ScotNepal: राजाको भोलिको सम्बोधन गणतन्त्रकोलागी अशुभ र देश र जनताकोलागी चाहिं शुभ नै हुनेछ
Loading...
राजाको भोलिको सम्बोधन गणतन्त्रकोलागी अशुभ र देश र जनताकोलागी चाहिं शुभ नै हुनेछ

बिसन्तर शाक्य, ललितपुर

राजा ज्ञानेन्द्रबाट यही कार्तिक ४ गते अर्थात भोलि लामो समयको अन्तराल पछि सार्वजनिक भाषण गरिबक्सने विभिन्न मिडियाहरुमा खबर छापेको छ । हालै बिजयादशमीको उपलक्ष्यमा देशवासीको नाउँमा बक्सेको शुभकामना सन्देशमा सर्वसाधारण जनताको बोलिलाई आफ्नो बोलि बनाइबक्सेर ७ वटा प्रश्न राजाबाट गणतन्त्रवादीहरुलाई सोधी बक्सेको थियो ।

राजाले सोधीबक्सेको प्रश्नहरु यस प्रकार थिए ः

१) जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ?

२) राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव वलियो भयो त ?

३) भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्ती, दण्डहिनताको अन्त्य गरि जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त ?

४) विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने बातावरण बनाईयो त ?

५) परिपक्क परराष्ट्र नीति तर्जुमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ?

६) घर, परिवार छोडेर पराया भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवाहरुलाई मुक्त गरियो त ?

७) अपराध र अपराधिकरणलाई निरुत्साही गरियो या जनताका निम्ति के के गरिए ।

राजाबाट सोधी बक्सेको यो प्रश्न कुनै व्यक्तिगत स्वार्थ वा रीसरागको कारणले नभई देशमा अहिले विद्यमान वास्तविक कुराहरुलाई मात्र उजागर गरिबक्सेको थियो । नेपाली जनताले पनि यही प्रश्न बारबार सोधीरहेका थिए । जनताको आवाजमा आवाज मात्र मिलाउने काम गरिबक्सेको थियो । राजाबाट जनप्रतिधिनिको काम मात्र गरिबक्सेको थियो । जुन एउटा सच्चा अभिभावकको काम थियो । एउटा अभिभावकले गर्नु पर्ने काम थियो वा दायित्व थियो ।

यसरी राजाले बिजयादशमीमा जनताको आवाजलाई उठाइबक्सनु वा अभिभावकको दायित्वको जिम्मेवारी बहन गर्ने कार्य गर्नुको सिधा अर्थ हो अब म चुप लागेर देश र जनताको दुखलाई तुलुतुलु हेरर बस्दिन भन्ने हुन्छ । अर्थात अब अति नै भयो तिमीहरुको अन्याय म अब यसको प्रतिकार गर्ने छु । देश र जनताको हितकोलागी अब म सकृय हुनेछु भन्ने नै हो । यसरी राजाबाट आफ्नो सकृयता बढाइबक्सने उद्घोषको केही दिन पछि नै राजाबाट सार्वजनिक रुपमै सम्बोधन गर्ने कार्यक्रम रहेको खबरले अब नेपालमा राजतन्त्रको पुनस्थापना र गणतन्त्रको अन्तकोलागी निर्णायक वातावरण बन्ने निश्चित नै छ ।

किनकी नयाँ नेपालको नारा दिएर प्रजातन्त्रलाई लोकतन्त्रको नाउँ दिएर १४ अन्चल ७५ जिल्लालाई जातियताको संघीयताको नारा दिएर नेपाली जनतालाई उल्लु र मुर्ख बनाएर सत्तासिन हुन सफल भएका गणतन्त्रवादीहरुले चलाएको यो १० बर्षमा नेपाल र नेपालीको आर्थिक अवस्था जर्जर बनिसकेको छ । भष्टाचार, कालोबजारी खुलेआम भइरहेको छ । धर्मसंस्कृति, पहिचानमाथि खुलेआम प्रहार गरिरहेको छ । सत्ता र भत्ताकोलागी बिदेशी दालाल बन्दै देशलाई नै परतन्त्र बनाइरहेको छ । हुँदा हुँदै देश नै नरहने अवस्थामा पुर्याइदिएका छन् ।

यसरी देशलाई असफल बनाएका गणतन्त्रवादीहरुको कार्यलाई नजिकबाट नियालीबक्सेका राजाले अब अति नै भयो भनिबक्सँदै बिवयादशमीकोको शुभकामना भनिबक्सेको थियो ः यो १० बर्षमा जनताका निम्ति के के गरिए त्यसको समिक्षा गर्न अव विलम्व भैसकेको छ ।यसरी राजाले स्पष्ट शब्दमा गणतन्त्रवादीहरुलाई मात्र नेपाली जनतालाई पनि राजतन्त्रातमक शासन र गणतन्त्रात्मकको शासन मध्ये कुन उपयुक्त हो त्यसको समिक्षा गर्न भनबक्सेको थियो । राजाको यो सन्देशको स्पष्ट अर्थ यो हो कि अब नेपाली जनता जागरुक हुनु पर्यो । देश असफल बन्दै गएको छ यसलाई जोगाउनु पर्यो । तर यसकोलागी राजा एक्लै ले मात्र गर्न सकिन्न यसकोलागी राजा र जनताको एक हुनु पर्दछ । त्यसैले त सन्देशको अन्तमा राजाले भनिबक्सेको थियो कि ः हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृित मेटिए हाम्रो सभ्यताको मूल नै सुक्दछ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौ । राजकीय सत्ता, धर्म, संस्कृति र समाज स्थायी तत्व हुन् । राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन नै राष्ट्रिय सहमतिको मूल मंत्र हो । हाम्रो अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाको लागि हामी सबै एक हौं ।

यसरी राजाले सन्देश मार्फत देशलाई बचाउन राजा र जनता एक हौं भनेर आह्वान गरिबक्सेको समयमा भोलि सार्वजनिक रुपमै राजाबाट सम्बोधन गरिबक्सने कुरा नेपालको राजनीतिमा चर्चा र चासोको बिषय बनिरहेको छ । अब राजाले के बोलिबक्सेला ? के राजाबाट खुलेआम रुपमै गणतन्त्रवादीहरुलाई चेतावनी देला ? के राजाले अब आफु सकृय हुने सन्देश देला ? आदी इत्यादी प्रश्न, जिज्ञासा र कौतहलता छाइरहेको छ । जे होस राजाबाट लामो समयको अन्र्तरालपछिको मौनता ताड्ने क्रममा अवश्य पनि नेपालको राजनीतिलाई तरंगित गर्ने त निश्चित नै छ । किनकी यो झनक बिजयादशमीको सन्देशबाट दिइसकेको छ । भोलि राजाबाट के सन्देश दिइबक्सेने छ त्यो त भोलि मात्र थाहा होला तर उउटा कुरा चाहिं पक्कै निश्चित छ कि भोलिबाट नेपालको राजनीतिमा नयाँ तरंग र नयाँ महोल अवश्य नै बन्नेछ । जुन गणतन्त्रकोलागी अशुभ र देश र जनताकोलागी चाहिं शुभ नै हुनेछ ।

अन्तमा यो देशमा गणतन्त्रको असफलता, अयोग्यता , उपयुक्त छैन भन्ने कुरा प्रमाणित भइसकेको अवस्था छ । नेपाली जनता पनि यो गणतन्त्रबाट आर्जित मात्र होइन यसको अन्त छिटो भन्दा छिटो होस भन्ने चाहिरहेको अवस्था हो । तर पनि यो गणतन्त्रको अन्त हुन सकिरहेको छैन । जनता विगतमा राजा सहितको व्यवस्था होस भनेर कराइरहेका छन् । तर यो पनि हुन सकिरहेको छैन । किन यसो भइरहेको छ त ? यसकिो प्रमुख कारण भनेको नेपाली जनता नै हो । गणतन्त्रको विरोध र राजतन्त्रको समर्थन त गरिरहेका छन् । तर यो घरमा, चिया गफमा, भोजको गफमा मात्र सिमित भइरहेको छ । तसर्थ धरमा चोकमा कुरा गर्दैमा यी दलाल गणतन्त्रवादीहरुलाई अन्त गर्न सकिन्न ।

किनकी यी दलालहरुमा जनताप्रति लगाव, प्रेम र देशभक्तिको भावना पटकै छैन । सत्ताभत्ताकोलागी जे पनि गर्न पछि पर्दैन । तसर्थ यीनिहरुको अन्तकोलागी नेपाली जनता सडकमा नै आउनु पर्दछ । जुन दिन हजारौं जनता सडकमा ओर्लिने छ त्यही दिन यी गणतन्त्रवादीहरुको अन्त पनि त्यही दिन हुनेछ । किनकी जनताको मौनता नै यी दलाल गणतन्त्रवादीहरुको शक्ति र सत्तामा रहीरहन सकिरहेको मूल कारण हो ।

त्यसैले राजाबाट पनि बारबार भनिबक्सेको छ ः राजा आउ देश बचाउ होइन जनता आउ देश बचाउ भनेर भन्नुहोस भनिबक्सेको छ । राजाले म सदैब नेपाली जनताले दिएको कुनै पनि जिम्मेवारी लिन तयार छु, जनताले जुन दिन जिममेवारी दिनेछ त्यही दिन म त्यो जिम्मेवारी बहन गर्नेछु भनेर स्पष्ट रुपमा भनिबक्सेरहेको समय छ । तसर्थ जुन नेपाली जनता गणतन्त्रको विरोध र राजतन्त्रको समर्थनमा सडकमा ओर्लेने छ त्यही दिन नेपालमा गणतन्त्रको अन्त र राजतन्त्रको पुनस्थापना हुनेछ । अब निर्णय नेपाली जनताको हातमा । सबैलाई चेतना भया । - मेट्रो खबर बाट साभार :

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers