ScotNepal: बिश्वकै कठिन र चुनौतीपूर्ण पेट्रोलिङमा नेपाली सेना तेस्रो : पुरा हेर्नुहोस !!
Loading...
बिश्वकै कठिन र चुनौतीपूर्ण पेट्रोलिङमा नेपाली सेना तेस्रो : पुरा हेर्नुहोस !!

संसारकै सेनाका लागि कठिन र चुनौतीपूर्ण मानिएको बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा सञ्चालन भएको क्यामब्रियन गस्ती (पट्रोलिङ) प्रतियोगितामा नेपाली सेनाले तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
नेपालसहित २० देशको सहभागिता रहेको उक्त प्रतियोगितामा १२० सैनिक टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ। बेलायती सेनाको टेरिटोरियल आर्मीले ५५ वर्षअघि सुरु गरेको क्यामब्रियन पट्रोलका क्रममा दलदले हिलोयुक्त भूमिमा ४८ घन्टाको समयसीमा भित्र ८० किमी क्षेत्रको गस्ती (पट्रोलिङ) गर्नुपर्ने हुन्छ।
उक्त प्रतियोगितमा विभिन्न सैनिक अभ्यास समेत समावेश गरिएको हुन्छ । सो प्रतियोगितामा नेपाली सेनाले विश्वमै व्यावसायिक, अनुशासित, कर्तव्यपरायण र साहसिक सेनाका रुपमा ख्याति कमाउँदै आएको छ।
पेसागत प्रतियोगिता २०७३ अभ्यासमा प्रथम भएको श्री दुर्गाबक्स गणलाई उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली सेनाले छनोट गरी पठाएको थियो। उक्त प्रतियोगिता असोजको तेस्रोसाताबाट प्रारम्भ भई कात्तिकको पहिलो सातासम्म चलेको थियो।
प्रतियोगितामा नेपाली सेनाका तर्फबाट उपसेनानी प्रज्वल खनालको नेतृत्वमा आठ सदस्यीय टोली सहभागी थियो। संसारकै सेनाका लागि अत्यन्त कठिन तथा चुनौतीपूर्ण मानिएको उक्त प्रतिस्पर्धात्मक पट्रोलिङमा पाएको सफलतासँगै नेपाली सेनाले अवलम्बन गर्दै आएको तालिम–नीति अब्बल रहेको प्रमाणित भएको नेपाली सेनाले जनाएको छ।
उक्त प्रतियोगितामा उच्च पेसागत दक्षता प्रदर्शन गरेको नेपाली सेनाको टोली काश्य पदक प्राप्त गरी स्वदेश फर्केको छ। अन्तर्राष्ट्रियस्तरको यस्ता सैनिक अभ्यासको सहभागिताबाट नेपाली सेना र अरु देशका सेनाबीचको सम्बन्ध अझ सुमधुर तथा प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ।
१० कार्तिक २०७३
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers