ScotNepal: आजको राशिफल : शनिबार, 19 Nov 2016 पञ्चमी, कृष्ण पक्ष
Loading...
आजको राशिफल : शनिबार, 19 Nov 2016 पञ्चमी, कृष्ण पक्ष

मेष ( च, चू, चे, ला, ली, लू, ले, लो, अ, आ ) अन्तिम नतिजा राम्रो तर प्रारम्भ संघर्षपूर्ण रहनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। मान्यजनसँग असमझदारी बढ्न सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले आफ्नै पक्ष लिनेछ। प्रतिस्पर्धा गर्नेहरूले हार खानेछन् भने आस मारेको कामले उत्साह जगाउनेछ।
वृष ( ई, उ, ए, ऐ, ओ, व, वा, वो, वे, वौ, वं ) आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
मिथुन ( क, का, की, कू, के, को, कौ, छ, ह, हा, छा ) सानोतिनो समस्याले आँटेको काममा बाधा पुग्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी होला। गलत हिसाबकिताबले आम्दानी रोकिनुका साथै अनावश्यक विवाद निम्त्याउन सक्छ। तथ्य वस्तु पत्ता लगाउने चेष्टा गर्नुहोला।
कर्कट ( हि, हू, हे, हो, डा, डी, डू, ड़, डे, डो ) हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। ठूलै फाइदाको आश्वासन पाइए पनि यथार्थमा लाभ भने कमै मिल्नेछ। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला।
शिंह ( म, मा, मी, मू, मे, मो, मौ, मं, ट, टा, टी़, टू, टो ) अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ।
कन्या ( पा, प, पु, पं, प, पे, पो, पौ, टो ) विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने मनग्य लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् र व्यापारमा पनि बढी नै फाइदा हुनेछ। ऋणमोचन हुनेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनाले प्रसन्नता मिल्नेछ।
तुला ( र, रा, री, रु, रे, रो, रं, ता, त, तू, ते, तो, ती ) अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। आस देखाउनेहरूले धोका दिन सक्छन्। काममाथि अरूको निगरानी हुन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा भने सामान्य फाइदा उठाउन सकिनेछ।
वृश्चिक ( न, ना, नी, नु, ने, नो, नै, नं, या, यी, यू, य ) मेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।
धनु ( ये, यो, ध, धा, धी, धू, धे, फ, भा, भी, भू, भे ) समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ।
मकर ( भो, ज, जा, जी, जे, जो, जै, जं, ख, खी, खू, खो, ग, गा,गी ) प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। केही आम्दानी पनि बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ। विवादबाट टाढै बस्नुहोला। सोचेजति लाभ भने नमिल्न सक्छ।
कुंभ ( गु, गे, गो, स, सा, सी, सु, से, सं, सो, सौ, द, दा ) स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अधिकारका लागि जुट्नुपर्ला। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। योजना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। लामो यात्रा व्यवस्थापन गर्न खर्च बढ्नेछ।
मीन ( दि, दू, झं, थ, था, दे, दो, च, चा, ची ) प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र आँटेको काममा फाइदा उठाउन सकिनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। - SOURCE : NEPCAL.COM
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers