ScotNepal: त्यो रात
Loading...
त्यो रात


कथा
- रमेश दियाली
आश्विन २०, २०७३-
अफिसको काम सकेर सिधै कोठमा आईपुगें । आङ तनक्क तन्काएँ । लामो सास फेर्दै सोफामा थचक्क बसें । पुरै थाकेछु । स्याउको जुस पिएँ । शितल महसूस भयो । लामो सास फेरें । सिगरेट सल्काएँ । धुवा उडाउँदै गर्दा जुत्ताको लेस खोले । चिसो पानीमा नुहाउँन मन लाग्यो । कपडा खोलें । नुहाउँन पसें । सोचें, केही खानु पर्‍यो । अहँ, केहि खान मन भएन । सम्झें, सुत्नु पर्‍यो । बेडमा पल्टें । निन्द्रा पटक्कै लाग्या हैन । यसो घडी हेरें । ९ बजिसकेछ । एकछिन पारिजातको ‘शिरिसको फूल’ किताब पढ्न थालें । एक पाना पढेपछि खासै मन लागेन । हवात्त किताब टेबलमा फ्याँकी दिएँ ।


बिचरा पारिजात । सोचें, फेसबुकमा बस्नुपर्‍यो । धेरै भएको थियो, फेसबुक नखोलेको । नेपालदेखि हिंडेपछि कति साथीहरूसंग कुरा गर्न नै पा छैन । कोही अनलाईन भए आज खुब कुरा गर्नुपर्‍यो । ल्याप्टप खोले । फेसबुकमा युजर नेम र पासवार्ड लगाउँदै गर्दा फेरी अर्को सिगरेट सल्काएँ । साथी भने पनि आफन्त भने पनि साला यहि सिगरेट त छ नि । सिगरेटलाई हेर्दै धुँवा झ्यालबाट बाहिर उडाई दिए ।

जुनेली रातको प्रकाशमा धुँवा त्यो माथि बादललाई भेट्न आतुर थियो । निधारको भाग अलिकति खुम्चियो । ऊभो हेरें । कस्तो पासवार्ड त ईन्करेक्ट भन्छ त ? किईबोटमा औंला हल्लाउँदै गर्दा याद भयो । सेट पासवार्ड त यो पो त “नेपाल २००८ । फेरी लग ईन गरें । फेसबुक ओपन हुना साथ, ह्वाट्स ईन् हिवर माईन्ड भन्छ ? । बेस्सरी रिस उठ्यो ।

सिगरेटको टुक्रा एसट्रेमा रगेट्दै, गर्दा मैले पनि भनि दिएँ । तेरो चै माईन्ड मा के छ नि ? नोटिफिकेसन र मेसेजमा रातो देखी हालें । १४ वटा मेसेज रहेछ । र, २० नोटिफिकेसन । हैन, यो गेम रिक्वेस्ेट कति पठाएको हँ ? सिधै ईन बक्स मेसेजमा क्लिक गरें । हाई...लेखेको रहेछ । सन्दीप क्षेत्रीले । सम्झने कोसिस गरे । को रहेछ यो सन्दीप ? अहँ, मेरो कोही सन्दीप नाम गरेको साथी छैनन् ।

हेलो, अनुको अर्को मेसेज रहेछ ।
अनु ...? फेरी दिमागमा झड्का लाग्यो ।
आ ....जो सुकै होस् । यसलाई चै रिप्लाई गर्नुपर्‍यो । रिप्लाई गरी हालें ।
हेलो, अरू मेसेजहरू पनि हेर्दै जान थालें । प्रज्ववलध्वज राणाले पनि सम्झिन भ्याएछ । टाउको हल्लाउँदै मनमनै यसो भनें, सम्झिन्छ केटाले । फोन नम्बर मागेको रहेछ । नम्बर छोडि दिएँ । अनुको म्यासेजको पर्खाईमा बसें ।

पटक्कै रिप्लाई गर्‍या हैन । घडी हेरें । १ घण्टा भईसक्यो । अत्तोपत्तो छैन । अब सुत्नुपर्‍यो भन्दै गर्दा प्रोफाईल चेक गर्न मन लाग्यो । कभर फोटो त बच्चाको पो छ । सोचें बिबाहित होला । मुख लोपारें । बुढो चै बिदेशमा होला । हामी जस्तो कन्या केटाहरूलाई लाईन मार्छे । कति न भर्जिन भए झैं । अझ जान्न मन लाग्यो । एबाउटमा किलिक गरें । डिसेम्बर८, १९८८ बोन डेट रहेछ । केटी त कलिलै छें ।

करेन्ट सिटी काठमाण्डु उल्लेख गरेकी थिई । प्रोफेसनल स्किल त खासै केहि थिएन । स्टास पनि सिंगल छ । फेरी यो बच्चा ?? फोटो हेर्नुपर्‍यो भन्दै गर्दा टिङटिङ आवाज आयो । उसैको मेसेज रहेछ । हल्का हाँसे । साईड बाट । सिगरेट सल्काएँ । नमस्ते लेखें । उताबाट नमस्कारको ईमो पठाईन । तिम्रो म्यूजिक भिडियो हेरेको थिए । राम्रो लाग्यो । त्यसैले फेसबुकमा सर्च गरेर एड गरेको । नाम ?

उसले लेखिन । मैले पनि लेखिदिए, समीर ।
अनि फेसबुकमा त अर्कै छ त ? फेरी सोधिन ।
साथीहरूले जिस्काउने नाम हो , “झापाली केटो“
अनि तिम्रो ? मैले सोधें ।
अनु...
अनु के नि ? लाष्ट नेम छैन ?
अहिलेको जमानामा पनि जात सोध्ने ?
तिमी त पुरै रेसिस्ट रहेछौ । सोचे जति स्मार्ट रहेनछौ । रिप्लाई गरिन । सरी लेख्दै डिलिट गरें । के लेखौ ? के लेखौ भो ? सोधेको मात्र । नरिसाउन यार । जवाफ फर्काएँ । ईट्स ओ के । रिप्लाई गरिन । “प्रेम नबुझिदिनेहरू लाई प्रेम गरेर समय बर्वाद नगरेकै राम्रो , प्रेम उसैलाई गर जसले तिम्रो प्रेमलाई कम्तीमा पनि बुझिदियोस्’


रातो गुलाबको फोटो सहित फेसबुकको वालमा स्टाटस लेख्न भ्याई सकिछ । क्रेडिट साया उपन्यासलाई दिएकी थिन । मैले पढें । खुब पढें । लाईक पनि गरें । घर कहाँ नि ? मैले सोधें । सुकेधारा काठमाण्डु । तर अहिले चै त्यहाँ बस्दिन । पोखरामा बस्छु । रिप्लाई गरिनँ । अनि तिम्रो ? वासिङटन सियाटल भनिदिएँ ।

उसले थम्स अपको ईमो सेन्ट गरिन् । सोध्न मन लागेको थियो,
तिमी बिबाहित हौ ? अहँ, सोधिनँ । अनि त्यो बच्चाको फोटो चैं ? त्यो पनि सोधिन । “हाम्रो शरिरको सब भन्दा सुन्दर वस्तु नै मन हो । मनमा माया भए पछि प्रेम आफै हुन्छ । उनको स्टाटसमा कमेन्ट पनि लेखें । मेरो कमेन्टमा लाईक गरि । फेरी मेसेज गरि, के गर्छौ युएसमा ?
ग्राफिक डिजाईनको स्टुडेन्ट हो । उत्तर दिएँ
तिमी चैं के गर्छौ ? मैले सोधें ।
जवाफ फर्काई, आकाशमा उड्छु ।
छक्क परें, निधारको भाग अलिकति खुम्चियो । सिगरेट फ्यात्त भूईमा झर्‍यो ।
के भनेको ? फेरी सोधें ।
बुद्ध एयरलाइन्समा एयर होस्टेज गर्छु । सिधा उत्तर दिई । सिरियस्ली ? मैले लेखें । एयर होस्टजको ड्ेरससंगै क्याप्टेनसंगको सेल्फि फोटो सेन्ट गरि । वाओ नाईस् ...लेखें ।


रमाईलो हुन्छ होला है ? आकाशमा उड्दा ? जिज्ञासु सहित प्रश्न गरें । सधैँ आमाले भन्नु हुन्थ्यो, “छोरी पढी लेखी ठूलो मान्छे बन्नुपर्छ । ठूलो मान्छे कस्तो हुन्छ मलाई थाहा थिएन । बाबाको स्वर्गवासपछि आमाले नै दु:ख गरेर आज म यो ठाउमा छु । बैशाख १२ गतेको भूकम्पले दाईको सानो छोरीलाई पुयो । त्यो तोते बोली अझै पनि मेरो कानमा गुन्जिरहन्छ । मेरो फेसबुकको कभर फोटोमा राखेको छु । हेर न । मैले हेरी सकेको थिए तर मैले भनिनँ । मेरो सानैदेखीको सपना खुल्ला आकाशमा पन्छी झैँ उड्ने । आज सानोमा देखेको सपना पुरा गर्दैछु ।

तिमीसंग कुरा गरेर खुसी लाग्यो । भोली बिहानै जोमसुमको फ्लाईट छ । नमरी बाँचे फेरी कुरा गरौंला । उनको अन्तिम मेसेज पढ्दै गर्दा मन भारी भएर आयो । शुभ यात्राको मेसेज सेन्ड गर्दैगर्दा अफलाईन भई । रात निक्कै छिप्पीसकेको थियो । म पनि फेसबुक साईन आउट् गर्दै चुरोट सल्काएँ । दुई सर्को ताने र फ्याँकी दिए । अब सुत्नुपर्‍यो । टाउको दुख्ला दुख्ला झैँ भयो । आँखा बन्द गरि सुत्ने प्रयास गर्दा गर्दै निदाएछु ।

मलाई अलार्मले घरिघरि हिर्काउन थाल्यो । बिहानको १० बजिसकेछ । जुरूक्क उठ्दै गर्दा फोनको रिँ बज्यो । उहि प्रज्वलध्वज राणा रहेछ । न्युयोर्कमा होटेल ब्यबसायी गर्छ । हामी ११ र १२ संगै पढेको । एक हिसाबले मेरो मिल्ले साथी पनि हो । फोन उठाएँ । नेपालमा बुद्ध एयरलाइन्स दुर्घटना भयो रे ? ओ सेट ‘हो र ? मेरो बहिनी पनि थिई, भन्दै गर्दा फोन काटे र हतार हतार अनलाईन समाचार हेरें ।

ब्रेकिङ न्यूज “बुद्ध एयरलाइन्स दुर्घटना ग्रस्त । इकान्तिपुरमा समाचार आएको थियो । “पोखराबाट जोमसोमको लागि उडेको ढब्(ब्व्इ भएको बुद्ध जहाज आज ८ बजेर १५ बजे दुर्घटनाग्रस्त अवस्थमा फेला परेको छ । जहाजमा सवार २० यात्रु , ३ चालक र एयर होस्टेज अनुको मृत्यु भएको छ ।

ओ, माई गड्
ओ माई गड् । मेरो बोली नै बन्द भए झै भयो । आँखा पोल्न थाल्यो । पानी घट्घट् पिएँ । सिगरेट सल्काएँ । धुवाँभित्र लिदै बाहिर फयाँके । लामो स्वास लिदै फेसबुक खोलें । सिधै उनको फेसबुक वालमा गएँ । हरियो एयर होस्टेजको ड्रेसमा मुसुस्क हाँसेर नमस्कार गरेको तस्वीर सहित स्टाट्स लेखेको थिई । “आज जोमसोमको हावामा खुब रमाउन मन छ । ३ क्याप्टेन सहित २० यात्रु र म उड्दै छु । फोटो हेरें । हातको औला थररर काँप्यो । शरिर लल्याकलुलुक भयो । मुख सुकेछ । दाहिने हातको औंला आँखामा अघि पुगेछ । आँसु थामिएन । रोएछु । घुटुक्क थुक निलें ।

उनको फोटोमा श्रद्धा सुमन दिदै थिएँ । रिप अनु । यु आर ईन् आवर हार्ट । कसैले दुखद घटना भन्दै थिए । कसैले राष्ट्र र क्याप्टेनलाई दोष दिदै थिए । म अन्योलमा परें । म कसलाई दोष दिउँ ? यो संसारमा जे सोच्यो त्यो हुन्न रहेछ । जे हुन्छ त्यो एउटा घटना बनेर अनन्त सम्म पिरोलीरहने रहेछ । हामीले कुनै कल्पनै गरेका हुन्नौं ।

हो, त्यही कल्पना नगरै कै कुरा वास्तबिक र यथार्थ हुँदो रहेछ । यो माया भन्नै शब्द नै कस्तो नमिलेको जस्तो लाग्छ । बर्षौसम्म देखादेख भएर पनि माया बस्दैन तर कहिल्यै नदेखेको मान्छेको यति धेरै माया लाग्छ । कहिलेकाहि उकालो हिंड्दै गर्दा थकित भएर लठ्ठीको सहारा लिन्छौं । जब उकालो सकियो, लठ्टी फँयाक्न माया लाग्छ । साँच्चै माया भन्नै चिज नै यस्तै, अजीब । जीवन यात्रामा थुप्रै सम्बन्धहरू जोडिन्छन् । र टुट्छन समयसंगै ।

तर, केहि यस्ता सम्बन्धहरू छन् जुन चाहेर पनि मेटिदैन । बाँचिरहन्छन् जीन्दगीभरि, अनन्त सम्म । एउटा अमर छाप बनेर । ढुंगामा खोपिएको अक्षर झैं । सम्बन्ध त हाम्रो बिचार, भावनाले पो बनाउँदो रहेछ । ‘अल बिदा अनु ।’ ‘आत्माले शान्ती पाओस् ।’ सिगरेट सल्काउँदै गर्दा फेसबुक साईन आउट् गरें ।
प्रकाशित: आश्विन २०, २०७३
- कान्तिपुर साप्ताहिक बाट साभार : 

Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers