ScotNepal: विजया दशमीको शुभकामना
Loading...
विजया दशमीको शुभकामना

संझना पौडेल

नेपाल पूर्वीय दर्शनको अध्यात्मिक र जीवन्त संस्कृति धरोहरको केन्द्र रहेको भन्दै हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्छ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं ।असत्यमाथि सत्यको विजय हो दसैं । असुर अर्थात् विध्वंसात्मक वृत्तिमाथि सुर अर्थात् सिर्जनात्मक वृत्तिले पाएको विजयको चिरस्मृति हो दसैं । आपसी भाइचारा, एकताको मेलमिलाप हो दसंै । सांस्कृतिक सहिष्णुता र अन्तरघुलन नेपाली समाजमा पाइने सद्भाव र अन्तरसम्बन्धको प्रतीक हो दशैं । यस पर्वमा नेपालीहरूले जेठोबाट टीका थाप्ने र शुभकामना साट्ने परम्परा रहि आएको छ । नेपाली समाजको धैर्यशील र मिलनसार चरित्रले फैलाउनेआधार हो दसैं । नेपालको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका प्रतिक हो दसैं ।राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भावको आधार हो दसैं । कुनै धर्म र समुदायविशेषको मात्र नभएर सारा सारा सम्पुर्ण नेपालीहरुको पर्वकोदशैं। परिवारका सबै भेला भइ ठूलाको आशीर्वाद लिने परम्परा हो दसैं। विजयादशमी,भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको प्रतिक हो । यहि उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन हो दसैं । आश्विन शुक्ल पक्षको दशमी तिथि पर्वको प्रमुख दिन हो दसैं । भगवान् रामले रावणको वध गरेको दिनमा मनाइने खुसियालि हो दसंैं । दसैँ पर्वले दस प्रकारका पाप (काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी) त्याग्ने प्रेरणा दिन्छ । धार्मिक ग्रन्थमा रहेका यी विशेषताहरूलाई हामीले मनन र आत्मसात् गर्न सक्यौं भने व्यक्तिले मात्र नभई समाज र सिंगो मुलुकले चाँडै नै काँचुली फेर्न सक्छ । यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा म तपाइहरुकै आवाजकि दुनियाकि सहयात्रि नेपालकी छोरी सुख शान्ति र प्रगतिको कामना गर्न चाहान्छु ।
Loading...
Recent Updates

, ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers