ScotNepal: भारतीय सेना पाकिस्तानमा घुसेपछि प्रधानमन्त्री शरीफले बोलाए सुरक्षा परिषद् बैठक
Loading...
भारतीय सेना पाकिस्तानमा घुसेपछि प्रधानमन्त्री शरीफले बोलाए सुरक्षा परिषद् बैठक

भारत-पाक नियन्त्रण रेखामा भारतले सञ्चालन गरेको ‘सर्जिकल स्ट्राइक’ पछि दुई देशबीच बढेको तनावका बारेमा छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले मन्त्रिमण्डल तथा राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन् ।संसदको संयुक्त सत्र यसअघिनै बोलाइसकिएको छ । उता, नियन्त्रण रेखाका दुवै तर्फका सीमा नजिक रहेको गाउँबाट स्थानीयलाई हटाइएको छ ।

शुक्रबार पाकिस्तानको केन्द्रीय मन्त्रिमण्डलको बैठक बोलाइएको छ । जसमा भारत प्रशासित कश्मीरको एजेण्डमा छलफल हुने जनाइएको छ ।प्रधानमन्त्री कार्यालयले बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्री नवाज शरीफले नियन्त्रण रेखाका स्थिति तथा भारत प्रशासित काश्मीरमा भारतको ‘अत्याचार’ बारे चर्चाको लागि मंगलबारको राष्ट्रिय सुरक्षा समितको बैठक बोलाइएको बीबीसीले जनाएको छ ।


राष्ट्रिय सुरक्षा समितिको बैठकमा भाग लिन चारै प्रान्तका मुख्यमन्त्रीको बोलाइएको छ ।भारतले बिहिबार विहान नियन्त्रण रेखामा पाकिस्तान प्रशासित क्षेत्रमा चरमपन्थी बिरुद्ध ‘सर्जिकल स्ट्राइक’ गरेको दाबी गरेको छ । तर, पाकिस्तानले भारतले ‘सर्जिकल स्ट्राइक’ नगरेको तर पाकिस्तानी क्षेत्रमा विना कुनै कारण फयरिङ गरेको जनाएको छ । - news24nepal
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers