ScotNepal: सरकारी कर्मचारी र शिक्षकले राजनीति गर्न नपाउने कानून संसदमा, अब नेपाल सुध्रिने भयो ?
Loading...
सरकारी कर्मचारी र शिक्षकले राजनीति गर्न नपाउने कानून संसदमा, अब नेपाल सुध्रिने भयो ?

काठमाडौं, १८ असोज । व्यवस्थापिका–संसद्मा निर्वाचनसम्बन्धी तीन विधेयक आज पेस भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली सम्बन्धी विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ पेस गरे ।

कानुनका अभावमा स्थानीय, प्रान्तीय तथा केन्द्रको निर्वाचन गर्न सम्भव नहुने भएपछि गृह मन्त्रालयले निर्वाचनसँग जोडिएको विधेयक प्रस्तुत गरेको हो । राजनीतिक दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा फौजदारी मुद्दामा २ वर्ष वा सो भन्दा बढीको कैद सजाय पाएका व्यक्तिलाई सजाय भोगेको ६ वर्ष नपुगिकन दलको सदस्यता नदिन प्रस्ताव गरिएको छ । सरकारी कर्मचारी र शिक्षकलाई दलको सदस्यता दिन नपाइने, दलले सरकारी सहयोग लिन नपाउने तथा दलको केन्द्रीय समितिका सदस्यले दुई महिनाभित्र आफ्नो सम्पति विवरण पेश गर्नुपर्ने व्यवस्था विधेयकमा छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले दलहरुको आन्तरिक लोकतन्त्र बलियो बनाउन तथा आर्थिकरुपमा दलहरुलाई पारदर्शी बनाउनका लागि राजनीतिक दल सम्बन्धी विधेयक पेश गरिएको बताए । ती विधेयक पारित भएपछि निर्वाचन आयोगलाई निर्वाचन तयारीका लागि आवश्यक मार्ग प्रशस्त हुने विश्वास लिइएको छ । यसअघि ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ माथि सांसद प्रेम सुवाल, अनुराधा थापा मगर र डिल्लीप्रसाद काफ्लेले संयुक्त रुपमा प्रस्तुत गरेको विरोधको सूचनालाई सदनको बहुमतले अस्वीकृत गरेको थियो ।

नेपाल मजदूर किसान पार्टी ९नेमकिपा०का सांसद्ले भने विधेयकमा प्रस्ताव गरिएका व्यवस्था अपूरो रहेको भन्दै विरोधको सूचना पेश गरे । नेमकिपाकी सांसद् अनुराधा थापामगरले नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएका व्यक्तिलाई तथा सीमा भन्दा बढी र विदेशमा सम्पति राख्ने व्यक्तिलाई दलको सदस्यता नै दिन नहुने व्यवस्था नगरिएको भन्दै विरोधको सूचना पेश गरेकी थिइन् ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers