ScotNepal: देस भरि खुसियाली हुदै गर्दा भूकम्प पीडितलाई आएन दशैं,छाप्रो मै उम्रिए जमरा
Loading...
देस भरि खुसियाली हुदै गर्दा भूकम्प पीडितलाई आएन दशैं,छाप्रो मै उम्रिए जमरा

काठमाडौं २४ असोज | भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छिन्।गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आएको पोखाले साँघुरो छाप्रो मै जमरा उमारेकी हुन।


सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दसैं मनाउने योजना भने नभएको उनी बताउछिन । पोखा भन्छिन˗ “दसैं आएपनि कुनै तयारी छैन, यो छाप्रोभित्र कसरी मनाउनु दसैं, पाहुना बोलाउनु पर्छ, ठाउँ छैन, पैसा छैन, दसैं आएजस्तै छैन ।”

यही शिविरको पालमा बस्दै आएका कमल विनायकका राजु सुवालको पनि उस्तै छ समस्या । तीनजना परिवार रहेको उनले भने भत्किएको घरको छिँडीमा जमरा उमारे पनि दसैंको तयारी भने नगरेको बताउछिन । उनी भन्छिन˗ “शिविरको दसैँ के रमाइलो हुनु, विगतको जस्तो दसैं हँुदैन यसपालि, दसैंको लागि कुनै सामान किनेको छैन, टीका जमरा लगाउनेबाहेक अरु केही हुँदैन यस वर्ष ।”

सरकारले घोषणा गरेको रकम दिए छाप्रो हालेर अरुको जग्गा भाडामा लिएरै भए पनि तरकारी खेती गरेर बाँच्न सकिने बताउने उनीहरु सरकारको आशै आशामा डेढ वर्ष बितेको बताउँछन् ।

शिविरमा बस्दै आउनुभएकी क्वाठडाँैकी चन्द्रलक्ष्मी मानन्धरको समस्या पनि उस्तै नै छ । एउटा पालभित्र सातजनाको परिवार बस्दै आएका मानन्धर परिवारले पनि दसैंको कुनै जोहो गरेका छैनन् । दुईजना देवरानी जेठानीले टोपी, मोजा, पन्जा बुनेर आम्दानी गरेको दिनको रु १०० ले परिवार धान्नै मुस्किल छ ।

मानन्धर भन्छिन˗ “कमाइ छैन, बुनाइको पैसाले सातजनाको परिवार पाल्न पुग्दैन, ऋण गरेर टार्दै आएका छाँै, दसैंको कुनै तयारी छैन, दसैंमा पाहुना बोलाएर भोज खुवाउनु पर्छ, यस वर्ष त पाहुना पनि नबोलाउने भएका छौँ ।”

शिविर छाडेर भत्किएकै घरको छिँडीमा गएर बस्नुभएकी क्वाठडाँैकी रेनुका सुवालको पीडा पनि कम छैन । शिविरमा बस्दै आएकी उनले दसैं आएपछि जमरा राख्नकै लागि एकसाता अघि भत्किएको घरको छिँडीमा गएर बसेको उनी बताउछिन ।

उनीभन्छिन˗ “भूकम्पले भत्काएको घरमा गएर बसेका छाँै, दसैंको कुनै तयारी छैन, घरमा गएदेखि घर भत्किन्छ कि भन्ने डरले कोही पनि निदाउन सक्दैनौँ, जिन्दगी साह्रै कठिन भयो ।”

नेपालीको महान् चाडको रुपमा मनाइने दसैं नजिकिँदै गरेपनि गत वर्ष वैशाख १२ गतेको भूकम्पका कारण घर भत्किएर शिविरको बास भएका भूकम्पपीडितलाई दसैंको रौनकले छोएकै छैन ।

भक्तपुरको व्यासीस्थित शिविरमा बस्दै आउनुभएकी ७४ वर्षकी कृष्णकुमारी सुवाललाई पालभित्र चिसो आउन थाले पछि बिरामी परेको बताउछिन । उनी भन्छिन˗ “भुइँमा पानी आउँछ, माथिबाट बिहानी पख पालबाट शीत चुहिन्छ, शिविरमा बाँच्नै गाह्रो भो, जाने ठाउँ छैन, यस्तो बेलामा के मनाउनु दसैं ।”

यही शिविरमा बस्दै आएका रामकृष्ण र रमिता सुवाल दम्पतीको समस्या पनि उस्तै नै छ । शिविरमा बसेदेखि नै मानसिक तनाबका कारण विरामी परेको रमिता बताउछिन ।

दसैँको कुनै तयारी नभएको बताउँदै सुवाल दम्पतीले ग्यास नहुँदा कहाँ पकाएर खाने भन्ने चिन्ता भएको बेलामा यो साँघुरो पालभित्र पाहुना बोलाएर दसैं मनाउन सक्ने अवस्था नभएको बताउछिन ।

भक्तपुरका अधिकांश शिविरका भूकम्पपीडित बस्दै आएका शिविरमा यस वर्ष दसैंको कुनै रौनक छैन भने यस वर्षको दसैं निकै खल्लो हुने शिविरका बासिन्दा बताउँछन् ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers