ScotNepal: ‘अन्तिम र निर्णायक’ पहलमा पूर्वराजा ! अचानक चीन पुगे पुर्वराजा !
Loading...
‘अन्तिम र निर्णायक’ पहलमा पूर्वराजा ! अचानक चीन पुगे पुर्वराजा !

सत्तारुढ तथा विपक्षी दलका नेताहरूले राजतन्त्र फर्कने सम्भावना नरहेको दाबी गरिरहेका भए पनि स्वयम् पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रमा भने कुनै न कुनै रूपको राजतन्त्र फर्कने विश्वास जीवित रहेको पाइएको छ । चक्रपथतिर जुलुस निस्किएका कारणले मात्र राजाको नारायणहिटीबाट बहिर्गमन भएको मान्न राजतन्त्रका समर्थकहरू मात्र होइन राजनीतिक विश्लेषकहरूसमेत तयार छैनन् । पूर्व श्री ५ ज्ञानेन्द्र पनि गणतन्त्र घोषणामा नेपालीभन्दा बाह्य शक्तिको भूमिका निर्णायक भएको ठान्नुहुन्छ । त्यसैले नारायणहिटी छोडिसकेपछि पनि उहाँबाट भारतमा राजनीतिपे्ररित भ्रमण पटकपटक भइसकेको छ र भारतबाट फर्कंदा उहाँ सधैँ आशावादी बनेर फर्कने गर्नुभएको छ । खासगरी गत वर्षको कात्तिकमा भएको भ्रमण र केही महिनाअघि नयाँदिल्लीको चौबिसघन्टे भ्रमणबाट निकै उत्साही हुनुभएका ‘राजा’ पछिल्लो समयमा भने आफूलाई अलमल्याउने खेल मात्र भइरहेको हो कि भनी सशङ्कित हुन थाल्नुभएको बताइन्छ । उहाँले अब वार कि पार हुनुपर्छ भन्ने मानसिकता बनाउनुभएको छ र यसक्रममा निर्णायक वार्तालापका लागि उहाँ गत साता सिङ्गापुर जानुभएको थियो । सिङ्गापुरमा महत्वपूर्ण राजनीतिक छलफल भएको र भारतसँगको संवाद सकारात्मक भए बेग्लै सन्देशसहित तथा संवाद सकारात्मक नभए एउटा छुट्टै प्रस्ताव लिएर पूर्व श्री ५ ज्ञानेन्द्र चीनको राजधानी बेइजिङ जाने कार्यक्रम पहिले नै तय भएको थियो । उहाँ सिंगापुरबाट सोझै बेइजिङ जानुभएको छ । नेपालमा गणतन्त्र घोषणापछि पूर्व श्री ५ बाट भएको चीनको यो पहिलो भ्रमण हो । चीनबाट उहाँ कहिले स्वदेश फर्कनुहुने हो यकिन हुन सकेको छैन । तर, उहाँ सिङ्गापुरको उच्चस्तरीय संवादपश्चात् बेइजिङ पुग्नुभएकोचाहिँ निश्चित भएको छ ।
प्राप्त जानकारीअनुसार पूर्व श्री ५ लाई चीनबाट भ्रमणको निमन्त्रणा केही महिनाअघि नै आएको हो । जवाफ दिन ढिलाइ भएका कारणले मात्र उहाँको भ्रमण विलम्ब भएको बताइन्छ । भारतसँग कुरा मिलाएर मात्र चीनको भ्रमणमा जानु उपयुक्त हुन्छ भनी प्राप्त सुझावलाई स्वयम् उहाँले गम्भीरतापूर्वक लिनुभएको निकटवर्तीहरूले बताएका छन् । भारतसँग कुरा मिल्छ भन्नेमा विश्वस्त रहनुभएका उहाँ भारतको नभए चीनको समर्थन लिएर भए पनि पुनस्र्थापित हुने मानसिकतामा रहनुभएको बुझिन्छ । ज्ञातव्य छ, चीनले २०६३ को परिवर्तनपश्चात् सङ्कटमा परेका राजालाई आफ्नो मुलुकमा आश्रय दिने इच्छा राखेको भनी समाचार सार्वजनिक भएका थिए । राजनीतिक दृष्टिले पूर्व श्री ५ को यो भ्रमण अत्यन्त महत्वको हुने बताइएको छ । पूर्व श्री ५ ज्ञानेन्द्रको यो पहललाई राजदरबार निकटस्थलहरूले ‘अन्तिम र निर्णायक’ भनेका छन् । यदि राजसंस्था फर्कने स्थिति बनेन भने उहाँले कस्तो निर्णय लिनुहुनेछ भन्नेबारेमा चाहिँ निकटस्थलहरूसमेत अनभिज्ञ छन् ।
राजसंस्था फर्कने आशामा दशकअघिदेखि प्रतीक्षारत ‘राजा’ ज्ञानेन्द्रले सबैतिरबाट कदाचित नकारात्मक जवाफ पाउनुभएमा उहाँ दल खोलेर राजनीतिमा आउनुहोला कि व्यापार–व्यवसायमा लाग्नुहोला र उहाँले बाँकी जीवन स्वदेशमै बिताउनु होला या विदेश पलायन हुनुहोला भन्नेजस्ता जिज्ञाशा नेपालमा छ । अहिले ‘निर्णायक पहल’मा रहनुभएका ‘राजा’बाट निकट भविष्यमै उल्लिखित जिज्ञाशा पनि मेटिने विश्वास यहाँ गरिएको छ । कदाचित राजसंस्था फर्कन असम्भव भएमा राजा राजनीतिक दल खोलेर सक्रिय राजनीतिमा आउनसक्ने अनुमान नेपाली बुद्धिजीवी तथा विश्लेषकहरूले गरेका छन् ।
साभार घटनाविचारडटकम
१ मंसिर २०७३
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers