ScotNepal: नेपालमा रोकिएन महिलाविरुद्धको हिंसा
Loading...
नेपालमा रोकिएन महिलाविरुद्धको हिंसा

गोरखापत्रबाट साभार
सन्दर्भ : महिला हिंसाविरुद्धको अभियान
-सीता शर्मा
काठमाडौँ, मङ्सिर १० गते । ‘घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नारासहित शुक्रबारदेखि देशव्यापी रूपमा अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुँदैछ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्ट्रिय महिला आयोगको नेतृत्वमा सञ्चालन गरिने अभियानमा यस क्षेत्रमा क्रियाशील संस्थाहरूले सो अवधिमा दैनिक दर्जनौँ महिला हिंसाविरुद्धका चेतनामूलक कार्यक्रम गर्ने तयारी गरेका छन् । तर, महिला हिंसाविरुरूद्धका कार्यक्रम सार्वजनिक गरिरहँदा महिलाविरुद्ध हुने हिंसाका घटना रोकिएका छैनन् । महिला आफ्नै अभिभावक, श्रीमान् र समाजबाट पीडित हुनु परेका घटना सार्वजनिक भइरहेका छन् ।
नेपाल प्रहरी महिला बालबालिका निर्देशनालयका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई हजार २८८ वटा घरेलु हिंसाका घटना भएका छन् भने महिला हिंसाका ६६० वटा घटना भएको जनाएको छ । यस अवधिमा जबरजस्ती करणीका २९३ घटना भएका छन् भने जबरजस्ती करणी उद्योगका १५२ वटा घटना भएको सो निर्देशनालयले जनाएको छ । त्यस्तै सो अवधिमा ११५ वटा बहुविवाह घटना दर्ता भएका छन् भने अन्य बोक्सीको आरोप, गर्भपतन, मानवबेचविखनका घटना भएका छन् ।
यस्तै आर्थिक वर्ष २०७२/७३ मा नौ हजार ३९८ वटा घरेलु हिंसाका घटना भएका थिए भने दुई हजार ७५ वटा महिला हिंसाका घटना भएको पाइएको छ । जब कि आर्थिक वर्ष २०७१/७२ मा घरेलु हिंसाका आठ हजार २६८ वटा घटना भएका थिए भने महिला हिंसाका दुई हजार ३३५ घटना भएका थिए; जसमा बलात्कारका एक हजार ९० वटा, जबरजस्ती करणी उद्योगका ३५२, बहुविवाहका ४६३, बेचबिखनका २१२ र अन्य बालविवाह, गर्भपतन, बोक्सीको आरोपका घटना रहेका छन् ।
राष्ट्रिय महिला आयोगमा आर्थिक वर्ष २०७२/७३ मा महिला हिंसासम्बन्धी दर्ता भएका २५६ वटा उजुरीमध्ये २४४ वटा घरेलु हिंसाका उजुरीको कारबाही टुङ्गो लगाइसकेको जनाएको छ ।
राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरेले महिला हिंसाका घटनाको सङ्ख्यामा वृद्धिभन्दा पनि हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि महिला हिंसाका घटनालाई प्राथमिकता दिने गरेकाले सङ्ख्या बढेको देखिएको हो भन्नुभयो । उहाँले महिला हिंसाका परम्परागत रूपमा हुने घटनाभन्दा पनि फरक शैलीमा महिलामाथि हिंसा हुने गरेकाले यस्ता घटनाका पीडितलाई न्याय दिलाउन कानुन पनि नभएकाले समस्या भएको बताउनुभयो ।
महिला आयोगले महिला हिंसाविरुद्धको अभियान १६ दिनमात्रै सीमित नगरेर वर्षभरि अभियानका रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिँदै लग्ने पनि उहाँको भनाइ छ ।
नेपाल प्रहरी, महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक रामकुमार खनाल पनि महिला हिंसाका घटनाको सङ्ख्या बर्सेनि बढ्नुमा महिला हिंसाका घटनाप्रति संवेदनशीलता, आमनागरिकमा आएको जागरुकता, सचेतना हो भन्नुहुन्छ ।
महिला अधिकारकर्मी डा.रेणु राजभण्डारीले राज्यसत्ता र जिम्मेवार निकायमा बसेका व्यक्ति महिला हिंसाका घटनाप्रति संवेदनशील नभएकाले पीडित महिलाले न्याय पाउन नसकेको र न्याय पाउने वातावरण नहुँदासम्म यस्ता अभियान सफल हुन नसक्ने तर्क गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको रूपमा यो अभियान मनाउने निर्णय गरेको थियो र त्यसै समयदेखि नेपालसहित विश्वका थुप्रै मुलुकमा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न लागिएको हो ।
हरेक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विश्वव्यापी रूपमा विभिन्न क्रियाकलाप र कार्यक्रम आयोजना गरिन्छ । ‘सुन्तला रङले संसारलाई रङ्गाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियानमा विश्वभर चेतनायुक्त कार्यक्रम आयोजना हुँदैछन् ।
(गोरखापत्र अनलाईनबाट साभार)
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers