ScotNepal: हङकङमा नेपाली युवाबीच ग्याङ्ग फाइट, प्रहरीले हान्यो चार राउन्ड गोली हानेपछि…
Loading...
हङकङमा नेपाली युवाबीच ग्याङ्ग फाइट, प्रहरीले हान्यो चार राउन्ड गोली हानेपछि…

आश्विन १६, हङकङ / हङकङमा बस्दै आएका नेपालीहरुबीच आइतबार बिहान ग्याङ फाइट भएको छ । बिहानै भएको ग्याङ फाइटका क्रममा त्यहाँस्थित प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन चार राउन्ड गोली हानेको छ । हङकङको जोर्डनमा आइतवार बिहान ६ बजेको समयमा नेपाली युवाहरुबीच छुरा हानाहान भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली हानेको हो ।

दुई नेपाली समूहबीच ग्याङ फाइट भइरहेको खबर ट्याक्सी ड्राइभरले दिएपछि प्रहरी तत्कालै घटनास्थलमा पुगेको थियो। प्रहरी पुगेपछि पनि नेपाली युवाहरुबीच छुरा हानाहान भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाउँदा दुईजना गम्भीर घाइते भएका हुन्। उनीहरुलाई तत्कालै उपचारका लागि क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीले चलाएको गोली एकजनाको कम्मर र खुट्टामा लागेको छ । अर्काको युवाको पाखुरामा गोली लागेको बताइएको छ । उनको टाउकोमा पनि छुराले गहिरो चोट लागेको बताइएको छ । घटनामा संलग्न युवाहरुको परिचय खुलिसकेको छैन । तर उनीहरु हङकङ आइडी होल्डर नेपाली रहेको त्यहाँस्थित एचके अन सीसीले उल्लेख गरेको छ । कारोबार दैनिक
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers