ScotNepal: बरिष्ठ क्याप्टेन विजय लामाका ८ प्रश्न सरकारलाई, ‘के पार्टी, नेताहरू र धनीहरुको निम्ति मात्र हो यो देश ?’
Loading...
बरिष्ठ क्याप्टेन विजय लामाका ८ प्रश्न सरकारलाई, ‘के पार्टी, नेताहरू र धनीहरुको निम्ति मात्र हो यो देश ?’

काठमाडौं २१ असोज। नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन विजय लामाले सरकारलाई ८ वटा प्रश्न सोधेका छन् । उनले बुधबार नागरिकले कर संकलन गरेर राष्ट्र निर्माणमा योगदान गरिरहेको बताउँदैं सरकारले निरिहता र अब्यवस्थामाथि केन्द्रीत रहेर ८ प्रश्न सोधेका हुन् ।

‘एउटा सचेत नागरिकको कर्तब्य देशको भलो सोच्नु हो र कदापि बिचलित नहुनु । यही सोचलाई सदा जीवित राख्नुपर्छ भन्ने मान्यता हुनुपर्छ,’ लामाले आफ्नो फेसबुकमा लेखेका छन्, ‘तर, यसो भन्दाभन्दै पनि देश भित्र भएको अनियमितता, अन्योलता र भ्रष्टाचार देख्दा, कसैले केही नगरेको देख्दा दिक्क लाग्नु स्वभाविक हो ।’

उनले नेताहरुले दिनप्रतिदिन स्वार्थी बनेर आफू र आफ्नोलाई मात्र सोचेर र पोसेर देशलाई दुर्गतिमा पु¥याएको उल्लेख गर्दै यसले समाजमा निराशा निम्त्याएको समेत उल्लेख गरेका छन् । उनले जे भएपनि नेपालीको सहनशीलता उच्च रहेको बताएका छन् ।

उनले सरकारले यत्रो कर संकलन गरेको जनतालाई सामान्य सुविधाहरु समेत प्रदान गर्न नसकेको उल्लेख गर्दै मार्मिक ८ प्रश्न तेस्र्याएका छन् । जुन यसप्रकार छन् :

१. स्वच्छ पिउने पानी छ ?

२. राम्रो सडक छ ?

३. स्वास्थ्य, शिक्षा र खेलकूदको क्षेत्रमा के विकास गरेको छ सरकारले ?

४. सडक, ढल, विजुली र खानेपानीको ब्यवस्थापनको निमित्त के काम गरेको छ र ?

५. अझै भन्ने हो भने हामी जनताको निम्ति के नै छ र एउटा खोक्रो भाषण बाहेक ?

६. दुःख गरी गरी कमाएको पैसाबाट कर तिर्दा त केही सुविधा हुनुपर्ने होइन र ?

७. दशैजस्तो महान् चाडमा सबै सामाग्री सुपथ मुल्यमा उपलब्ध गराइदिनुपर्ने होइन सरकारले ? उल्टै बजार माफियाको हातमा सुम्पेर जनतालाई जिउनै मुश्किल परेको छ ।

८. पार्टी, नेताहरु र धनीहरुको निम्ति मात्र हो यो देश ? –

Loading...
Recent Updates

, , , ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers