंग तथा योनिको सिधा सम्पर्क नहोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ ।
साप्ताहिकबाट
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers