ScotNepal: १३ वर्षीया निमालाई साैतेनी आमाले चिम्टा तताएर डामिन
Loading...
१३ वर्षीया निमालाई साैतेनी आमाले चिम्टा तताएर डामिन


नातिनी निमालाई मार्न पटकपटक प्रयास गरेले तत्काल संरक्षण गरी दिन हजुरबुबा पासाङदावाले माग गरेका छन् 

संखुवासभा जलजला-२ तेर्सेकी १३ वर्षीया निमा शेर्पालाई सौतेनी आमाले फलामको चिम्टाले डामेर यातना दिएकी छन् । आमासँग बुबाको सम्बन्ध टुटेपछि बुबा पेमाछिरी र सौतेनी आमा पेमाछिकी शेर्पासँग पाँच वर्षदेखि बस्दै आएकी निमालाई उनले पटकपटक यातना दिएर पढ्ने किताबसमेत जलाइदिएकी छन् ।
कालिका माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत निमालाई आमाले विद्यालय जान नदिएको र भागेर विद्यालय गएपछि किताब जलाइदिएको उनले गुनासो पोखिन् । १५ दिनअघि उनलाई बुबा पेमछिरी र आमा पेमाछिकीले बिनाकारण समातेर दायाँ हात र बायाँ गलामा चिम्टाले पोलेर यानता दिएको उनले बताइन् ।
पटकपटक मराणसन्न हुने गरी कुटपिट गर्ने गरेको गाउँलेहरूले बताए । ‘मलाई बचाऊ’ भन्दै घरमा आएपछि आफूले संरक्षण गरी राखेको गाउँकी च्याम्सु शेर्पाले बताइन् । ‘राति १० बजे मेरो घरमा रुँदै कराउदै आइन्, मैले खाना दिएर राखेको छु’, उनले भनिन् ।
काठमाडौंमा कामको सिलसिलामा भेट भई १५ वर्षअघि पेमाछिरीले सीता मगरसँग विवाह गरेपछि छोरी निमाको जन्म भएको थियो । पाटनको प्रभात सेकेन्डरी विद्यालयमा कक्षा–६ मा अध्ययनरत हुदाँ बुबा र आमाको बिछोड भएपछि उनलाई बुबाले गाउँ लिएर आएका थिए ।
गाउँमा बुबाले कान्छीआमा विवाह गरेपछि उनी साथै बस्दै आएकी छन् । चिम्टाले डामेपछि उनकी फुपू लक्की शेर्पाले उपचारका लागि खाँदबारी ल्याएकी थिइन् । ‘किन खाँदबारी लगिस्’ भन्दै पेमाछिरीले लक्कीलाई फोनमा धम्की दिएपछि उनले फेरि घरमै ल्याइदिएकी थिइन् । घरमा आएपछि खुट्टा र टाउकोमा हँसियाले प्रहार गरी काटेको छिमेकी बताउँछन् ।
कुटपिट गरी जंगलमा छाडेको अवस्थामा आफूले फेला पारेर घर ल्याएको गाउँकी प्याक्ची राईले बताइन् । पशुलाई भन्दा नराम्रो व्यवहार आमाबाबुले गरेको भन्दै निमालाई हेर्दे प्याक्चीले दुःख पोखिन् । उनका हजुरबुबा पासाङदावा शेर्पाले नातिनीलाई मार्न पटकपटक प्रयास गरेको तर नसकेको भन्दै तत्काल संरक्षण गरी दिन माग गरे ।
अन्नपूर्णपोस्टबाट
६ कार्तिक २०७३
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers