ScotNepal: 'लाज' नै निलम्बन गरौं भनेपछि संसदमा लाजले यसरी झुके महरा (भिडियो)
Loading...
'लाज' नै निलम्बन गरौं भनेपछि संसदमा लाजले यसरी झुके महरा (भिडियो)

काठमाडौं, १६ असोज–संसदको नियमावली निलम्बन गरी यसअघि आफैंले फेल गराएको बजेट आश्रित विधेयक ल्याएका अर्थमन्त्री कृष्णबहादुर महरासमक्ष एमाले सांसद अग्नी खरेलले महराको लाज पनि निलम्बन गर्न प्रस्ताव राख्दा संसदमा महरा झन् लजाउन पुगे । माओवादी सम्मिलित पूर्ववर्ती सरकारले ल्याएको विधेयक आफैंले असफल गराई पुन त्यही विधेयक ल्याउन संसदको नियम निलम्बन गराएका महरालाई खरेलले लाज पनि निलम्बन गर्न प्रस्ताव राखेका थिए ।

खरेलले यस्तो प्रस्ताव राखेपछि संसदको अघिल्लो लहरमा बसेका महरा रातोपिरो भए । बजेटको मुल विधेयक पारित भइसकेपछि पूर्ववर्ती ओली नेतृत्वको सरकार ढाल्न संसदमा अविश्वासको प्रस्ताव राखेको माओवादीले बजेट आश्रित विधेयक भने फेल गराएको थियो । क्याविनेट बैठकबाट आफैंले पारित गरेको भए पनि त्यसको विपक्षमा संसदमा मतदान हुनुअघि रोष्ट्रममा उभिएर बोल्ने माओवादी नेता वर्तमान अर्थमन्त्री महरा नै थिए । उनले त्यसबेला बजेट आश्रित ती विधेयकलाई समाजवादी पनि नभएको र पूजीवादी पनि नभएकोले खिचडी भन्दै आफूहरुले विपक्षमा मतदान गर्ने घोषणा रोष्ट्रमबाट गरेका थिए । तर, अर्थमन्त्री भएपछि संसदको नियमावलीले एक पटक फेल भएको विधेयक त्यही अधिवेशनमा प्रस्तुत गर्न नपाइने संसदको नियमावली निलम्बन गर्दै महराले सोही विधेयक संसदमा प्रस्तुत गरेका थिए ।

तपाईहरु किन आफ्नै खुट्टामा अल्झेर लडेको भन्या ? अर्काले लडाएको त होइन । हिजो के भएको थियो र फेल गर्नु भो ? आज के भएर नियम निलम्बन गरी गरी त्यही विधेयक ल्याउँदै हुनुहुन्छ ?

नियम निलम्बन यसअघि संसदमा अल्पमत बहुमतबाट नगरिएको भए पनि सभामुख ओनसरी घर्तीले माओवादी कार्यकर्ताकै भूमिका निर्वाह गरी बहुमतबाट नियम निलम्बन गरेकी थिइन् । सत्ताको निकृष्ट लालसामा जेससुकै पनि गरेर देश विरुद्ध अपराध गर्ने माओवादीको चरित्रमाथि संसदमा खरेलले प्रहार गर्दा महरा रातो मुख लगाएर निहुरिन वाध्य भए ।

संसदमा खरेलले भनेः
म यहाँ बोल्न आइरहेका बेला एकजना पत्रकार साथीले एउटा एसएमएस पठाउनु भएछ–लाज भन्ने शब्द पनि नेपाली डिक्सनेरीमा छ त्यसलाई पनि निलम्बन गर्न पाए कस्तो हुन्थ्यो भनेर । मलाई अर्थमन्त्रीजीसँग आँखा जुधाएर कुरा गर्न मन लाग्यो– त्यो लाज भन्ने शब्द डिक्सनेरीमा साँच्चै छ, के गर्ने होला अव ? त्यसलाई निलम्बन गर्ने कि कहिलेकाहीँ लाज लाग्ला भनेर बाँकी राख्ने ? किनभने लाज त भइरहन्छ, अव के गरौं ?

भिडियो हेर्नुस्


मैले किन कुरा उठाउँदैछु भने, नियम निलम्बन गर्दा यसअघि सहमतिपूर्वक नै गरिन्थ्यो, संसदको इतिहास हेर्नुस् । हामी आफूलाई संसदीय प्रणालीका बहुतै जानकार र बफादार ठान्छौं, त्यस्तो ठान्ने मान्छे छौं क्यार सायद यहाँ । संसदीय प्रणाली भन्ने वितिक्कै मनमा चसक्क घोच्ने मान्छे पनि छौंक्यारे यहाँ । तर, आज यहाँ बहुमत र अल्पमतले नियम निलम्बन गर्दैछौं ।

अर्थमन्त्रीजी नियमावली त निलम्बन गर्नु भो, लाज भन्ने शब्द डिक्सनेरीमा छ त्यसलाई पनि निलम्बन गर्ने कि, के गर्ने होला अव ? लाज त भइरहन्छ, अव के गरौं ?

हामीले त्यतिखेर भनेका थियौं–अप्ठ्यारो पर्छ है यो बाटो नहिंडौं । सरकारमै रहेका दल थियो माओवादी । उसले क्याविनेटबाट पास गरेका विधेयक हुन् यी । हाउसमा प्रस्तुत गरेर एउटा चरणमा गइसकेका थिए । राजनीतिलाई एउटा चरणमा लैजानु भयो, तर यसलाई पास गरेर केही बिग्रने थिएन ।
वर्तमान अर्थमन्त्रीले विधेयक फेल गर्न जे तर्क यही रोष्ट्रममा बसेर गर्नु भएको थियो, तपाईं आज त्यसैको फन्दामा पर्नु भयो कि भएन ? हामी त हिजै भन्दै थियौं । अनि किन आफ्नो खुट्टामा अल्झेर आफैं लडेको भन्या ? तपाइहरुलाई अर्काले लडाएको त होइन । हिजो के भएको थियो तपाईंहरुलाई र फेल गर्नु भो ? आज के भएर नियम निलम्बन गरी गरी त्यही विधेयक ल्याउँदै हुनुहुन्छ ?  - चक्रपथ बाट 

Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers