ScotNepal: आजको राशिफल शनिबार, 26 Nov 2016 द्वादशी, कृष्ण पक्ष
Loading...
आजको राशिफल शनिबार, 26 Nov 2016 द्वादशी, कृष्ण पक्ष

मेष ( च, चू, चे, ला, ली, लू, ले, लो, अ, आ ) मनग्य धनलाभ हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार पाइने सम्भावना छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ।
वृष ( ई, उ, ए, ऐ, ओ, व, वा, वो, वे, वौ, वं ) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। द्वेष वा र्इर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।
मिथुन ( क, का, की, कू, के, को, कौ, छ, ह, हा, छा ) आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
कर्कट ( हि, हू, हे, हो, डा, डी, डू, ड़, डे, डो ) परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला। सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउने सम्भावना देखिन्छ।
शिंह ( म, मा, मी, मू, मे, मो, मौ, मं, ट, टा, टी़, टू, टो ) उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ।
कन्या ( पा, प, पु, पं, प, पे, पो, पौ, टो ) काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ। अाफ्ना कामजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्।
तुला ( र, रा, री, रु, रे, रो, रं, ता, त, तू, ते, तो, ती ) प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्।
वृश्चिक ( न, ना, नी, नु, ने, नो, नै, नं, या, यी, यू, य ) समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।
धनु ( ये, यो, ध, धा, धी, धू, धे, फ, भा, भी, भू, भे ) गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
मकर ( भो, ज, जा, जी, जे, जो, जै, जं, ख, खी, खू, खो, ग, गा,गी ) अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।
कुंभ ( गु, गे, गो, स, सा, सी, सु, से, सं, सो, सौ, द, दा ) चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ।
मीन ( दि, दू, झं, थ, था, दे, दो, च, चा, ची ) अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। आफू विरुद्धको रहस्य थाहा बाहिर आउनेछ। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी देखिएला। कठिन चुनौती सामना गर्नुपर्ला।
SOURCE : NEPCAL.COM
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers