ScotNepal: आउनुहोस् ! आँखा खोलेरै मरौँ !
Loading...
आउनुहोस् ! आँखा खोलेरै मरौँ !

सरगम भट्टराई 

धेरै भएको छैन, पत्रकार (भन्नै पर्यो ) ऋषि धमलाले आफ्नी छोरीको पास्नीमा राज्यका उच्च पदस्थ नेता, कर्मचारी (त्यो पनि भन्नै पर्यो, वास्तवमा हैनन् , दुराचारी भन्न नमिल्ने !) सहित दुई तीन सय मान्छेलाई बोलाएर धुमधाम भतेर खुवाएको ।
बेला-बेलामा सर्वहारा वर्गका नेताहरुले आफ्ना छोरा छोरीको बिहेमा नोटै नोटको माला लगाएको पनि हामीले देखेकै हो । बाहिर सादगीको प्रचार गरेर भित्र भट्टीमा रमाउनेहरु धेरै छन्, नयाँ नेपालमा ।

बिडम्वना भन्नुपर्छ : गरीबी निवारणका बैठक र तालिम तारे होटलमा र भुकम्पपीडितका नाममा विदेश शयर गर्ने पवित्र समाजसेवीहरु भएको देश पनि हाम्रै हो, अनाथालयमा बसालेर धर्म परिवर्तन गराउने कथित समाजसेवी पनि हामीमध्ये बाटै हौँ ।

राजनीतिमा भ्रष्टहरु हावी भैरहेका छन्, जसको जीवनस्तर आम जनताकोभन्दा हजारौँ गुना राम्रो छ । ती भ्रष्टहरुको खर्चको त कसले हिसाब किताब राख्न सकोस् र ? जे होस् तिनीहरुले पाल्ने डन या गुन्डाहरुलाई पाल्ने खर्चले कुनै बस्तीको भोकमरी टर्छ होला । तर भ्रष्टहरुबाट के नै आश गर्ने र ?
हामी राजनीति देख्दादेख्दै वाक्क भएकाहरुले राजनीतिलाई दोष दिईरहँदा आफ्नो काजनीति परिवर्तन गरेनौं भने समाज परिवर्तन कसरी होला र ?

मैले सोच्दा सोच्दै केहि ठम्याउनै सकिन ।

यसो सोचेँ : संसारमा एक दिनमा कति मान्छेको जन्मदिन पर्छ होला ? संसारमा कति मान्छेको बिहेको बर्षगाँठ पर्यो होला आज ? कति मान्छेहरुले आज जन्मदिन र एनिभर्सरी मनाउन कति धेरै फजुल खर्च गरे होलान् ?

यसो भनेर मैले मान्छेको नीजि जीवनमा हस्तक्षेप गर्न खोजेको चाहिँ पक्कै होईन ।

मेरो मष्तिष्कमा आँधिबेहरी चल्यो । मान्छेहरुले पार्टीमा कति पैसा खर्च गरे होलान् भनेर होईन, नेपालका गल्ली गल्लीमा प्लाष्टिक बटुल्दै पूरा मेहनत गरेर आधा जिन्दगी बाँचेकाहरु सम्झेँ । अनाथालयका टुहुरा नानी बाबुहरु सम्झेँ । बृद्दाश्रमका त्यागिएका आमा बाबुहरु सम्झेँ । हिमालका भोकमरीले ब्यग्र नेपाली मनहरु सम्झेँ । तराईको दक्षिणी भागको गरीबी सम्झेँ । कर्णालीको भोकमरी सम्झेँ ।

सोचाई फराकिलो बनाउँदै जाँदा अफ्रिकामा खाना नपाएर कुपोषणले मर्नै आँटेका मान्छेलाई कतिखेर मर्छ भनेर गिद्धले कुरिरहेको दर्दनाक दृष्य सम्झेँ, पानी नपाएर हिले खाल्डोबाट पानी पिएको तस्विर सम्झेँ ।

म पीडाबोधले नतमस्तक भएँ ।

मलाई मैले दुई छाक मिठो मसिनो खाएको पनि कता कता अपराध गरेको जस्तो लाग्यो । आफूले लगाएको लुगा पनि धेरै महंगो लाग्यो । मैले बेईमानीको मानो अहिलेसम्म खानुपरेको त छैन तर पनि आफूजस्तै मान्छेहरु भोकै बसेको/देख्दा सुन्दा मन अमिलो भयो । संसारमा
मौलाउँदै गएको विलासिता सम्झेर मन खिन्न भयो । आखिर मान्छे किन निर्दयी बनिरहेको छ ?

तर पनि आफूलाई भन्दा देश र समाजलाई ठूलो ठान्ने सहिदहरु र सच्चा समाजसेवीहरु र च्यारिटीमा मान्छेहरुले गर्ने दान देख्दा/सम्झँदा मन शितल भो ।

एउटा तितो सत्य मेरै आँखा अगाडि आएर लम्पसार पर्यो ।
पछिल्लो रिपोर्टअनुसार अहिले पनि संसारका केवल ६२ जना खर्बपतिहरुसँग संसारभरीका पचास प्रतिशत गरीबहरुसंग भन्दा धेरै सम्पत्ति छ ।
अक्सफामकाअनुसार सन् २०१६ को अन्त्यसम्म संसारका १ प्रतिशत धनी मान्छेको हातमा हुने सम्पति संसारको आधा जनसंख्याको भन्दा बढी हुनेछ ।

तथ्यांकहरु हेर्नै, पढ्नै पर्दैन हामी घर बाहिर निस्के पुग्छ । सडक पेटी, पाटी-पौवा र मन्दिर छेउछाउ र बृद्दाश्रम तथा अनाथाश्रम हेरे पुग्छ, कहालीलाग्दो अवस्था हाम्रै आँखा अगाडि छ ।

अब के गर्ने ?

मानव जीवन सर्वोत्तम जीवन हो । हामी नै चेतनामा सबैभन्दा अब्बल छौँ । तर बढ्दै गएको मै खाऊँ मैं लाऊँ प्रवृत्तिले एकले अर्कालाई सहयोग नगर्ने कारणले गर्दा हिंसा भड्किरहेको छ ।

एकपटक छातीमा हात राखेर सोचौँ त ? हामीलाई एकछिन मात्र खाना, पानी नपाउँदा कस्तो लाग्छ ?

एक पटक विचार गरौँ त ? हामी टुहुरा भएको भए, हाम्रा कोहि आफन्त नभएर अनाथाश्रममा बस्न परेको भए ? वृद्धाश्रममा बस्न परेको भए ?



आँखा चिम्लेर सोचौँ त ? कुपोषणले ग्रस्त भएर हामी मर्न लाग्दा काग र गिद्धले हामीलाई कतिखेर मर्ला र खाउँला भनेर कुरिरहेको भए ?

मैले मेरो तेस्रो आँखाले हेरेँ, अत्यन्तै भावुक भएँ र अबदेखि केहि न केहि अवश्य रोग, भोक र शोकमा परेकालाई सहयोग गर्ने प्रण गरेँ । फजुल खर्च गरेर जन्मदिन नमनाउने प्रण गरेँ ।

किनकी भोलि के हुन्छ कसलाई थाहा छ र ? भोलि हामी वृद्धाश्रममा वा हाम्रा बालबच्चा अनाथाश्रममा पनि हुन सक्छन् ।

अरुलाई मात्र दोष नदिऊँ । आफूले सक्ने सहयोग गरौँ । जन्मदिन, विवाह, बर्षगाँठ, बरु बृद्दाश्रम र अनाथाश्रममा मनाऊँ । नियतीले ठगेका ती वृद्धवृद्धा र बालबालिकाहरुले आँखामा खुसी संगालेर तपाईलाई हेप्पी बर्थडे, हेप्पी वेडिंग एनिभर्सरी डे भन्दा तपाई खुशीले रुनुहुन्छ । जहाँ तपाईले पार्टी प्यालेसमा या घरमा गर्ने खर्च भन्दा आधा खर्चमै सानदार रुपमा सम्पन्न हुन्छ ।

आउहोनुस्, ज्ञानको आँखा खोलेरै मरौँ । आफ्ना लागि मात्र हैन कमसेकम बर्षमा एक दुई दिन त अरुका लागि बाँचेर हेरौँ ।

हामी जुनसुकै धर्म मान्ने भए पनि सबैभन्दा ठूलो धर्म यहि हो । आऊनुस ! एकपटक टुहुरा र त्यागिएका अनि भोकाएका र रोगाएकाबारे ‘आफू ‘ बनेर सोचौँ । पक्कै तपाईको मन बदलिने छ, जस्ले संसार बदल्न शुरु गर्ने छ, तपाई हामीलाई अमरत्व प्रदान गर्नेछ ।
– भृकुटी – ६ कपिलवस्तु
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers