ScotNepal: नेपाली बुहारीको न्ययाको कुरा गर्दा नेपाली चेलीको पनि स्वभीमानको हेक्का राखौ, सन्दर्भ जोया फिलिपिन फिर्ती
Loading...
नेपाली बुहारीको न्ययाको कुरा गर्दा नेपाली चेलीको पनि स्वभीमानको हेक्का राखौ, सन्दर्भ जोया फिलिपिन फिर्ती


-अविश अधिकारी

पछिल्लो समय जीवन र जोया काण्डले सोसियल मिडियामा निकै ब्यापक रुप लियो । दिनमा २/४ वटा भिडियो सोसियल मिडिया फेसबुक र यूटुवमा अपलोड हुन्छन । कति यूटुव च्यानलहरुले त्यो भिडियो अफबाह फैैलने गरी ब्यापार गरिरहेका छन र अनलाईन मार्फत डलर र पाउण्ड आम्दानी गरिरहेका छन् । मैले यो लेख लेखीराख्दा मलाई पनि आरोप नलाग्ला भन्न सक्दीन, म त कोही हैन धेरै भिडियो हेर्छु मन मान्दैन केही लेखु जस्तो लाग्छ अनि मनमा उल्झीएका अनेकौ तरङ्ग लेख्ने कोसिस मात्र गरेको हुँ मैले जे बुझे त्यही लेखे यो मेरो नितान्त ब्यक्तिगत धारणा हुन् कसैको मन फटाउने र कसैको मन जोड्ने मेरो कुनै पनि अभिलाशा छैन सकरात्मक रुपले पढिदिनु होला, किनकी विकसित घटनाक्रमलाई हेर्दा अवस्था निकै फरक र पृथक बनाईएको छ ।

मैले जोया आदर्श गृह, काठकाण्डौ एरपोर्ट नेपाल देखी फिलिपिन्स सम्म अनि फिलिपिन्समा जीवन र जोयाको विवाहका भिडियो अनि फोटोहरु प्रंसस्त हेरे र जीवनकी आमासग केही अनलाईन मिडियाले लिएका अन्र्तवार्ता पनि हेरे र आदर्श गृहले गरेका अनेकौ पहलहरु पनि बुझ्ने कोसिस गरे र केही मात्रामा बुझे पनि । हामी नेपाली हौ अन्य देशको तुलनामा हामी अलि दयालु र परोपकारी छौ । हामी नेपाली अनेकौ भाषा, जात, जाति र धर्म सस्कृतिले भरीपुर्ण छौ सबै जातजाती सबै समाजमा यत्रतत्र छिरलिएर समुदायमा मिलि धार्मिक, जातीय, भाषिक सहिष्णुता कायम गरी बसेका छौ यो युगौ युग सम्म निरन्तरता रहोस हामी सबै नेपालीको कामना छ ।
सत्यलाई सत्य र असत्यलाई असत्य हामीले भन्नै पर्छ आज मगरको छोरोलाई प¥यो भोली बाहुनको छोरा/छोरीलाई पर्ला पर्सि क्षेत्रीको छोरोलाई पर्ला त्यो मेरो जातिको हो त्यसले गल्ती गरेको छ तर पनि आफ्नो जातिको समस्या हो गल्ती भएपनि हामीले त्यसैलाई सहयोग गर्नुु पर्छ भन्ने मनसाय यदि कोही कसैमा छ भने त्यो सोच तुरुन्त आफ्नो मष्तिस्कबाट झिकौ किनकी यस्तो नकरात्मक सोच र विचारले हामी कसैलाई पनि फाईदा प¥याउदैन उल्टो धार्मिक र जातिय सहिष्णुता लाई खलल पु¥याउछ ।



मैले धेरै कुरा बर्णन गर्न चाहिन मैले छोटकरीमा बुझाउन खोजेको कुरा के हो भनेः जीवन नेपालबाट र जोया फिलिपिन्सबाट दुबै जना रोजगरीको लागि दुवई छिरेका थिए त्यहाँ रहदा उनिहरुको प्रेम सम्बन्ध विस्तार भयो । जीवन त्यहाँ काम गर्दा नकरात्मक धन्दामा प्रहरीकोमा पुगे र उनको प्रेम साथी जोयाले जेलबाट निकालिन त्यसपछि नेपाल फिर्ता गर्ने बाताबरण बनाइ आफु सगै जीवनलाई लिएर नेपाल आईन । नेपालमा उनिहरुको त्यो प्रेम विवाहमा परिणत भयो र दुई छोरा सन्तान पनि जन्मीए । जीवन थापाको खास घर सोलुखुम्बु हो उनको परिवार आर्थिक विपन्नताका कारण रोजगारीको शिलशिलामा करिव ६ वर्ष पहिले २०६६ सालमा चितवन सौराह चोकमा आईपुगे । उनको बुवा जेन्डीसको कारण करिव १८ दिन काठमाण्डौको अस्पतालमा उपचार गराउदै गर्दा मृत्यु भयो त्यो उपचार कार्यमा करिव ५ लाख खर्च भएको जीवनकै आमाले भनेकि छन झन उनिहरु आर्थिक विपन्न भए । उनिहरु चितवनमा स्थायी बसाईसराई नभएको र बसाई साराई ल्याउनको लागि सोलुखुम्बु सम्म जाने समेत भाडा र खर्च नभएको कारण बसाई सराई ल्याउन सकेनन् । जोया तत्काल एक महिनाको भिजिट भिषा लिएर जीवनलाई लिएर नेपाल आएकी थिन । जीवन र जोयाको सामान्य झगडा भएको थियो त्यो समयमा जोया दुवई फर्किने मनस्थीति बनाएकी थिन र जीवनले रोक्न खोज्य आपसमा पासपोर्ट ताना तान गर्दा जोयाको पासपोर्ट च्यातियो र उनको भिषा म्याद सकियो र कानुनी रुपले उनि पुर्ण रुपमा अबैधानिक भइन् । जोया फर्कने सम्पूर्ण बाटोहरु रोकीए पछि अबैधानिक रुपमा नेपाल बस्न बाध्य भईन ।
दिन प्रति दिन उनिहरुको चरम आर्थिक विपन्नता बढ्दै गयो जोया र जीवनको कुनै पनि आम्दानीको स्रोत नै भएन बाच्च नै मुस्कील भयो अर्थिक अभाव भएपछि हामी जो–जस्को पनि घरमा सामान्य झगडा त भैहाल्छ नै यो हामी सबैलाई अनुभव छ । एकातिर चरम विपन्नता र अर्को तिर कुलतमा फसेका जीवन थापाबाट कुनै पनि साथ भरोषा नपाए पछि साहाराको खोजीमा भौतारिदै नारायणगढको बालकुमारी रोडमा पुगीन । दुइ काखे बालक सहित एक बिदेशी मुलकी महिला दयाँ लाग्दो अवस्थामा देखेपछि स्थानीय ब्यापारीले चासो राखे । जोयाका दुःख र पिडा सुनीसके पछि स्थानीयले माइति नेपाल नामक सस्थामा पु¥याइदिए । उक्त संस्थाले जोयालाई दिगो संरक्षण नगरे पछि जोया पुनः त्यही बालकुमारी रोडमा नै आईन त्यसपछि फेरी स्थानीयले विकल्प खोज्दै आदर्श गृहकी संचालिका मीना खरेललाई जोयाको अवस्थाबारे टेलिफोन मार्फत जानकारी दिए ।



विगत दुई दशक भन्दा लामो समय देखी सामाजिक सेवामा सकृय रहेकी मिना खरेल जोयाको अवस्था बुज्न तत्काल बालकुमारी रोड पुगीन, एउटा महिलाको विजोग देखे पछि मानवियताको धर्मले जोयाको सम्पुर्ण अवस्था बुझिसके पछि प्रहरी प्रशासन र स्थानीयको सहयोगमा बालकुमारी रोडबाट उद्दार गरी संरक्षणको लागि जील्ला प्रहरी कार्यालय चितवनले आदर्श गृहलाइ नै जीम्मा लगायो । आपतमा परेकी महिलालाई उद्दार गरी संरक्षण दिनु के मीना खरेलको गल्ती हो ?



्घटनाक्रमलाई हेर्दा आदर्श गृहको तर्फबाट जोया र जीवनलाई एक गराउन र उनिहरुको सम्बन्धलाई बैधानिक बनाउन थुप्रै प्रयासहरु गरेको देखिन्छ । जोया जीवनको विवाह दर्ता र बच्चाहरुको जन्म दार्ता का लागि नत जोयाको नेपालको बसाई बैधानिक थियो नत उनिहरु सगं बसाई सराईको कागजपत्र नै थियो । विवाह दर्ता हुनको लागि जोयाको नेपाल बसाई बैधानिक गराउनु पर्दथ्यो बैधानिक बनाउनको लागि करिब ७ लाख रुपैया फाईन तिर्नु पर्दथ्यो । त्यो परिवार बाटनै आर्थिक विपन्नाताका कारण सम्भव नभएको कुरा विभिन्न सहयोगीबाट सहयोग संकलन गदै चलेको संस्थाले कसरी सकोस ? आदर्श गृह जोया र जीवनको संबन्ध बैधानिक बनाउने निकाय हैन उसले त केवल पहल मात्र गर्न सक्छ र आर्दश गृहको तर्फबाट भरपुर पहल गरेको देखिन्छ ।



जेयाकै खुसी आग्रहमा जोयालाई फिलिपिन्स पठाउने तयारी आदर्श गृहले गरेको हो । आदर्श गृहले चाहेर मात्र पनि उनको फिलिपिन्स फिर्ती सम्भव नै थिएन । नेपाल सरकार र फिलिपिन्स दुतावासको रोहवरमा उनको कागजी भिषा प्रकृया मिलाएको थियो । भरतपुर अस्पतालमा उनिहरुको सन्तान जन्मीएको आधारमा उनिहरुको कागजात बनेको हो र भरतपुर अस्पतालमा उनिहरुको दुई सन्तानको जन्म भएको आधारमा जोया र जीवन आमा बुवा रहेको नाता प्रमाणको कागतजात बनाईयको हो उक्त नाता प्रमाणमा जोया जीवनको श्रीमती र दुई छोराहरु उनै जीवन थापा बाबु रहेको प्रष्ट नै छ ।



यसरी जोया दूई सन्तानको साथ माइति देश पुगेकी हुन तर घटनाले अर्कै रुप लियो । सामाजीक संजालमा अफबाह भ्रम फैलाईयो र आदर्श गृह र संचालिका मीना खरेलको चरित्रको लेखा जोखा सम्म गरीयो । अपशब्द प्रयोग गरिए । संस्था जलाउने, मिना खरेललाई देश निकाला गर्ने र ज्याननै लिने सम्मका धम्की आए भन्ने कुरा छरपष्ट देखीयो । फेसबुकका भिक्तमा नकारात्मक पोष्ट र कन्मेन्टले भरीयो सामाजिक संजालमा जातियतालाई लिएर चर्कै बहस भयो के जीवन थापा मगरकै छोरो भएको कारण गल्ती नै गरेन भन्न मिल्छ ? के मिना खरेलले जोयालाई उद्दार गरी माईति पाठाउनु गल्ती नै गरेकी हुन्त ? फेरी जोया तिन वर्ष पछि नेपाल फर्कने कुरा सगरमाथा टि भी को अन्तरबार्तामा प्रष्टनै छ नि । के फिलिपिन्स सरकार र नेपाल सरकारले कानुनी प्रकृया नै पुरा नगरी जोया फिलिपिन्स फिर्तीको अनुमति दियो त ? अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु असाध्यै राम्रो कुरा हो तर फिलिपिन्सकी छोरी नेपालकी बुहारी जोयाको हक र अधिकारको कुरा गरिरहदा हाम्रै नेपालकी छोरी जसले आफ्ना ब्यक्तिगत सुःख दुःख सपना र भविष्यलाई नै प्रवाह नगरी सधै अरुको लागि बाचिन र बाउउने प्रयास गरिरहेकी हाम्रै छोरी चेली मिना खरेलको स्वभीमान माथी अलिकति पनि हेक्का राखेनौ ।
अन्तमा हालै फिलिपिन्समा जोया र जीवनको विवाह सम्पन्न भएको खबर सामाजीक संजालमा छायको छ । यो खुसीको कुरा हो तर आदर्श गृहकै कारणले जोया र जीवनको सम्बन्धले बैधानीक मुर्त रुप लियो भन्दा फरक नपर्ला । यदि आदर्श गृहले जोयालाई संरक्षण गृह सम्म नलगेको भए आज जोया कुन अवस्थामा हुन्थीन होला ? वास्तावमै आदर्श गृहकै कारणले जीवनको जीवन फेरीएको कुरा सत्य हो अनि फेरी किन आदर्श गृह र मीना खरेल माथि जाइलाग्ने हामी ? यसैले सामाजिक संस्था जस्तो पवित्र मन्दिरलाई कसैले नखसालौ । सके साथ र सहयोग गरौ नसके सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिऊ । अझै पनि आदर्श गृहमै पुगी हामीले सत्यतालाई नजीकै बाट नियाल्न सक्छौ । यदि दोषी ठहरीए कारबाहि गर्न सक्छौ ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers