ScotNepal: रेखा थापा मंसिरकै पहिलो साता विवाह बन्धनमा बाँधिने भइन !!
Loading...
रेखा थापा मंसिरकै पहिलो साता विवाह बन्धनमा बाँधिने भइन !!

काठमाडौं, १९ असोज । चर्चित नायिका रेखा थापाले यही मंसिरमै नयाँ घरजम गर्ने भएकीछिन् ।

बुधबार रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा नायिका थापाले भनिन्,‘यही मंसिरमै घरजम गर्दैछु, यसको सम्पूर्ण तयारी भैसकेको छ ।’ हुने वाला पति को हो त भन्ने जिज्ञासामा भने नायिका थापा मौन रहिन । उनले अघि थपिन्,‘नाम अहिले नभनौं, तर उहाँ चलचित्र क्षेत्र बाहिरको मान्छे हो, अरु त विहे पछि थाहा भैहाल्छ नि ।’

हुन त नायिका थापाले यसअघि पनि आफू विगतलाई सम्मान गर्दै अर्को बिहे गर्ने तयारीमा रहेको बताएकीथिईन । चर्चित हाँस्यकलाकार हरिवंश आचार्यले दोस्रो घरजम गरेलगत्तै उनले यस्तो प्रतिक्रिया दिएकीथिईन,‘मेरो पनि चाहना छ, एउटा माया गर्ने श्रीमान् होस्, काखामा वच्चा होस्, रमाईलो परिवार होस्, मिति नै तोक्न त सक्दिन तर अर्को बिहे चाहिं गर्छु ।’

त्यतिमात्रै होईन, उनले छविराज ओझासँग आफ्नो विहे नभएको समेत दाबी गरेकी थिईन । ओझाले नवनायिका शिल्पा पोखरेलसँग यही दशैंको टिकाको साईतमा विहे गर्ने खबर बाहिर आईरहेको वेलामा नायिका थापाले पनि आफूपनि विहेको अन्तिम तयारीमा जुटेको खुलासा गरेकी हुन् । उनका अनुसार विहे भने मंसिरको पहिलो हप्तामै हुनेछ ।

तस्विर सौजन्य : ग्ल्यामर नेपाल
- स्रोत : रिपोर्टर्स नेपाल डटकम
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers