ScotNepal: दशैँ-तिहार लगत्तै ‘प्रचण्ड’ सरकार ढल्ने ३ प्रमुख कारणहरु यस्ता छन !
Loading...
दशैँ-तिहार लगत्तै ‘प्रचण्ड’ सरकार ढल्ने ३ प्रमुख कारणहरु यस्ता छन !

 नेपाली कांग्रेस भित्र सरकारको विकल्प खोजी

९ महिने ‘म्यादी सरकार’ को सज्ञा पाएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार अल्पायुमै ढल्ने संकेत देखिएका छन् । एउटै मुद्धामा सत्तारुढ दल भित्रै देखिएको फरकमत र प्रधानमन्त्री चुनावमा मत दिएका दलहरुले समर्थन फिर्ता लिने तयारीका कारण प्रचण्ड सरकारले आयु पुरा नगर्ने संकेत देखिएका छन् ।
मधेश मुद्धाको समाधानलाई अर्जुन दृष्टि बनाएर गठित प्रचण्ड सरकारलाई सत्तारुढ दल भित्रबाटै असहयोगका श्रृंखला शुरु भएका छन् । यसै पनि प्रचण्ड सरकार ढाल्ने मिसनमा रहेको प्रतिपक्षी एमाले मात्र नभएर कतिपय मुद्धामा कांग्रेसले समेत एमालेसँग स्वर मिसाउनुले यस्तो सम्भावना घनिभुत भएको बुझ्न कठिन छैन । पछिल्लो साता नेपाली राजनीतिमा देखिएका ३ संकेतले प्रचण्ड सरकारले आयु पुरा गर्न कठिन हुने संकेत गरेको छ ।
पहिलो संकेतः समर्थन फिर्ता हुने चेतावनी
प्रचण्डलाई प्रधानमन्त्रीमा भोट दिन संसद छिरेका मधेशवादी दलहरुले अव सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । संविधान संसोधन लगायतका आफ्ना मागमा सरकार गम्भिर नदेखिएको भन्दै मोर्चाले दशैं तिहारपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको हो ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गर्न सरकारले ढिलाई गरेको आरोप लगाउँदै मधेसी मोर्चाले अब धेरै समय पर्खन सक्ने बताएको हो । दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा विश्वस्त हुन नसकेको मोर्चाले सरकारलाई छठसम्म पर्खने तर त्यसपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने र कडा आन्दोलन गर्ने चेतावनी पनि मोर्चाले दिएको छ । संविधान संशोधन विधेयक दर्ता नगराए छठ पर्व सकिनेवित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः आनन्दोलन चर्काउने निष्कर्षसहित मोर्चाका नेता जुटेका छन् । मोर्चाले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार स्वभाविकरुपमा ढल्नेछ ।
दोश्रो संकेतः भारतसँगको सम्बन्ध
भारत भ्रमण गरेपछि संयुक्त बक्तब्यका कारण विवादमा तानिएका प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो समयमा भारत पाकिस्तान तनावले थप झन्झट आइ लागेको छ । भारत र पाकिस्तानबीचको तनावका कारण इस्लामाबादमा आयोजित सार्क सम्मेलन स्थगित नै हुने अवस्था आएपछि अध्यक्ष राष्ट्रकोरुपमा नेपालले निकालेका विज्ञप्तिलाई लिएर प्रतिपक्षी एमाले मात्र होइन सरकारवादी दल कांग्रेस समेत असन्तुष्ट बन्न पुगेको बताइएको छ ।
सोमबार बालुवाटारमा आयोजित तीन दलको बैठकमा सार्क सम्मेलनको विषयलाई लिएर एक सातामा तीन पटक सरकारले वक्तव्य जारी गरेकोप्रति एमालेका उपाध्यक्ष भीम रावलले किन सरकारले गलत बाटो अगाडि बढिरहेको छ भन्ने प्रश्न गर्दै यस्ता गतिविधि रोक्नु पर्ने धारणा राखेका थिए । अनौठो कुरा त प्रतिपक्षी दलका रावलको भनाई सकिनासाथ सभापति देउवाले कुरा ठिकै हो भनेर समर्थन जनाएका थिए । एमाले उपाध्यक्ष भीम रावलले भने,‘नेपालको असंग्न परराष्ट्र नीति भएको कारण कुनै देशलाई समर्थन गरेर विज्ञप्ती जारी गर्न मिल्दैन, यो सरकारको वदमासी हो ।’ परराष्ट्र मन्त्रालय कांग्रेससँगै रहेको भएपनि रावल र देउवाले भारतको समर्थन गर्दै निकालेको विज्ञप्तीप्रति आपत्ति जनाएपछि प्रधानमन्त्री प्रचण्डले यस बारेमा पछि छलफल गर्ने बताएर थामथुम पारेको एक नेताले बताए । सरकारको बचाउमा उत्रिनु पर्ने सत्तारुढ दलले समेत कुटनीतिक मामिला जस्तो विषयलाई लिएर प्रचण्डलाई र्‍याख र्‍याख पार्नुले उनको सरकारको आयु लामो नभएको संकेत गर्छ । यसले सत्तारुढ दल कांग्रेस र एमाले नयाँ सत्ता समिकरको दीर्घकालीन सहमतिको दिशामा उन्मुख रहेको अनुमान विश्लेषकहरुले गरेका छन् ।
तेश्रो संकेतः गगनको बोली
केही दिन अघि मात्र प्रचण्ड सरकारमा रहेका नेपाली कांग्रेसकै मन्त्री गगन थापाले चुनाव नहुने अवस्था आए सरकारको समिकरण फेरेर भएपनि अघि बढ्नु पर्ने अभिब्यक्ति दिएको कुरालाई लिएर मिडिया रंगिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि गगन थापाले भनेका थिए–‘निर्वाचन गर्न सजिलो छैन, हामी दुर्घटनामा जान सक्छौं । शक्ति सन्तुलन बदलेर भए पनि चुनाव गर्नुपर्छ ।’ उनले स्पष्टरुपमा माओवादीसँगको समिकरण तोड्ने नभनेपनि उनको आसय कांग्रेस चुनाव गर्ने शर्तमा एमालेसँग मिलेर जानका लागि कठोर निर्णय लिन तयार हुनु पर्छ भन्ने थियो ।
ओली भेटेपछि मनस्थिति बदलेका गगनले गत शुक्रबार आफ्नो गुटका प्रमुख नेता कृष्ण सिटौलाले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीसँग लामो छलफल गरेको सार्वजनिक रुपमा नै बताएका थिए । गगनले कार्यक्रमममा भनेका ओली र आफूहरुबीच केही भिन्नता र तिक्तता भएपनि संविधानको कार्यान्वयनको विषयमा अरु कुरालाई बिर्सेर एक ठाउँमा उभिनु पर्ने धारणा राखेका थिए । नेपाली हेडलाइनबाट
नेपाली कांग्रेस भित्र सरकारको विकल्प खोजी
प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको बचेखुचेको साख पनि समाप्त पारेको भन्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र) भित्र विवाद उत्पन्न भएको छ । कांग्रेससँग गठबन्धन सरकार बनाएपछि सरकारले लिएको वाध्यात्मक बाटोले पार्टीलाई सिध्याउने अवस्था उत्पन्न भएको भन्दै माओवादी भित्र चर्काे असन्तुष्टि उत्पन्न भएको हो ।
पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले केही ठाउँमा मुखै फोरेर भने पनि एकता प्रक्रियाबाट आएका अर्का वरिष्ठ नेता रामबहादुर थापाले आफू निकट कार्यकर्तासँग गुनासो गर्ने गरेका छन् । विरोध र असन्तुष्टि हुँदा हुँदै पनि संगठनमा पकड कायम गर्न चुप लागेर बस्नु परेको थापाले आफू निकटहरुसँग भन्ने गरेका छन् ।
‘खासगरी राष्ट्रियताको मुद्दामा पार्टी उठ्नै नसक्नेगरी ड्यामेज भयो’ थापा निकट स्रोतले भन्यो, ‘यो सरकारबाट असफल भएर फर्किनु भनेको पार्टी समाप्त हुनु हो । असफल हुने दिशामा चुपचाप अघि बढ्न वाध्य हुनु पर्यो ।’ १० वटा माओवादी समुहबीच भर्खरै एकता भएकाले पार्टी भित्र नयाँ ध्रुवीकरणका लागि अहिले चुप लाग्नु परेको थापाले वताउने गरेका छन् । उनले अहिले अध्यक्ष दाहाललाई सत्ता कसरी निरन्तर कायम राख्ने भन्ने मात्रै चिन्ता भएकाले आफूहरुको ध्यान संगठनमा पकड जमाउने रहेको निकटवर्तीहरुसँग वताउने गरेका छन् ।
थापाले कांग्रेसको अन्तरद्वन्द्व देखाएर र संविधान संशोधनका अन्तरवस्तुको विवादले दाहाल सरकार ढल्न सक्ने पनि आकलन गरेका छन् । पछिल्लो पटक कांग्रेसको कृष्ण सिटौला समुहले आयोजना गरेको चियापान कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले समीकरण परिवर्तन गरेर भए पनि संविधान कार्यान्वयन गर्न लाग्नु पर्ने वताएबाट माओवादी झस्केको हो । यदि मधेसको असन्तुष्टि सम्बोधन गर्ने वाचा सहित बनेको सरकारले त्यसलाई सम्बोधन नगरी सरकारबाट बाहिरिने अवस्था आए माओवादीको ड्यामेज कन्ट्रोल पनि हुन नसक्ने उनी लगायत नेताहरुको निश्कर्ष छ ।
‘राष्ट्रियता विरोधी र भारत परस्त भनेर सार्वजनिक रुपमा लागेको आरोप खण्डन गर्न सक्ने ठाउँ पनि छैन र मधेसको समस्या समाधानमा पनि असफल भएर सरकारबाट फर्किनु पर्ने अवस्थामा पार्टीलाई अनियन्त्रित क्षति पुग्छ’ माओवादीका केन्द्रीय सचिवालयका एक नेताले भने, ‘माओवादीलाई बिटुल्याएर छोड्ने र अर्काे सरकार गठन गरी चुनाव गर्ने अवस्था आए हामी सकिन्छौं ।’
सरकारमा सहयात्रा गरे पनि कांग्रेसले सार्वजनिक रुपमा सरकारको वचाउ नगरेको माओवादी नेताहरुको गुनासो छ । दशैंपछि लगत्तै चुनाव घोषणा गरेर चैतसम्म चुनाव गर्ने वतावरण नबनाए कात्तिकमै सरकार ढल्न सक्ने माओवादीका केही नेताको आकलन छ । मधेसी मोर्चासँग संविधान संशोधनको तीन बुँदे सम्झौता गरे पनि संशोधनका विषयमा कांग्रेस र माओवादीबीच नै कुरा मिल्न नसक्नु सरकार ढल्ने एउटा कारण रहेको उनीहरुको निश्कर्ष छ । सरकारमा रहेका प्रमुख दलले नै साझा धारण बनाएर संविधानमा यो यो संशोधन गर्ने भन्ने कुरा बाहिर नल्याइ संविधान संशोधन नभएको दोष एमालेमाथि लगाएर मधेसी समुदायबीच एमालेलाई बदनाम गर्ने प्रयास पनि अव सबैले बुझ्नेगरी सतहमा आएको छ ।
एमालेले संविधानको कुन प्रावधान किन संशोधन गर्न खोजेको हो औचित्य सहित ल्याउन चुनौती दिएको छ । तर, संविधान संशोधन खासगरी प्रदेशको सीमाङकन हेरेफेर गर्ने विषयमा कांग्रेस र माओवादी नै विपरित ध्रुवमा छन् । संविधान संशोधनका विषयमा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्न कांग्रेसमा रामचन्द्र पौडेल पक्षले माग गरेको छ भने प्रदेशको सीमाङकन हेरफेरका विषयमा माओवादी भित्र पनि असन्तुष्टि छ । यस्तो अवस्थामा दाहाल सरकारले संविधान संशोधनलाई हल्लाको मात्रै विषय बनाएको पुष्टि हुन्छ ।
पूर्ववर्ती ओली सरकार ढाल्दा माओवादीमाथि विदेशीको खेलौना बनेको भन्ने जुन सार्वजनिक आशंका थियो त्यसलाई सोही दलका आन्तरिक फोरमहरुले पनि पुष्टि गर्ने अवस्थामा माओवादी फेरि फूटको संघारमा पुग्ने देखिन्छ । त्यसका लागि नै अहिले भद्रगोल रहेको संगठनमा रामबहादुर थापाले आधिपत्य जमाउँदै आएका छन् । (चक्रपथबाट)
१९ असोज २०७३
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers