ScotNepal: काँग्रेस नेता मिनेन्द्र रिजालले हातमा रक्सी लिदै ‘मेरो बदनाम गर्ने’ भन्दै पूर्वमन्त्री पण्डितको अपमान गरेपछि
Loading...
काँग्रेस नेता मिनेन्द्र रिजालले हातमा रक्सी लिदै ‘मेरो बदनाम गर्ने’ भन्दै पूर्वमन्त्री पण्डितको अपमान गरेपछि

काठमाडौं २३ असोज | डिएफआइडीले आयोजना गरेको महिला सम्बन्धि कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । लाजिम्पाटस्थित साँग्रिला होटेलमा आयोजित कार्यक्रमर्मा ड्रिङ्स ओपन’ भइसकेको थियो । कार्यक्रम चल्दैपनि थियो, कोही भिन्दै बसेर भलाकुसारी गर्दै थिए ।

यस्तैमा पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पुगे । उद्घोषकले पण्डितको प्रंशसा गर्दै स्वागत गरे । लालबाबुले ढिला भएकोमा माफ पाउँ है भन्दै अभिवादन साटासाट गरे । त्यसपछि उनी उपस्थित सबैसँग हात मिलाउँदै अघि बढे । सन्दर्भ हो बुधबार साँझको ।
कुनामा पूर्व शिक्षामन्त्री चित्रलेखा यादव र पूर्वसंचारमन्त्री मिनेन्द्र रिजाल गफिरहेका थिए । पण्डित त्यहीं पुगे । यादब टाढैबाट मुस्कुराइन् । मिनेन्द्र देखेको नदैख्यै गरिरहे । नजिकै पुगेपछि पण्डित र यादवले नमस्कार आदानप्रदान गरे । पण्डितर्ले आराम हुनुहुन्छ ?’ भन्दै रिजालतर्फ हात बढाए । हातमा रक्सीको प्याग लिएका रिजालले हात अघि बढाएनन् । उल्टो पड्किन थालेर्, मेरो बदनाम गर्ने, जे पायो त्यही भन्ने । म हात मिलाउँदिन ।’ अवाँक भएका पण्डितले प्रतिप्रश्न गरेर्, मैले के गल्ती बोले र ? जे बोलेको छु, सत्य बोलेको छु ।’
पण्डितको प्रतिवादपछि रिजाल झनै झोक्किएर्, जथाभावी नबोले हुन्छ । राम्रो हुँदैन । बदनाम गर्न झूटो बोल्ने ?’ पण्डितले फेरि प्रतिवाद गरेर्, के झूटो बोले भन्नोस् न । जे बोलेको छु सत्य बोलेको छु । तपाईलाई लागेजस्तो छ । होसमा हुँदा कुरा गरुँला ।’
मन्त्री भइसकेका दुई विशिष्ट अथितिको भनाभनका कारण कार्यक्रम स्थलमा सबैले मुखामुख गर्न थाले । टाढा रहेका भनि नजिकै झुम्मिए । आयोजकले पण्डितलाई जाउ सर भन्दै अर्को कुनातिर लगे ।
खासमा पण्डित र रिजाल सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा सामान्य प्रशासन र संचार मन्त्री थिए । पण्डितले रिजालसँग पनि अमेरिकाको ग्रिनकार्ड रहेको संचारमाध्यममा संकेत गरेका थिए । कर्मचारीले डिभी पिआर लिन नपाउँने गरि निजामति कर्मचारी ऐन संशोधन गर्ने बहशमा रिजाल विपक्षमा खुलेर लागेका थिए । मन्त्रिपरिषद्मा उनीहरुका बीचमा भनाभनसमेत भएको थियो ।
पण्डित अर्को कुनामा पुग्दासमेत रिजालको रिस मरेको थिएन । उनी पण्डितका कारण आफुहरुलाई समस्या परेको भन्दै पण्डितको अनुहारजस्तै मनपनि कालो रहेको टिप्पणी गरेका थिए । रिजाल नथामिएपछि चित्रलेखा यादवलगायतका उपस्थितले उनलाई भैगो भन्दै थम्थमाएका थिए ।
यसबारे बुझ्नका लागि रिजालसँग गरिएको सम्र्पक प्रयास सफल हुन सकेन । पण्डितले शुरुमा कसरी थाहा पाउनुभयो भन्दै प्रतिप्रश्न गरे । सँगै, रिजालजीलाई नै सोध्न उपयुक्त हुने जनाए ।
नेपालआजबाट
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers