ScotNepal: बिहिबार २७ असोज / अक्टोबर १३ को राशिफल सबैको दिन शुभ मंगल रहोस
Loading...
बिहिबार २७ असोज / अक्टोबर १३ को राशिफल सबैको दिन शुभ मंगल रहोस

आजको राशिफल – वि.सं. २०७३ साल असोज २७ गते। बिहीबार। इश्वी सन् २०१६ अक्टोबर १३ तारिख।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
Ariesलाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
Taurusकामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। नोकरी र राजनीतिमा पनि समय चुनौतीपूर्ण नै देखिन्छ। तापनि समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। लगनशीलताले नाम र दाम दिलाउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को
, ह Geminiभाग्योन्नतिको समय छ। सानो प्रयत्नले दिगो लाभ हुने काम बन्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै प्रयत्नले दोहोरो लाभ दिलाउन सक्छ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक वा मंगलमय कृत्य सम्पादन हुन सक्छ। व्यवसायमा पनि मनग्य लाभ हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
Cancerअरूका काममा समय खर्चनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
Leoभौतिक साधनले मन लोभ्याउन सक्छ। सोख तथा मनोरञ्जन ले खर्च बढाउनेछ भने जीवनशैलीमा परिवर्तन पनि आउनेछ। प्रियजनसँगको भेटघाटले आनन्द मिल्नेछ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यावसायिक यात्रा सम्भावना छ। केही आम्दानी भए पनि सोचेको लाभांश तत्काल नमिल्न सक्छ। विवादबाट टाढै बस्नुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
Virgoकाममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। फजुल खर्च बढ्नेछ भने ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
Libraअध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
Scorpioपहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। आत्मीयजनसँगको भेटघाटले आनन्द दिलाउनेछ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट पनि लाभ हुनेछ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन तथा रचनात्मक काममा रुचि बढ्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
Sagittariusसमयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पुरानो समस्याले झमेला निम्त्याउन सक्छ। सहयोगीहरूले हात झिक्नाले पनि काममा विलम्ब हुनेछ। फजुल खर्च बढ्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। कृषिमा कामको चाप बढ्न सक्छ। काममा आंशिक लाभ मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
Capricornआम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक कार्यमा रुचि बह्द्नेछ। विचार अभिव्यक्तिले ख्याति बढाउला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
Aquariusनयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
Piscesपहिलेका गल्ती सच्याउने मौका छ। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। बलजफ्तीले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ।
साभार – नेपालीपात्रो डटकम
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers