ScotNepal: स्वास्थ्य टिप्स - डा.सुमनराज ताम्राकार : कुन उमेरमा हुन्छ युवतीहरुमा बढी यौन खुल्दुली ?
Loading...
स्वास्थ्य टिप्स - डा.सुमनराज ताम्राकार : कुन उमेरमा हुन्छ युवतीहरुमा बढी यौन खुल्दुली ?

- डा.सुमनराज ताम्राकार । प्रजनन अंगको विकासले युवायुवतीमा कौतुहलता पनि थपिदिन्छ । नेपालको जनसंख्यामध्ये २२ प्रतिशत किशोरकिशोरी छन् । सामान्यतया किशोरीहरूमा ११ देखि १४ वर्षभित्र शारीरिक परिवर्तन देखिन्छन् ।

किशोरीहरूमा शरीर चौडा हुने, स्वर अझै सुरिलो हुने, पाठेघर बढ्ने, महिनावारी हुन थाल्ने साथै मानसिक, भावनात्मक र व्यावहारिक परिवर्तन पनि धेरै हुन्छ । किशोरकिशोरी दुवैमा यौनांग र काखीमुनि रौं पलाउनुका साथै पसिना ग्रन्थी सक्रिय भई पृथक खालको गन्ध निस्कन्छ ।

यसबेला विपरीत लिङ्गप्रति आकर्षित हुने, हस्तमैथुन गर्ने, यौन चाहना बढ्ने र यौन सम्बन्धी खोजीनीति गर्ने स्वभावको विकास हुन्छ । यसका अलावा एक्लै बस्ने, स्वतन्त्रता चाहने, मुड परिवर्तन भइरहने, गोपनीयता रुचाउने, स्तन एवं लिङ्गको चिन्ता बढी गर्ने, शारीरिक परिवर्तनबारे सोच्ने आदि यौनजन्य गतिविधि बढ्छ । युवतीमा आउन सक्ने यौनजन्य केही समस्या निम्न प्रकारका छन् ।

महिनावारी गडबडी प्रजनन् क्षमता प्राप्त भएको चिनो स्वरूप युवतीहरूमा नियमित रूपमा महिनावारी सुरु हुन थाल्छ । प्रायः सामान्य खालको महिनावारी प्रत्येक २१ देखि ३५ दिनमा, तीनदेखि सात दिनसम्म र बढीमा ८० देखि एक सय मिलिलिटरसम्म रक्तस्राब हुने गर्दछ । यसभन्दा तलमाथि हुनासाथ असामान्य मानिन्छ ।

महिलाको उमेर समूह अनुसार महिनावारी असामान्य हुनाका कारक तत्व फरक–फरक हुन सक्छ । नियमित महिनावारीमा बढी रगत जाने र धेरै दिनसम्म रगत आउने वा दुवै स्थितिलाई मेनोरेजिया भनिन्छ ।

यस्तै छिटोछिटो हुने महिनावारी ९२१ दिनको अन्तरालभन्दा कम० लाई पोलिमेनोरिया, ३५ दिनभन्दा बढी अन्तरालमा (ढिलो) हुने परिस्थितिलाई ओलिगोमेनोरिया र थोरै मात्रामा रगत जाने एवं दुई दिनभन्दा कम समयसम्म मात्र रगत जाने अवस्थालाई हाइपोमेनोरिया भनिन्छ ।

यसैगरी मासिकस्रावको अन्तराल अनियमित हुने परिस्थितिलाई मेट्रोरेजिया भनिन्छ, जुन किशोरी अवस्थामा त्यति धेरै हुदैन । धेरै दिनसम्म रगत बग्ने, रगतको चोक्टाचोक्टा पनि जाने, रक्तअल्पता हुने र शरीरमा हेमोग्लोबिनको मात्रामा कमी हुने अवस्था आयो भने चिकित्सकको सल्लाह लिएर उपचार गराउनुपर्दछ ।

तल्लो पेट दुख्ने समस्या मेडिकल भाषामा महिनावारीका बेला सानो पेट दुख्ने समस्यालाई डिस्मेनोरिया भनिन्छ । यसले दैनिक क्रियाकलापमा असर पुग्नेगरी हुने पीडादायी महिनावारीलाई बुझाउँछ ।

डिस्मेनोरिया कारणबिनाको (प्राथमिक) र कारक तत्वसहितको (सेकेन्डरी) गरी दुई प्रकारको महिनावारी समस्याका कारण हुन सक्छ । करिब ५ देखि १० प्रतिशत किशोरी वा महिलामा प्राथमिक प्रकारको डिस्मेनोरिया हुन्छ । यस प्रकारको डिस्मेनोरियामा स्त्री जनेन्द्रीयमा कुनै समस्या देखिँदैन ।

प्रायः किशोरी अवस्थामा हुने डिम्व निस्कने खालको महिनावारीसँग सम्बन्धित प्राथमिक डिस्मेनोरिया अनियमित प्रकारको पाठेघरको खुम्च्याई तथा पाठेघरमा अक्सिजन अभावका कारण हुने गरेको विश्वास गरिन्छ । पिल्स चक्की तथा ब्रुफेन, एस्पिसिनजस्ता कतिपय पीडा कम गर्ने औषधिले यस्ताखाले डिस्मेनोरिया घटाउन सकिन्छ ।

मिट्टलसमर्ज सिन्ड्रोम किशोरीलाई डिम्ब निष्कासनका बेला हुने पीडालाई मिट्टलसमर्ज सिन्ड्रोम भनिन्छ । नाइटोमुनि अथवा तल्लो पेटको दाया वा बायातिर हुने यस्तो पीडा महिनावारीको मध्य समयमा देखा पर्दछ । डिम्बभित्र अत्याधिक चाप बढ्नाले पेटका भित्रीे झिल्लीमा चिट्चिटाहट एवं डिम्बबाहिनी नली तथा पाठेघरको खुम्च्याइका कारण यस्तो पीडा भएको हो । ढाडस तथा दुखाइ कम गर्ने सामान्य औषधिबाट यो पीडा कम गर्न सकिन्छ ।

कुमारित्व योनीद्वारमा हुने पातलो छालाको झिल्ली (योनिच्छद) नच्यातिएको अवस्थालाई कुमारित्व मानिन्छ । तर, यस्तो झिल्लीले योनीद्वार पूरै ढाकेको भने हुँदैन । योनिच्छदको आकार, बनावट, मोटाइ, लचकता व्यक्तिपिच्छे फरक हुन्छ ।

पहिलो यौन सम्पर्कमा रगत आउनुलाई योनिच्छद च्यातिएको प्रमाण मानिए पनि कसैकसैको योनिच्छद जन्मजात रूपमा नहुन सक्छ भने कतिपयको शारीरिक क्रियाकलाप (खेलकुद, साइकल, घोडचढी, व्यायाम)का दौरान च्यातिन सक्छ । प्याडको सट्टा ट्याम्पुनको प्रयोग, किशोरीमा हस्तमैथुन गर्ने बानीले पनि झिल्ली च्यातिएको हुन सक्छ । र, योनिच्छद निकै लचिलो छ भने यौनसम्पर्क राखेर पनि नच्यातिएको हुन सक्छ ।

आजको समयमा दम्पत्तीबीच समझदारी र विश्वास ठूलो कुरा हो न कि कुमारित्व मापन । यौनरोग तथा एचआईभी संक्रमण संक्रमित व्यक्तिले निरोगी व्यक्तिसँग यौन सम्पर्क राख्दा यौनरोग तथा एचआईभी एड्स संक्रमण सर्ने सम्भावना प्रबल हुन्छ ।

असुरक्षित यौन सम्पर्क, निर्मलीकरण नगरिएको सुई र राम्ररी नजाँचिएको रगत संक्रमणका प्रमुख कारण हुन् । यस्तै, संक्रमित आमाबाट गर्भे शिशुमा पनि रोग सर्ने गरेको पाइएको छ । विभिन्न अनुसन्धानका अनुसार विर्य, योनीरस एवं रगतमा तुलनात्मक रूपमा यो संक्रमण गराउने विषाणु (भाइरस) बढी पाइएको छ । असुरक्षित यौन सम्पर्कबाट ८० प्रतिशत संक्रमण सर्ने भए पनि पुरुषबाट महिलामा यो संक्रमण सर्ने सम्भावना दोब्बर छ ।

आकस्मिक परिवार नियोजन पार्टनरको आपसी सल्लाहमा नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी प्रावधान छ । तर, यसबाट पर्न जाने आर्थिक भार, मानसिक तनाव र सफा ठाउँमा गर्भपतन नगराएको खण्डमा पाठेघरको भित्री तह पाक्ने वा संक्रमण हुने कारणले गर्दा सुरक्षित यौन सम्पर्क राख्नु नै बुद्धिमानी मानिन्छ ।
गर्भ निरोधका उपाय नअपनाएर, परिवार नियोजनका साधन उपलब्ध नभएर, यसको प्रयोगमा आलस्यता गरेर तथा गर्भ रहन सक्नेरनसक्ने महिनावारीको सुरक्षित चक्रबारे ज्ञान नभएर पनि अनिच्छित गर्भ रहने गरेको पाइन्छ ।

कन्डम (ढाल) फुट्नु, नियमित पिल्स चक्की खान बिर्सिनु र बलात्कार (बलजफती करणी) हुनु पनि अनिच्छित गर्भ रहनुका केही कारण हुन् । माथि उल्लेखित परिस्थितिको परिणाम स्वरूप गर्भ रहन नदिनका लागि गरिने उपाय (परिवार नियोजनका साधनको प्रयोग) लाई आकस्मिक परिवार नियोजन (आपत्कालीन गर्भ निरोध) अर्थात् ‘इमर्जेन्सी कन्ट्रासेप्सन’ भनिन्छ ।

आपत्कालीन गर्भ निरोधका लागि विभिन्न साधन उपलब्ध छन् । असुरक्षित यौन सम्पर्कको ७२ घन्टाभित्र प्रोजेस्टेरोन मात्र भएको पिल्स चक्की, इस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै हर्मोन भएको पिल्स चक्की खान सकिन्छ भने असुरक्षित सम्पर्कको पाचौं दिनभित्र पाठेघरमा राखिने ‘कपर टी’ राख्न सकिन्छ । कलिलै उमेरमा गर्भधारण १३ देखि १९ वर्षभित्रमा हुने गर्भधारणलाई कलिलै उमेरको गर्भधारण मानिन्छ ।

कानुनी रूपमा वयस्क नभईकनै हुने गर्भधारण ‘टीनएज प्रेगनेन्सी’ हो । नेपालमा ११ – १२ वर्षको उमेरदेखि किशोरीहरूको महिनावारी सुरु हुन थालेको छ । महिनावारी हुनु भनेको गर्भधारण गर्न सक्ने क्षमताको विकास हुनु हो ।

न्यून साक्षरता, उच्च गरिबी, बाल विवाह आदि टीनएज प्रेगनेन्सीका कारण हुन् । किशोरीहरु मद्यपान तथा नशालु पदार्थको सेवन एवं सहपाठीको करकापले कलिलो उमेरमै यौन गतिविधिमा लागेका उदाहरण पनि छन् ।

विशेषगरी, आफ्नो उमेर समूहभन्दा माथिकाले नै टीनएज केटीहरूलाई गर्भवती बनाएको पाइन्छ । बाल्यावस्थामा यौन दुव्र्यवहारबाट प्रताडीत बालिकाहरूले पछि गएर यौनकार्य चाँडै स्थापित गर्ने, आफु भन्दा वयस्क पार्टनर छान्ने, जोखिमपूर्ण यौन कार्यमा संलग्न हुने, धेरै जनासँग र धेरै पटक यौन सम्बन्ध स्थापित गर्ने गरेको अध्ययनले देखाएको छ ।

सेतो पानी बग्ने समस्या सेतो पानी अर्थात् सामान्य खालको योनीस्राव (योनीरस) मासिक चक्रअनुसार फरक–फरक हुन्छ । त्यसैगरी, सामान्य प्रकारको योनीरसको अधिक बहाव पनि व्यक्तिपिच्छे फरक हुन सक्छ । पिप एवं गन्धरहित, नचिलाउने खालको तथा निरन्तर रूपमा योनीद्वार रसाउने गरी, भित्री कपडा भिज्ने गरी वा प्याड नै प्रयोग गर्नुपर्ने गरी हुने योनीरसको बहावलाई सामान्य एवं अधिक मान्नु पर्दछ । तर कहिलेकाही“ सामान्य खालको वा संक्रमित खालको छुट्याउन गाह्रो हुन्छ ।

संक्रमित भन्नलाई यौनांगको आन्तरिक जाँच वा ल्याब परीक्षणबाट प्रमाणित गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा योनीरसको अधिक उत्पादन स्वभाविक हो । जस्तै, यौवनावस्थामा, महिनावारीको मध्य भागतिर (डिम्ब निस्किने बेला), महिनावारी हुनु अगाडि स्त्री जनेन्द्रीयमा रगतको बहाव बढ्नाले सेतो पानी बढी बग्छ ।

यौनजन्य फिल्म हेर्दा, यौनबारे सोच्दा, यौन सामाग्री पत्रपत्रिकामा पढ्दा यौन उत्तेजना बढ्छ । यौन उत्तेजनाका बेला योनीद्वारको दुवैतिरको बार्थोलिन ग्रन्थीबाट अधिक मात्रामा ग्रन्थीरस उत्पादन भई तथा गर्भवती बेलामा इस्ट्रोजेन हर्मोनको अधिक उत्पादनले रगतको बहाव बढ्न गई अधिक योनीस्राव हुन्छ ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers