ScotNepal: कतारमा अलपत्र परेका दश नेपाली स्वदेश फर्किए
Loading...
कतारमा अलपत्र परेका दश नेपाली स्वदेश फर्किए

कुमार "अविरल" पन्थी, कतार ।
कतारमा करिव ३ महिना देखि अलपत्र परेका दश नेपाली स्वदेश फर्किएका छन ।दुइ जना गत सोमबार र ८ जना शुक्रबार स्वदेश फर्किएका हुन । गुल्मी सेवा समाज कतारको पहल, नेपाली राजदूतावास कतारको विशेष सहयोग तथा झविन्द्र आचार्यको निरन्तर प्रयासमा दसै जना पिडित नेपाल फर्किन पाएका हुन ।

मोरंगका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताज पुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी, र गुल्मीका गंगा बहादुर थापा, बिर बहादुर बि.क. बिगत ३ महिना देखि कम्पनि मालिक फरार भएपछि अलपत्र पर्दै आएका थिए ।

ति मध्यका दुइ जना तिलक भुजेल र अम्बर थेगिंग गत सोमबार नै नेपाल फर्किएका थिए । बाकि ८ जनालाई कानुनी प्रकृया पुरा गरी उनीहरुले पाउनु पर्ने क्षतिपूर्तिको व्यवस्था मिलाएर गत शुक्रबार स्वदेश पठाईएको झबिन्द्र आचार्यले बताए । पिडितलाई न त अल वाजिर कम्पनीले नै टिकट दियो नत मेनपावरले नै आचार्य आफुले नै दसै जनाको टिकटको ब्यबस्था मिलाएर स्वदेश पठाएका थिए ।

नेपालबाट कतार आउदा मेनपावर कम्पनि र एजेन्टले लिएको सबै पैसा फिर्ता हुने व्यवस्था मिलाएर पीडितहरु नेपाल फर्किएपछी उनीहरुले पाउन पर्ने क्षतिपूर्ति मेनपावर कम्पनिले दिएको पिडितहरुले जानकारी दिएका छन् ।

अल वाजिर कम्पनीका मालिकले दस जनालाई केहि दिन भित्र कम्पनिबाट पाउन पर्ने रकम र घर फिर्तीका लागि टिकट उपलब्ध गराउने बताए पनि उनलाई फोन सम्पर्क गर्न खोज्दा विभिन्न बाहाना बनाएर पुनः सम्पर्क बिहिन बने ।

काठमाडौंको बसुन्धरा स्थित ग्लोबल डाइनामिक मेनपावरबाट पाच जना एक बर्ष अघि र पाच जना छ महिना अघि मासिक १००० रं २०० तलबमा कतार आएका थिए । कम्पनी र मेनपावर बीच समन्वय गर्ने दिपु भन्नेले उक्त कम्पनीमा काममा लगाएका थिए र अहिले दिपु पनि सम्पर्क बाहिर रहेका छन।

अलपत्र परेका पिडितहरुलाई खाना समस्या परेपछि निरन्तर रुपमा गुल्मी सेवा समाज कतारले खाद्यान्न सहयोग गरेको थियो । कतारमा स्थापित अन्य सामाजिक सस्थाले पनि उनीहरुलाई राहत उपलब्ध गराएका थिए ।

नेपाल फर्किन पाएर निकै खुसि बनेका पिडितहरु भन्छन - गुल्मी सेवा समाज, नेपाली राजदुतावास कतार, र झविन्द्र आचार्य हाम्रो लागि भगवान समान हुनुहन्छ । जसले हामीलाई यो परदेशको ठाउमा कष्टकर जीवनबाट उद्धार गर्नुभयो । उहाको यो गुण कहिले भुल्ने छनौ भन्दै बिशेष धन्यवाद प्रकट गरे । साथै उनीहरुलाई सहयोग पुराउने यहाका बिभिन्न सामाजिक सस्थाहरु प्रति पनि आभारी रहेको बताए।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers